Labels

Sunday, June 16, 2013

चुनाव चिन्ह परिर्वन गर्ने

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ले आफ्नो चुनाव चिन्ह परिर्वन गर्ने निर्णय गरेको छ । बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले रेल छापलाई परिवर्तन गरी अर्को नयाँ छाप राख्ने निर्णय भएको हो ।
 पार्टीका वरिष्ठ नेता राजलाल यादवका अनुसार रेल छापप्रति केन्द्रीय समितिका सदस्यहरु असहमति जनाएपछि अर्को छापको लागि प्रस्ताव गरिएको बताउनु भयो । उहाँले निर्वाचन आयोगका मान्यता अनुसार तीनवटा छाप प्रस्ताव गर्नुपर्ने भएकाले छाता, साइकल र चापाकल प्रस्ताव गरिएको बताउनुभयो ।
  उपेन्द्र यादव अध्यक्ष रहनु भएका मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएर जेपी गुप्ताले फोरम गणतान्त्रिक पार्टी दर्ता गराएर रेल छाप छनौट गर्नु भएको थियो । गुप्ता जेल गएपछि तत्कालिन सहअध्यक्ष राजकिशोर यादव महाधिवेशन गराएर पार्टीको अध्यक्ष भएपछिको सात महिनापछि चुनाव चिन्ह परिवर्तनको प्रस्ताव पार्टीमा आएको हो ।

No comments:

Post a Comment