Labels

Thursday, August 29, 2013

मधेशपनि उपत्यका पनि अब के चाहियो


सुरेशकुमार यादव
काठमाडौ भदौ १३ गते । एकीकृत नेकपा -माओवादी) को जारी केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएको प्रतिवेदन अनुसार उपत्यकामा सबभन्दा अगाडि माओवादी रहेको दावी गरेको छ ।
मंगलवारदेखि जारी बैठकमा विहिवार नेवाःराज्यसमितिले पेश गरेको प्रतिवेदनले उपत्यकाको कुल १५ क्षेत्रमध्ये १२ सीट जित्ने दावी गरेको छ । प्रतिवेदनमा नेवाः राज्य अन्तर्रगतका काठमाडौँ, भक्तपुर र ललितपुरको समग्र अवस्था उत्हासजनक रहेको दावी पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले गर्नुभएको छ ।
उहाँले उपत्यकामा पार्र्टर्ीले उल्लेख्य सफलता हासिल गर्ने प्रतिवेदन आएको र यसले पार्टर्ीीे समग्र पक्तिलाई उत्साहित बनाएको दावी गर्दै तामसालिङ, किराँत र लिम्बुवानमा पनि विगतको संविधानसभाको निर्वाचनभन्दा उल्लेख्य स्थानमा पार्टर्ीी विजय हासिल गर्ने अभियानबाट सुझाव प्राप्त भएको जानकारी गराउनु भयो ।
देशका दर्ुइसय ४० निर्वाचन क्षेत्रमा भएको एक महिने अभियानको रिर्पोटिगं गर्ने कार्य सिधिएको छ । दर्ुइसय ४० सीट सीटमध्ये प्रत्यक्षमा एकसय ७५ सीट जित्ने एमाओवादीको ठहर छ । विगतको चुनावमा एकसय २० सीट जितेको थियो ।
नेवाः राज्य समितिका इन्चार्ज देवेन्द्र पौडलले विगतको सविधानसभाभन्दा यसपालीको सविधानसभा चुनावमा उपत्यकामा राम्रो स्थिति रहेने रिर्पोट आएको बताउँदे काठमाडौंको क्षेत्र नम्बर ८  र १ तथा भक्तपुरको क्षेत्र नम्बर २ मा अलि मेहनत गर्नुपर्ने स्थिति छ भने ललितपुरको तीन वटै क्षेत्र जित्ने एमाओवादी उहाँको दावी छ ।
अघिल्लो चुनावमा माओवादीले काठमाडौंमा ७ सिट जितेको थियो । काठमाडौं क्षेत्र नम्बर ८ मा अघिल्लो संविधानसभा चुनावमा कांग्रेसका नविन्द्रराज जोशी निर्वाचित हुनु भएको थियो भने क्षेत्र नम्बर १ मा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह विजयी हुनु भएको थियो । भक्तपुर २ मा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे विजयी हुनु भएको थियो ।
नेवाः राज्य समितिमा पार्टीको स्थिति मजबुत रहेको र विगतको संविधानसभामा पार्टर्ीी प्राप्त गरेको भन्दा धेरै स्थानमा विजयी हुने अवस्था देखिएको र पार्टर्ीीmुटको कुनै असर उपत्यकामा कही कतै नरहेको दावी प्रवक्ता सापकोटा छ ।
प्रवक्ता सापकोटाले केन्द्रीय समिति बैठकमा सदस्यहरुको रिपोर्टमा पार्टर्ीीे समग्र अवस्था उत्साहजन रहेको र जनताले एमाओवादीलाई नै विश्वासिलो शक्तिको रुपमा लिएको दावी गर्नुभयो । प्रतिवेदन प्रस्तुत गरेका राज्य समिति अन्तर्रगतका अधिकाशं जिल्लाहरुमा पार्टर्ीीे विजय सुनिश्चित रहेको उहाँको दावी छ । विहिवारको बैठकमा नेवाः, ताम्सालिङ, किराँत र लिम्बुवान, खुम्वुवान, लिम्बुवान राज्य समिति अन्तर्रगतका जिल्लाहरुको प्रतिवेदन पेश गरिएको छ । ती राज्य समिति अन्तर्रगतका ५० भन्दा बढी निर्वाचन क्षेत्रको प्रतिवेदन पेश गरिएको थियो । त्यसमध्ये चितवन जिल्लाको एक क्षेत्रबाहेक अन्य सबै क्षेत्र जित्ने एमाओवादीले दावी गरेका छन् ।
रिर्पोटिगंको क्रममा नेताहरुले धेरैजसो ठाउँमा चुनावको समयमा पार्टर्ीीग अन्तरघात हुनसक्ने भन्दै पार्टर्ीीेतृत्वलाई सचेत गराएका थिए । रिपोर्टङत्रिmममा नेताहरुले कतिपय ठाउँमा आफूले टिकट पाउनु पर्ने दावी स्थानीय नेताहरुको रहेको बताउँदै आफू टिकट नपाए ठुलो नेताबाहेक अरु उम्मेदवारलाई सहयोग नगर्ने चेतावनी समेत दिएको बैठकलाई अवगत गराएका थिए ।
कतिपय नेताले त केन्द्रमा गुट उपगुट हटेको विश्वास गरिएपनि स्थानीय तथा जिल्लाको कतिपय ठाउँमा त्यसको प्रभाव रहेकाले यसले चुनावमा प्रभाव पार्ने धारणा बैठकमा राखेको स्रोतले जनाएको छ । स्रोतका अुनसार अभियानमा गएका केन्द्रीय नेताहरुले हरेक निर्वाचन क्षेत्रबाट पाँच पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेका छन् त्यसमध्ये उम्मेदवार छनौट गर्नका लागि नेता पोष्टबहादुर बोगटीको संयोजकत्वमा ९ सदस्यीय उम्मेदवार छनौट समिति समेत बनाइसकेको छ ।

No comments:

Post a Comment