
धेरै लामो समयपछि आइतवारका लागि तय गरिएको बैठक पार्टी अध्यक्षविना नै बानेश्वरस्थिति पार्टी कार्यालयमा बसेको थियो । सो बैठकले अध्यक्षले पार्टी चलाउने विश्वस्त आधार दिए मात्र अन्य एजेण्डामा छलफलमा लागि बैठक बस्ने सहमतिपछि आज बैठक बस्न लागेको हो ।
पार्टीका वरिष्ठ नेता राजलाल यादवले अध्यक्ष यादवको क्रियाकलापबाट पार्टीभित्र असन्तुष्टि बढ्दै गएको, जुन तरिकाबाट पार्टी सञ्चालन गरिरहनु भएको छ त्यस तरिकाले पार्टी नचल्ने भएपछि अन्य एजेण्डमा कुरा गर्न कुनै पदाधिकारीले नमानेको बताउनुभयो । नेता यादवले भन्नुभयो–‘हाम्रो पार्टीका अध्यक्षज्यू र पदाधिकारीबीच कुराकानी भएको एकडेढ महिना भइसक्यो यस अवस्थामा पदाधिकारीको बैठक बसेर के काम ?’
सहअध्यक्ष बीपी यादवले अध्यक्षको अनुपस्थितिमा पदाधिकारीहरुको बैठक बसेको स्विकार गर्दै पार्टी सञ्चालन बारेमा आज बस्ने (सोमवार) बैठकले छिनाफानो गर्ने बताउनुभयो । महासचिव अकवाल अहमदले वरिष्ठ नेता राजलाल यादवलाई बैठकको बारेमा जानकारी गराउँदा अध्यक्षविनाको बैठक बसे मात्र आफू त्यो बैठकमा नआउने भनेपछि अध्यक्ष यादवको अनुपस्थितिमा बानेश्वरस्थित पार्टी कार्यालयमा हिजो बैठक बसेको थियो । बैठकमा वरिष्ठ नेता राजलाल यादव, सहअध्यक्ष बीपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल, महासचिव अकवाल अहमद, कोषाध्यक्ष सविता यादव र सचिव हेमन्त खत्वेको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment