Labels

Sunday, June 16, 2013

जेपीद्धारा राजिनामा


तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय सदस्य जयप्रकाश यादवले पार्टीको आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिनुभएको छ । पार्टी कार्यालयका अनुसार नेता यादवले पार्टीको क्रियाकलापबाट असन्तुष्ट रहेको भन्दै फ्याक्स गरेर राजिनामा दिएको जानकारी गराउनु भएको छ ।
 तमलोपाका महामन्त्री गोविन्द चौधरीले नेता यादवले राजिनामा दिएको जानकारी गराउँदै यसअघि पार्टीको सचिवालयले उहाँलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिसकेपछि आएको राजिनामाको कुनै अर्थ नरहने बताउनु भयो । उहाँले फ्याक्सबाट आएको राजिनामाको बारेमा पार्टी बैठकले के गर्ने नगर्ने बारे निर्णय गर्ने जानकारी गराउनुभयो ।
 महामन्त्री चौधरीले नेता यादवले सविधानसभा विघटन भएदेखि पार्टीको हितविपरित गतिविधिमा लागेको र अनुशासनहिन कार्य गरेको कारण पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको बताउनुभयो ।
 बारा जिल्लाका अध्यक्ष समेत रहेका नेता यादवले यसअघि राजकिशोर यादव अध्यक्ष रहनु भएको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) मा प्रवेश गरेको समाचार बाहिर आएको थियो भने हाल तमलोपाबाट अलग भएका महेन्द्रराय यादव अध्यक्ष रहनु भएका तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गर्ने चर्चा चलिरहेको थाह पाएर पार्टीलाई उहाँलाई कारवाही गरेको छ ।
 सुरेश 

No comments:

Post a Comment