Labels

Wednesday, April 2, 2014

महन्थ ठाकुर हुने भए २६ मध्येका सभासद्

काठमाडौ चैत १९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर मन्त्रीपरिषद्बाट मनोनित हुने २६ जनामध्येबाट सभासद् बन्ने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले बुधवार विहान आफ्नो बोलाएर सो कुराको जानकारी गराएको स्रोतको दावी छ ।
मधेशवादी दलमध्ये तमलोपाले मात्र अहिले मनोनित सभासद् हात पार्न सफल भएका छन् । सर्लाहीको क्षेत्र नं. ६ बाट पराजिनत ठाकुर पहिलो सविधानसभा चुनावमा पनि मनोनितबाट सभासद् बनेका थिए । तमलेपासँग ११ जना सविधानसभा सदस्य रहेका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग १३ जना सविधानसभा सदस्य भएपनि हालसम्म त्यसको कन्फर्म भएको छैन ।
यता मधेशका तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबीच एकीकरणको चर्चा चलिरहेकै बेला महन्थ ठाकुर मनोनित सभासद् हुने भएको छ ।  

No comments:

Post a Comment