Labels

Sunday, August 11, 2013

सेवाग्रहीले सेवा नपाए क्षतिपर्ुर्ति पाउने


सुरेशकुमार यादव
काठमाडौ साउन २७ गते । खाद्यय प्रविधि तथा गुणनियन्त्रण विभागले काममा प्रभावकारिता ल्याउन र्सवसाधारणका लागि क्षतिपर्ुर्तिसहितको नागरिक वडापत्र जारी गरेको छ ।
आइतवार प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाको सो नागरिक वडापत्रलाई उद्घाटन गर्दै खाद्य सामग्री बिक्रि भइरहेको बजारमा उपभोक्ताका लागि वेथिति बढेको गुनासो गर्नुभयो । बजारमा पाइने अधिकाँश खाद्य पदार्थ, मसला, तेल, घ्यू, दूध, मह, पानी र पेयजन्य पदार्थ गुणस्तरहिन रहेको बताउँदै सचिव बास्कोटाले उपभोक्ताले बढी मूल्य तिरेर भएपनि गुणस्तरीय पदार्थ खाना पाउन नसकिरहेको बताउनुभयो ।
विभागले पहिलो चरणमा आफ्नो केन्द्रीय कार्यालयमार्फ र्सवसाधारणका लागि क्षतिपूतिसहितको नागरिक वडापत्र जारी गरेको छ । निर्धारित समयमा तोकिएको सेवा सेवाग्राहीलार्इर्र्कर्मचारीले सेवा उपलब्ध नगराइएमा सोही कर्मचारीबाट क्षतिपर्ूर्ति उपलब्ध गराउने भएको छ । निर्धारित समयमा सेवा दिन नसकेपछि कर्मचारीले नै क्षतिपर्ुर्ती तिर्नुपर्ने सचिव बास्कोटाले बताउनुभयो । उहाँले कर्मचारी दोषी नदेखिएको अवस्थामा सो क्षतिपर्ूर्ति आफ्नो नेतृत्वमा रहेको केन्द्रीय क्षतिपूति समितिबाट व्यहोरिने बताउनुभयो ।
     यस अवधारणाअन्तर्रगत यसअघि अध्यागमन विभाग,  वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था विभाग, मालपोत र नापी विभागले नागरिक वडापत्र जारी गरेका छन् । कृषि सचिव जयमुकुन्द खनालले लोडसेडिङ र जनशक्ति कमीका कारण विभागले चाहेर पनि आफ्नो लक्ष्य पुरा गर्न नसकेकाले बताउनुभयो । उहाँले पशु विभागलाई पनि निकट समयमै क्षतिपूतिसहितको नागरिक वडापत्र जारी गरिने जानकारी गराउनुभयो ।
    यस प्रकारको नागरिकवडापत्र आगामी भदौंदेखि विराटनगर, हेटौडा, भैरहवा, नेपालगञ्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयमा सञ्चालन गरिने विभागले जनाएको छ । यसैगरी काकडभिट्टा, वीरगञ्ज, सिन्धुपाल्चोकस्थित तातोपानी, महेन्द्ररनगर र काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका खाद्य क्वारेन्टाइनमा पनि सोही महिनादेखि यो योजना कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

No comments:

Post a Comment