Labels

Sunday, June 16, 2013

फ्रन्ट पूर्वाञ्चल विश्वविद्यालयमा


तराई  मधेश विद्यार्थी फ्रन्टले पूर्वाञ्चल विश्वविद्यालयमा आफ्नो समन्वय समिति गठन गरेको छ ।
  फ्रन्टको केन्द्रीय कार्यालयमा सोमवार बसेको बैठकले रितेशकुमार साहको संयोजकत्वमा २१ सदस्यीय समन्वय समिति गठन गरेको हो । फ्रन्टका केन्द्रीय अध्यक्ष सुरेश मण्डलका अनुसार सचिवमा संजयकुमार साह र सदस्यहरुमा टीकाप्रसाद यादव, नवीन कारक, शैलेन्द्र मण्डल, विनितकुमार साह, रञ्जन ठाकुर लगायतका छन् ।
 स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा मधेश तथा उपत्यकाका सम्पूर्ण क्याम्पसमा उम्मेदवारी दिन तयारी गरिरहेका फ्रन्टले पूर्वाञ्चल विश्वविद्यलाय अन्तरर्गत क्याम्पसहरुमा संगठन विस्तारको कार्यलाई तिब्रता दिएको अध्यक्ष मण्डलले बताउनुभयो ।
 सुरेश

No comments:

Post a Comment