Labels

Sunday, June 16, 2013

मधेशमा एउटै दल


तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निमन्त्रणामा बोलाईएको मधेशवादी दलको छलफलले मधेशमा एउटै दल वा मोर्चा बनाउने निष्कर्ष निकालिएको छ ।
    शनिवार निमन्त्रण गरिएको २१ दलमध्ये १३ दलको मात्र उपस्थिति रहेको रहेको सो बैठकमा उपेन्द्र यादव अध्यक्ष रहेका मधेशी जनअधिकार फोरम नेपाल, विजयकुमार गच्छदार अध्यक्ष रहेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), राजेन्द्र महतो अध्यक्ष रहेका सद्भावना पार्टी र महेन्द्रराय यादव अध्यक्ष रहेका तमलोपा नेपालको उपस्थिति थिएन ।
    तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै अगामि दिनमा यसप्रकारको बैठकलाई निरन्तरता दिँदै निष्कर्षमा पुग्ने बताउनुभयो । उपस्थित दलका नेताहरुले एकता र सहकार्यमा जोड दिएको बताउँदै नेता सोनलले विगतमा मधेशवादी दलहरु टुटफुट भएका बारेमा पनि समिक्षा हुनुपर्ने कुरा उठेको बताउनुभयो ।  बैठकमा तराई मधेश अभियानका संयोजक जयप्रकाश गुप्ताले मधेशमा एउटै दल वा मोर्चाको औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो ।
    नेता सोनलका अनुसार संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेशवादी दलबीच एकता वा मोर्चाबन्दी भएर जानुपर्ने कुरामा विशेष रुपले जोड दिनुभएको थियो । मधेशमा अहिलेको आवश्यकता एकता नै हो, एक्लै एक्लै केही पनि गर्न नसकिने भएकाले मधेशवादी दलहरु एकभएर अगाडि बढ्नुपर्ने आवश्यकतामा अध्यक्ष झाले जोड दिनु भएको थियो । नेता गुप्ताले अध्यक्ष ठाकुरलाई मोर्चाको नेतृत्व लिन समेत आग्रह गर्नुभएको बताइएको छ ।
    बैठकमा अनुपस्थित हुनु भएका तमलोपा नेपालका अध्यक्ष महेन्द्रराय यादवले कुनै पार्टीले एजेण्डाविहिन चियाका खानका लागि बोलाउने बैठकमा नगएको प्रतिकृया दिनुभयो । कसैको स्वार्थ अनुकुल बन्न लागेको मोर्चामा सहभागि हुनु र नहुनुले कुनै अर्थ नराख्ने प्रतिकृया दिनुभयो ।
    सुरेशकुमार यादव

No comments:

Post a Comment