Labels

Tuesday, June 18, 2013

पूर्व सभासद् अलाउदीन अन्सारी तमलोपा नेपालमा


काठमाडौ जेठ २७ गते । तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रराय यादवले वर्तमान राजनीतिकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सक्रिय हुँदा हुँदै नयाँ मोर्चा खोल्नुको कुनै औचित्य नरहेको बताउनु भएको छ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सभासद् अलाउदीन अन्सारी (नवलपरासी) लगायतका नेताहरु आफ्नो पार्टीमा प्रवेश गरेको बारे जानकारी गराउन सोमवार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो ।
    पूर्व मन्त्री समेत रहनु भएका अध्यक्ष यादवले मधेशी मोर्चामै रहेका नेताहरुले एक्ला एक्लै मोर्चा निर्माणको दौडमा रहेको र यो मधेशको लागि दुर्भाग्य भएको बताउनुभयो । वर्तमान सरकार गठन गर्नुमा पनि मधेशी मोर्चाको प्रमुख भूमिका रहेको र सो सरकारलाई सहयोग गर्न गठन भएको उच्च स्तरीय राजनीतिक संयन्त्रमा समेत सहभागि भएको अवस्थामा अर्को मोर्चाको कुरा गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गर्नुभयो ।
    क्रियाशिल रहेका मधेशी मोर्चालाई नै पूर्णता दिनुपर्ने उल्लेख गर्दै यसमै अन्य मधेशवादी दललाई सहभागि गराउनुपर्ने बताउँदै अध्यक्ष यादवले मोर्चाको बैठक बोलाउन चाँडै पहल हुनुपर्ने कुरामा जोड दिनुभयो । यो मधेशी मोर्चाले इतिहास बोकेका छन् यसले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा आफ्नो पहिचान बनाई सकेका हुनाले त्यतिकै भङ्ग गर्न नहुने उहाँको भनाई थियो ।
    सविधानसभा निर्वाचनको सम्बन्धमा उहाँले चुनावका लागि मात्र गठन भएको यो सरकारले कुनै पनि हालतमा निर्वाचन गराउने कुरामा आफूलाई विश्वास रहेको धारणा राख्दै उहाँले दलहरुको बीचमा चाँडै नै सहमति गरेर चुनावको मिति घोषणा गर्ने विश्वास दिलाउनु भयो । चुनाव गराउनका लागि थुप्रै विवादहरु सामुने आए भने विगतकै सविधानसभा चुनावको प्रावधान अनुसार चुनाव गराउनुपर्ने बताउँदै अध्यक्ष यादवले थ्रेस होल्डको विवाद झिक्ने बेला अहिले नरहेको उल्लेख गर्नुभयो । सविधानसभामा सबै समुदाय, वर्ग, जातजातिलाई समावेश गर्नुपर्ने भएकाले पनि थ्रेस होल्डको व्यवस्था राख्न नहुने उहाँको धारणा रहेको छ ।
सुरेशकुमार यादव
   
   

No comments:

Post a Comment