Labels

Saturday, August 17, 2013

गच्छदारको यस्तो भने


सुरेशकुमार यादव
काठमाडौ साउन ३२ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मोर्चासँग उच्च स्तरीय राजनीतिक समितिको वार्ता सफल भएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार निकै उत्साहित हुनु भएको छ ।
    शुक्रवार सानेपास्थित पार्टर्ीीार्यालयमा पत्रकार सम्मेलन गरी अध्यक्ष गच्छदारले मंसिर ४ गते हुने सविधानसभाको चुनाव चेतावनीयुक्त हुने कुरामा आफूलाई चिन्ता लागेको तर हिजो -विहिवार) भएको वार्ताले आफू निकै उत्साहित भएको बताउनुभयो । उपेन्द्रजीहरु चुनावमा आउने सहमति गरिसकेपछि अब अगामि चुनावमा कुने चुनौति नरहेको बताउँदै उहाँले मोहन वैद्य र अशोक र्राई पनि सहमतिमा आएर चुनावमा भाग लिने कुरामा आफूलाई विश्वास लागेको बताउनुभयो ।
    उच्च स्तरीय राजनीतिक समितिका सदस्य समेत रहनु भएका अध्यक्ष गच्छदारले भन्नुभयो-'मलाई त मधेशको चिन्ता थियो, मधेशी जनता चुनावमा भाग नलेला कि डर थियो तर उपेन्द्रजीको मोर्चासँग वार्ता सफल भएपछि अब मंसिर ४ गते नै चुनाव हुन्छ भने कुरामा ढुक्क छु ।' उहाँले उपेन्द्र यादवको मार्चाले उठाएको मागहरु मधेशी मोर्चाका पनि माग रहेको बताउँदै सो माग पुरा गराउन आफूले पनि समितिलाई दवाव दिएको बताउनुभयो ।
    पत्रकार सम्मेलनमा जयप्रकाश गुप्ता संयोजक रहनु भएका तर्राई मधेश राष्ट्रिय अभियानका प्रवक्ता राजिव झा फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभयो । जनतान्त्रिक मुक्ति मोर्चा -राजन मुक्ति समूह) बाट गुप्ताको साथमा फोरम गणतान्त्रिकमा आउनु भएको थियो । गुप्ताले अभियानलाई पार्टर्ीीबनाएको तथा संसदीय राजनीतिकबाट अलग राखेको कारणले गर्दा आफू फोरम लोकतान्त्रिकमा प्रवेश गरेको नेता झाले बताउनुभयो ।

No comments:

Post a Comment