Labels

Tuesday, June 18, 2013

मधेशमाथि विदेशीको नजर


देशमा चुनावको मिति घोषणा नहुँदै अन्तराष्ट्रिय जगतको चहलपहल शुरु भएको छ । विगतको सविधानसभा चुनावमा निकै सक्रिय भएर गतिविधिमा लागेका अन्तराष्ट्रिय यूनियनहरु पुनः सल्बलाएका छन् । निर्वाचनको मिति घोषणा भइरहेको अवस्थामा यूरोपियन यूनियनले चुनावमा परिवेक्षणको रुपमा काम गर्न दिनका लागि दलहरुको घरघर चहारीरहेका छन् । केहीदिन पहिले युनियनका निर्वाचन निरक्षण मिसनले सविधानसभा चुनावको बारेमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग छलफल गरेको छ । केही पहिले  सानेपास्थित मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को पार्टी कार्यालयमा भएको छलफलमा यूनियनका तर्फबाट निर्वाचनमा पर्यवेक्षण गर्न पाउने कि नपाउने बारेमा जिज्ञासा राखेको छ । हालै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पनि छलफल गरेका छन्  सविधानसभाको चुनाव गराउने कुरा चलिरहँदा यूनियनले निर्वाचनको निरिक्षण गर्ने तयारी स्वरुप विभिन्न दललगायत सरोकारबालाहरुसँग छलफल शुरु गरेको छ । मिसन टोलीसँग रहेका नेपाल प्रतिनिधि जीवन सुवेदीका अनुसार सविधानसभाको चुनाव निष्पक्ष तथा धाँधलीरहित होस् भनि निरिक्षण गर्नका लागि दलहरुसँग सल्लाह मागेको छ ।
  मधेशी मोर्चाका नेताहरुसँग युनियनका प्रतिनिधिले निर्वाचन हुने अवस्था छ कि छैन, निर्वाचनलाई यूरोपियन यूनियनले निरिक्षण गर्यो भने कस्तो हुन्छ, निर्वाचन भए सविधान बन्छ कि बन्दैन, चारदलबीच भएको ११ बुँदे सम्झौता र २५ बुँदे बाधा अड्काउ फुकाउ कस्तो छ भन्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
 मधेशी जनअधिकार फोरम गणतान्त्रिका सहअध्यक्ष बीपी यादवले निष्पक्ष र धाँधलीरहित चुनावका लागि अन्तराष्ट्रिय जगतले निरिक्षण तथा अवलोकन गरे आफूहरुले स्वागत गर्ने प्रतिकृया आफूहरुले दिएको बताउनुभयो । यूरोपीयन यूनियनले निर्वाचन निरिक्षण गर्यो भने मधेशवादी दललाई कुनै आपत्ति नहुने धारणा राखेको बताउनुभयो । उहाँले सविधान निर्माणको सुनिश्चितताका लागि विगतका सविधानसभाले गरेका कामको लिपिबद्ध हुनु आवश्यक रहेको जानकारी गराएको बताउनुभयो । उहाँले विगतको सविधानसभाले प्राप्त गरेको उपलब्धिलाई नमान्ने हो भने अर्को सविधानसभाबाट पनि सविधान नबन्ने कुरामा जोड दिएको बताउनुभयो । सविधान निर्माण सुनिश्चितताका लागि सविधानसभा र व्यवस्थापिका संसदको व्यवस्था छुट्टा छुट्टै हुनुपर्ने धारणा राखेको बताउँदै सहअध्यक्ष यादवले विगतमा संविधानसभाले नै व्यवस्थापिका संसदको काम गरेकाले सविधान निर्माण हुन नसकेको ध्यानाकर्षण गराएको बताउनुभयो ।
 सोही पार्टीका महासचिव अकवाल अहमदले पहिलाको तुलनामा सविधान निर्माणको पाँचवर्ष समय प्रर्याप्त भएको कारणले तोकिएको समयमा सविधान निर्माण हुने कुरामा आफूहरुलाई विश्वास लागेको अवगत यूनियनका प्रतिनिधिलाई गराएको बताउनुभयो । उहाँले वर्तमान सरकार सविधान निर्माण गर्नका लागि नै निर्माण भएको कारणले सविधानसभाको चुनाव हुने कुरामा सबै विश्वस्त रहेको धारणा मधेशी नेताहरुले राखेको बताउनुभयो । छलफलमा मोर्चाको तर्फबाट फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देव, तमलोपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, तमलोपा नेपालका अरविन्द साह, सद्भावना पार्टीका महासचिव मनिष सुमन, फोरम गणतान्त्रिकका बीपी यादव र महासचिव अकवाल अहमदको उपस्थिति थियो ।
  यूरोपीयन युनियनले निर्वाचनलाई निरिक्षण गर्न आवश्यक छ कि छैन, निरिक्षण गरे कस्तो होला, निर्वाचन हुने सम्भावना छ कि छैन, निर्वाचन भएपनि सविधान निर्माण होला कि नहोला लगायतका जिज्ञासालाई लिएर एमाओवादी, काँग्रेस र एमाले लगायतका दलहरुसँग छलफल भइसकेको नेपाल प्रतिनिधि सुवेदीले जानकारी गराउनुभयो ।



No comments:

Post a Comment