Labels

Sunday, June 16, 2013

समस्या सामाधान चुनाम नै


ललितपुर, चैत २७ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सम्पूर्ण राजनीतिक समस्याको समाधान निर्वाचन भएका हुनाले तोकिएको समयमा चुनाव गराउन निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।
 सानेपास्थित पार्टी कार्यालयमा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले सो कुरा आग्रह गर्नुभएको हो । उहाँले दलहरुको बीचमा सहमति भए अनुसार असारमा नै चुनाव हुनुपर्ने नभए कात्तिक वा मंसिरका लागि भएपनि मिति तोक्न आयोगसँग आग्रह गर्नुभयो ।
  उहाँले यो वर्तमान सरकारको मुख्य काम चुनाव गराउनु भएकाले मिति तोक्नमा विलम्ब गर्न नहुने बताउँदै निर्वाचन सफल पार्नका लागि सबै क्षेत्रको योगदान हुनुपर्ने धारणा राख्नुभयो । वर्तमान सरकारलाई सहयोग गर्न गठन भएको उच्च स्तरीय राजनीतिक संयन्त्रको सदस्य समेत रहनु भएका अध्यक्ष गच्छदारले संयन्त्रले सरकारलाई चुनाव गराउन ‘म्याण्डेट’ दिइसकेको र सरकारले पनि गम्भिर भएर निर्वाचनको मिति तोकेर सम्पूर्ण देशलाई निर्वाचन सफल पार्न आह्वान गर्नुपर्ने धारणा राख्नुभयो ।
 उहाँले चुनावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तालमेल गरेर जाने बताउँदै मधेशवादी दलहरुले यसको तयारी गरिरहेको चर्चा गर्नुभयो । उहाँले अगामी चुनावमा संघीयतावादीहरु बीच तालमेल गरेर दुईतिहाई बहुमत ल्याएर तोकिएको समयमा सविधान निर्माण गर्ने दावी समेत गर्नुभयो । सविधानसभाको चुनावलाई विथोल्ने धम्की दिने संगठनहरुलाई वार्ता र छलफलमा आउन आग्रह गर्दै उहाँले वार्ता र सहमतीबाट टुगिंने विषयलाई जनताको अधिकारसँग खेलबार नगर्न समेत आग्रह गर्नुभयो ।
  तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनलाल चौधरी र काँग्रेस महासमितिका सदस्य नारायण रौनियारलगायतका नेताहरु फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभएको हो । नव प्रवेशी नेता तथा कार्यकर्तालाई अध्यक्ष गच्छदारले टीका लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टीका नेता हरिबाबु चौधरी र परमानन्द मेहताले आआफ्नो धारणा राख्नुभएको थियो ।
 सुरेशकुमार यादव
 

No comments:

Post a Comment