Labels

Sunday, June 16, 2013

सरकारलाई स्वागत


काठमाडौ चैत्र ८ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले चुनाव गराउने उद्देश्यले गठन भएको यो सरकारले असारको पहिलोसाता सविधानसभाको चुनाव गराउने सुनिश्चितताका लागि तयारीमा जुटेको बताउनुभएको छ ।
 पार्टीको राजनीति समितिले गरेका निर्णयहरु सार्वजनिक गर्न विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले देशसँग चुनावबाहेक अरु कुनै विकल्प नरहेको धारणा राख्दै समस्या समाधानको उत्तम उपाय नै तोकिएको समयमा चुनाव गराउनु र भएको हुनाले अहिले सबैको ध्यान चुनावतिर गएको बताउनुभयो ।
 पूर्व गृह तथा उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष गच्छदारले कतिपय शक्तिले चुनाव नहोस् भनेर त्यसको विरुद्धमा लागेका छन् तर सरकारले पनि आँट गरेर नै आएका हुनाले कुनैपनि हालतमा असार ४ गते चुनाव सम्पन्न गर्न दृढ रहेको बताउनुभयो । सरकारलाई विरोध गरिरहेका दलहरु यदि चुनावलाई वहिष्कार गर्यो भने चुनाव हुन्छ कि हुँदैन भनि पत्रकारको जिज्ञासामा उहाँले चु
 एमाओवादी नेतृत्वका संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा रहेका सम्पूर्ण दलहरु चुनावी तालमेल गर्ने भएको सहमति बारे राखेको जिज्ञासामा अध्यक्ष गच्छदारले गठबन्धनमा त्यसको प्रकारको कुनै निर्णय नभएको प्रतिकृया दिँदै त्यसमा विषयमा नेताहरुले पहिला आआफ्ना दलहरुमा छलफल गरिने बताउनुभयो । उहाँले यस विषयमा मधेशी मोर्चाको पनि निर्णय आउन बाँकी रहेको बताउनुभयो । उहाँले गठबन्धनसँग चुनावमा सहकार्य हुन्छ कि हुँदैन त्यो छलफलको विषय नै हो तर मधेशी मोर्चामा रहेका दलहरु चुनावसँगै लड्नै त्यो पक्का पक्की रहेको बताउनुभयो ।
 दुईदिनसम्म बसेको राजनीति समितिको बैठकले सरकार निर्माणका लागि भएको सहमतीलाई स्वागत गरेको छ भने सहमती भए अुनसार सविधानसभा निर्वाचनको लागि अधावधिक हुने मतमदाता नामावली र जन्मसिद्ध नागरिकका सन्तानहरुलाई वंशजको नागरिकता दिने सम्बन्धमा भएको निर्णयहरु अक्षर र भावनामा अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने माग गरेको छ । त्यसैगरि आगामी केन्द्रीय समितिको बैठक चैत्र २१ गतेदेखि भैरहवामा गर्ने निर्णय गरेको छ ।
 सुरेशकुमार यादव


नावको अन्तिम समयमा सबै दलहरु एकमत भएर चुनावमा सहभागि हुने कुरामा आफूलाई विश्वास लागेको प्रतिकृया दिनुभयो । एकआध दलले विरोध जनाएपनि चुनाव रोकिने छैन, चुनावलाई वहिष्कार गरेपनि आसार ४ गते नै चुनाव हुन्छ, उहाँले भन्नुभयो–‘सविधान सबैलाई चाहिएको छ, अब यसको विरोध गरेर बस्नुको कुनै तुक छैन ।’ समयमा चुनाव सम्पन्न गर्नका लागि सरकारले सबभन्दा पहिले निर्वाचन आयोगलाई पूर्णता दिन लागि परेको र हिजो मात्र दुईजना सदस्यलाई सफारिस गरेको बताउनुभयो ।

No comments:

Post a Comment