Labels

Sunday, August 25, 2013

अग्नीले भने वैद्यका कारण यस्तो भयो


सुरेशकुमार यादव
काडमाडौ भदौ ८ गते । एकीकृत नेकपा -माओवादी) का प्रवक्ता अग्नि सापकोटाले उच्च स्तरीय राजनीतिक समितिले वार्ताका लागि हदैसम्मको लचकता अपनाए पनि नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यका कारण वार्ता निष्कर्षविहीन भएको बताउनुभयो ।
    उहाँले समितिले हदैसम्म लचकता अपनाएको तर वार्ता र संवादको प्रक्रियालाई वैद्यले रणनीतिक चालबाजीका रूपमा प्रयोग गरेका कारण कुनैपनि निष्कर्षनिस्कन नसकेको आरोप लगाउनुभयो । पार्टर्ीीेन्द्रीय कार्यालयमा शनिवार पत्रकारसँगको भेटघाटमा उहाँले समितिको विस्तार र मन्त्रिपरिषद्को पर्ुनर्गठन गर्न तयार हुँदा पनि वैद्यको पार्टर्ीीकारात्मक नभएको बताउँदै एउटा दलका कारण सरकार परिवर्तन तथा चुनावका मिति र्सार्न नसकिने स्पष्ट पार्नुभयो ।
 संविधानसभाको निर्वाचनको विपक्षमा जाने राजनीतिक दल तथा समूहको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो-'वैद्यको पार्टर्ीी असहमतिको वतावरण सिर्जना गरेर देशमा अराजकता मचाउन खोजेका छन् । त्यसैले मुलुकको आवश्यकता र चाहना विपरीत गएर संविधानसभाको निर्वाचनलाई असफल पार्न खोजिए त्यसले कसैलाई हित गर्दैन ।' वैद्यजी बेलाबेलामा बोली फर्ेर्नु हुन्छ आज एउटा कुरा बोल्नु हुन्छ भने भोलि अर्को कुरा बोलेर सहमतिको वतावरणलाई विगारिसकेका हुन्छन्, उहाँले भन्नुभयो-'गोलमेचमा सैद्धान्तिक सहमति भए चुनावमा आउने कुरा गर्नु भएको थियो त्यसमा सहमति पनि भयो तर अब अर्को बहाना बनाउनु भएको छ ।'
उहाँले उहाँँहरुको अनुसार निर्वाचनको विकल्प सोच्न पनि नसकिने बताउँदै, भन्नुभयो-'सहमतिका लागि हदैसम्मको लतकता अपनाइन्छ तर न चुनाव सारिन्छ न सरकार फेरिन्छ ।' वैद्यको पार्टर्ीीुनावमा नआए पनि उहाँहरुसँग निर्वाचन बिथोल्ने क्षमता नरहेका दावी गर्दै उहाँले चुनाव विथोल्ने कार्य गर्यो भने त्यसलाई प्रतिवाद गर्न राज्य तयार रहेका चेतावनी समेत दिनुभयो ।

No comments:

Post a Comment