Labels

Sunday, June 16, 2013

जेपीको साथ छाड्दैछन् नेताहरु


भ्रष्टाचारको आरोपमा १३ महिना जेल जीवन बिताएका जयप्रकाश गुप्ता जेलबाट बाहिरीएपछि बडो तामझामका साथ मधेशमा निस्केका थिए । मधेशमा नयाँ शक्ति जन्माउने उद्देश्यले निस्केका जेपी गुप्ता त्यसको असफल प्रयास गरिरहँदा उनको साथ छाड्ने नेताहरुको सँख्या पनि बढ्दै गइरहेको छ । सञ्चारकर्मी पृंष्ठभूमिबाट राजनीतिमा छिरेका जेपी गुप्तालाई ‘मेडिया प्रोपगण्डीष्ट’ को रुपमा पनि मानिन्छ । काँग्रेसमा हुँदा पनि मेडियालाई प्रयोग गरेर आफ्नो धाक जमाउँदै रहे भने फोरम नेपालमा पनि मेडियाको आडमा उपेन्द्र यादवमाथि दवा दवा बनाई राखे र सोही ‘टेक्नीक’ लाई अपनाएर अहिले उनी मधेशमा आफनो ठाउँ सुरक्षित गरिरहेका छन् ।
 आफू पार्टी अध्यक्ष बन्न नपाउने भएपछि र सविधानसभामा भाग लिन नपाउने भएपछि आफ्नो राजनीतिलाई अभियानको रुप दिएर मधेश दौडाहामा निस्केका उनी आफ्नो अस्ति
त्व जोगाउनमा लागेको राजनीतिक विश्लेषकहरुको ठम्याई छ । मधेश राजनीतिका एकजना जानकारले भने, जेपी गुप्ता अहिले मधेशलाई ‘टेस्ट’ गरिरहेका छन । भ्रष्टाचारको आरोपमा रहेका जेलबाट मुक्त भएपछि आफूप्रति जनतको सोचाई कस्तो रहेछ भनि बुझ्नका लागि मधेश दौडहामा निस्केका छन् । अभियानलाई काँग्रेसका नेता भ्रष्टाचारको आरोपमा जेलमा रहेका खुमबहादुर खड्काको समर्थन र सहयोग छ भने कुरा सञ्चारमाध्यमबाट आफैले स्विकार गरिसकेका छन् भने अर्का काँग्रेस पृष्ठभूमिका शरतसिह भण्डारीको पनि समर्थन रहेको छ । सशस्त्र समूह तथा अन्य ठुला नेताको नाममा बेचेर मधेशमा आफूलाई सुरक्षित गरिरहेका जेपी गुप्ताको विश्वास पात्र मानिएका नन्दन दत्त, सुरिता साह, सलमा खातुन र ओमप्रकाश गुल्जारी लगायतका नेताहरु अभियानलाई छाड्ने अन्तिम तयारीमा पुगेका छन् । चुनावी राजनीतिमा विश्वास गर्ने उनीहरु जेपी गुप्ताको योजना बुझेपछि यी यिनीहरु गुप्ताको साथ छाड्ने तयारीमा पुगेका छन् । यी चारजनाको नेतृत्व नन्दन दत्तले गर्न खोजेका छन् । अरु दलमा आफ्नो ठाउँ सुरक्षित गर्नका लागि यी चारैजनाको नेतृत्व गर्न खोजेका छन् तर सुरिताले नन्दन दत्तको नेतृत्व स्विकार नगरी उनी आफै ठाउँको खोजीमा हिडेका छन् । अहिले नन्दन दत्त र ओमप्रकाश गुल्जारीको जोडी बनेको छ भने उता सुरीता र सलमाको जोडी बनेको छ । सुरीता साह हाल सलमालाई लिएर दिल्लीमा छिन् भने नन्दन दत्त सुनसरीमा बसेका छन् भने गुल्जारी रुपन्देहीमा । सुरीता सलमालाई लिएर उपेन्द्रमा जाने मनस्थिति बनाएकी छिन् भने नन्दन दत्त ओमप्रकाशलाई लिएर कहाँ जाने भनि अन्योलमा रहेका छन् ।
 फोरम गणतान्त्रिकका एक नेताले भने, नन्दन दत्त गच्छदारमा जान खोजेका छन् तर गच्छदारका सुनसरी कार्यकर्ताले नन्दन दत्तलाई पार्टीमा लिन नमानिरहेको अवस्थामा नन्दनको पार्टी प्रवेश रुकेको हो ।’ स्रोतका अनुसार यी चारजाना जेपीको साथमा नभएको कारण जेपीले नन्दनको जिल्ला सुनसरी, सुरीताको जिल्ला धनुषा, ओमप्रकाशको जिल्ला रुपन्देही र सलमाको जिल्ला सर्लाहीमा अभियानको तर्फबाट कार्यक्रम गर्न सकेका छैन ।

No comments:

Post a Comment