समाज जति आधुनिकीकरण्ामा गएपनि परम्परादेखि चल्दै आएका पर्वका रीति रिवाजहरु जस्ताका त्यस्तै छन् । अहिले पनि हाम्रा समाजमा अनौठा अनौठा रिती रिवाजहरु जिवितै छन् जो हेर्दा र सुन्दा अहिलेका 'जेनरेशन' लार्इ जीउ शिरिङ्ग हुन्छ । चाहे त्यो जिब्रो छेद्ने होस् वा उमालिएको दुधले नुहाने रिती किन नहोस् अहिले पनि हाम्रो समाजमा जिवितै छन् ।
त्यसैमध्येका हुन् तरार्इ मधेशमा मनार्इने मधुश्रावण्ाी । यस पर्वलार्इ पनि त्यस्तै कठोर र परम्परावादी पर्वको रुपमा लिइन्छ । त्यस पर्वमा नववधूको घुँडा र गोडामा आगोको रापले डामिन्छ र त्यसले पतिप्रतिको प्रेम कतिको रहेछ भनि परीक्ष्ाण्ा गनर्े चलन रहेको छ । यसले मैथिल महिलाहरुमा सहन शत्तmि कतिका रहेछ भनि प्रष्ट बुभm्न सकिन्छ । जसले बेलाबेलामा त्यो देखाएका हुन्छन् । बच्चा पाउनेदेखि लिएर पतिको लामो आयुको कामना गर्ने विभिन्न किसिमका पीडाहरु भोग्दै जीवनभर असंख्य व्रत र पर्वहरु गर्दै आएका हुन्छन् ती महिलाहरु । चाहे त्यो छठ पर्व होस् वा जितिया । यी सबैमा महिलाले आफ्ना बच्चा वा श्रीमानका दीर्घायुका लागि कठोर साधना गरेका हुन्छन् । कहिले भोकै बसेर त कहिले रातभर जाग्राम बसेर श्रीमान र बच्चाको दीर्घायू मागि रहेका हुन्छन् । त्यस्तै पर्वमध्येका एक हो, मधुश्रवण्ाी ।
खासगरी तरार्इ मधेशका कायस्थ र ब्राह्मण्ा समुदायमा अति नै ठूलो र महत्वपूर्ण्ा पर्वका रुपमा मनार्इने मधुश्रावण्ाी पर्वमा नववधूको घँुडा र गोडामा डाम्दा जति ठूलो फोका आउँछन् त्यति नै श्रीमानप्रतिको प्रेम र दीर्घायु हुने जनविश्वास रहेको यस पर्वका अनुभव लिइसकेकी राधा कायस्थ बताउँ छिन् । नववधुलार्इ डाम्ने प्रथालार्इ सीताको अग्निपरीक्ष्ाासँग दाँज्ने गरेको बताइन्छ । सीताको चरित्रमाथि प्रश्न चिन्ह खडा भएपछि उनले अग्नि परिक्ष्ाा दिनु परेको थियो । त्यसैको अवशेष्ाको रुपमा रहेको विज्ञहरुको दावी छ । मधुश्रावण्ाीलार्इ 'हनीमुन' को रुपमा पनि मनाउने गरिन्छ, र यो पर्व नववधुले मात्र मनाउने हो । साउन महिनाको क ृष्ण्ापक्ष्ा नाग पञ्चमीदेखि श्रावण्ाशुक्ल त ृतीयसम्म गरी १५ दिनसम्म यो पर्व मनाइन्छ । त्यस दिन सूर्य देउताको आमा मनष्ाा देवीको जन्म दिन भएकाले पहिलो पूजा उनकै हुन्छ । माटोको सानो गाग्रो (डावा) माथि माटो वा गोबरले पाँचवटा सर्पको प्रतिमा बनाइन्छ । सर्प मुखमा दुबो राखिन्छ । यस पर्वमा पनि अन्य पर्व जस्तै अरिपन (चामलको पातलो लेदोले तयार गरिएको विशिष्ट कलाक ृति) को आफ्नै महत्व हुन्छ ।
अरिपनको सहयोगमा पूजा हुने कोठाको सबै कुनामा विभिन्न देवी देउताको आक ृति बनाइन्छ । सो गाग्रोमा निरन्तर १५ दिनसम्म दियो बालिन्छ । शिव पार्वर्तीको पूजनका लागि नववधूको ससुराली र माइतीपक्ष्ाबाट माटोको गौरी र शिवलिंग तयार गरिन्छ । कायस्थका अनुसार यो पर्व नववधूको माइतीमा मनाउने चलन छ । पूजामा बस्ने नववधू दुलहीभmै रंगीचंगी पहिरन, गरगहना र सोरह शं ृगार गरेर तयार भएकी हुन्छिन् । पूजा अवधिभर भोकै बस्नुपनर्े चलन छ । नववधु पर्वमा बसेपनि त्यसअवधिसम्म श्रीमान ससुरालीमै बस्नुपनर्े हुन्छ ।
नववधूले १५ दिनसम्म श्रीमानको घरबाट आएको खाद्य पदार्थसेवन गर्न अर्काे रोचक पक्ष्ा नै हो । पूजा अवधिभर भोजन, आवास र आचार व्यवहारलार्इ पवित्र राख्ने प्रयत्न गरिन्छ । श्रीमानको घरबाट आएको मिठार्इ, फलफूल, पूजन सामाग्री, बाँसको चोयाबाट निर्मित विभिन्न किसिमका भाडावर्तन प्रयोगमा ल्याइन्छ । हरेक दिन पूजा गनर्ुअघि साँभmमा नववधू आफ्ना युवती साथीहरुसँग नजिकको बगैंचाबाट फूल संकलन गर्छिन् । भगवान रामसँग विवाह गर्नुअघि देवी सीताले जसरी साथीहरुसँग ठट्टा गर्दै बगैंचाबाट फूल संकलन गरेकी थिइन् । त्यसै प्रकारले नववधू आफ्ना साथीहरुसँग ठट्टा गर्दै हरेक दिन साँभmमा वरिपरिको क्ष्ोत्रबाट फूल संकलन गर्छिन् ।मधुश्रावण्ाी पर्व अन्तिम दिन परम्पराका कारण्ा नवविवाहित दुल्हीहरु अचेल दोधारमा पर्ने गरेका छन् ।
नववधूले विवाह गरेको पहिलो वर्ष्ाेखि नै मधुश्रावण्ाी पर्व मनाउनु पर्छ । पर्वको अन्तिम दिन डाम्ने प्रथालार्इ सम्भmँदा अहिलेका महिलाहरु पर्वबाट तर्सिने गरेको राधा कायस्थले आफ्नो अनुभव सुनाइन् । समाज एकार्इसौं शताव्दीमा प्रवेश गरिसकेका छन् तर पनि नववधूको दीर्घ सौभाग्य र पतिप्रतिको प्रेमको नाममा डाम्ने पुरानो रुढिवादी परम्परा जीवितै रहेको छ तर यस परम्परा मान्यतालार्इ मान्ने पनर्े परम्परा रहेको छ ।
हुनत पर्व अवधिभर शिव पार्वतीको विवाह तथा दाम्पत्य जीवन, तपस्या, नागविष्ाहरा, श्रवण्ाकुमारको कथा, शिवलीलाको लोकगाथा महिलाहरुले श्रवण्ा गनर्े गरिन्छ । साथै विभिन्न देवीदेवताको पूजापाठ र दन्त्यकथामा आधारित विभिन्न प्रकारका विधिहरु प्रयोग गनर्े चलन छ । कायस्थका अनुसार पहिला जस्तो अहिले डाम्ने चलन छैन, चलनलार्इ जोगाउनका लागि मात्र सानो वत्तीले तताउने काम मात्र गनर्े गरेका छन् । भगवान श्रीरामसँग विवाह गर्नुअघि सीता आफ्ना साथीसंगीहरुसँग फूल संकलन गर्न फूलबारी गएको मधुर द ृश्यलार्इ सम्भmँदै नववधूले विभिन्न बगैंचाबाट फूल टिपेर ल्याउने र सोही फूलबाट सो पर्वमनाउने गरेको परम्परा पनि छ ।
डाम्ने परम्परा तथा मधुश्रावण्ाी पर्व कहिलेदेखि प्रारम्भ भयो भने त्यसको कुनै ठोस एेतिहासिक प्रमाण्ा फेला नपरेपनि सो पर्व आर्यसमाजको आगमनभन्दा पूर्वदेखि नै चल्दै आइरहेको कायस्थ समुदायका व्रतालु आशा कायस्थले बताइन् । डाम्ने समयमा अनुभूति हुने पीडाको पूर्वअनुमानसँगै एर्कार्इसौं शताव्दीका नवदुलहीहरु दोधारमा पनर्े गरेका छन् । पर्व अन्तिम दिनमा डाम्ने समय श्रीमानले पानको पातले नववधूको दुवै आँखा छोपी महिला पण्डितले वधूको घँुडा र गोडामा घिउ राखी बलेको कपासको डाम्ने गरेको बताइन्छ । डामी सकेपछि दाग नहोस् र फोका नउठोस् भनी अचेल डाँमेको स्थानमा शीतलताका लागि चन्दनको लेप लगाउने चलन शुरु भएको छ । महिला पुरोहित (विधकरी) ले आँखा छोपेर घुँडा र गोडा डाम्दा डर र त्रासले धेरै आतिएकी कायस्थले भनिन्, पहिलो पटक डामेको पिडा अहिले पनि सम्भmँदा जीउ जिरीगं हुन्छ ।'
No comments:
Post a Comment