Labels

Saturday, August 17, 2013

वैद्यमाथि शंका गर्नेहरु भन्छन्....


सुरेशकुमार यादव
काठमाडौ भदौ १ गते । नकेपा-माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको मोर्चा सविधानसभाको चुनावमा सहभागि हुने आधार तय गरे चुनावको मिति र्सार्न सकिने नेताहरुले बताउनु भएको छ ।
एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले मोहन वैद्य नेतृत्वको मोर्चा सविधानसभामा भाग लिने सुनिश्चित गरे चुनावको मिति र्सार्न सकिने बताउनु भएको छ ।
 रिर्पोर्टस क्लवले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले वैद्यजीको मोर्चाले चुनावमा भाग लिने विश्वासका आधारहरु देखाए एक दर्ुइ साताका लागि मिति र्सार्न सकिने बताउनुभयो । 
उच्च स्तरीय राजनीतिक समिति र सरकार वार्ताका लागि हदैसम्मको लचकता अपनाउन तयार रहेको छ, उहाँले भन्नुभयो-'निर्वाचनको सुनिश्चितताकोलागि सरकार र राजनीतिक समितिलाई पर्ुनगठन, निर्वाचनको मिति सार्ने पनि तयार हुन्छौ तर यी सबैमा सहमति गरेर पछि चुनावमा नगए मुलुक झन अव्यवस्थित हुनेछ ।' अहिले सहमति नगरी निहुँ खोज्ने र अड्को थाप्ने कामले उहाँहरुलाई मात्र घाटा हुने बताउँदै नेता पौडेलले सहमतिका लागि सकारात्मक रुपमा अगाडि आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित नेकपा-माओवादीका सचिव देव गुरुगंले आफूहरु सहमतिमा आउन तयार रहेको तर सरकार तथा दलले पनि त्यस्तो वतावरण तयार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले  सम्झौताले मुलुकलाई निकास दिने बताउँदै सहमतिको विकल्प नभएकाले सबै दलको सहमतिमा अघि बढ्नु पर्ने स्पष्ट पार्नुभयो । 
यथास्थितमा चुनाव गर्नुको कुनै अर्थ नरहने भएकाले सहमति गरेर मात्र चुनावमा जाउँ भन्ने आफूहरुको अडान रहेको उहाँको तर्क थियो । चार दलका नेताहरुको एकाधिकारवादी, हैकमबादी चिन्तनका कारण समस्या उत्पन्न भएको आरोप लगाउँदै सचिव गुरुङले आफूहरुको मागलाई अध्ययन नै नगरिकन हतारमा कतिपय माग पूरा नगर्ने खालको रहेको भन्दै समिति पन्छिने गरेको आरोप लगाउनुभयो ।
उहाँले जबर्जस्ती चुनाव गराउन खोजे बहिष्कार मात्र होइन कि त्यसलाई बिथोल्नका
लागि तयारी अवस्थमा बसेको चेतावनी दिनुभयो । जवर्जस्ती चुनाव गराएर जनयुद्ध निम्त्याउन खोजको छ भने त्यसलाई आफूहरु स्विकार गर्ने बताउँदै उहाँले वार्तामार्फ सहमति खोज्ने सदासयतालाई कमजोरी नठान्न आग्रह गर्नुभयो ।
    नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले पनि नेकपा-माओवादीलाई चुनावमा ल्याउन काँग्रेस हदैसम्मको लचिलो हुने बताउनुभयो । निर्वाचन नभएर जति सक्रमण लम्बिन्छ त्यती नै मुलुको राष्ट्रियता र राष्ट्रिय स्वाधिनता संकटमा पर्नेछ, उहाँले भन्नुभयो-'राष्ट्रियता कमजोर देख्ने माओवादीले त्यसलाई बलियो बनाउन निर्वाचनमा जानै पर्छ ।'
उहाँले नेकपा माओवादी चुनावका लागि तयार भए ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशलाई पनि संशोधन गरेर जान सकिने बताउनुभाये । उहाँले समानुपातिक सीट संख्या बढाउने लगायतका सहमतिपछि मुलुक यथास्थितिबाट अघि बढिसकेको भन्दै अब पनि पुरानो कुरा गरेर निर्वाचन विरोधी अभिव्यक्ति नदिन असन्तुष्ट दलहरुलाई आग्रह गनुभयो ।
कार्यक्रममा सहभागि नेकपा एमालेका नेता भीम रावलले भन्नुभयो-'नकेपा-माओवादी साच्चिकै चुनावका लागि लचिलो हुने हो र सहमतिमा आउने हो भने मिति सार्नै नसक्ने विषय होईन ।' उहाँले मुलुकको अस्थिरता र सक्रमणकाल लम्बि रहे राष्ट्रियता बलियो हुन नसक्ने बताउँदै नेकपा-माओवादीलाई चुनावमा ल्याएर मंसिर ४ को चुनावलाई सुनिश्चित गर्न दलहरुलाई आग्रह गर्नुभयो ।
संघीय सदभावना पार्टर्ीी अध्यक्ष अनिलकुमार झाले नेकपा-माओवादी चुनावका लागि सहमत भए मंसिर महिनाभित्रै चुनावको मिति हेरफेर गर्न सकिने बताउनुभयो । मिति र्सार्न हो भने मंसिरमहिनाकै कुनै दिन वा मिति रोज्नर्ुपर्छ चुनावलाई मंसिरभन्दा अर्को माहिनामा र्सार्न नहुने उहाँको तर्क थियो ।
पर्ूव मन्त्री समेत रहनु भएका अध्यक्ष झाले यो सरकार जनताप्रति उत्तरदायी नरहेको आरोप लगाउँदै मंसिरमै चुनाव गराएर यो सरकारलाई विदाई गर्नुपर्ने बताउनुभयो । उहाँले यो सरकारलाई लामो समयसम्म राखि रहन नहुने भएकाले कुनै पनि हालतमा मंसिर ४ गते नभए मंसिर महिनाभित्र चुनाव गराउनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment