Labels

Wednesday, April 23, 2014

२६ का कारण नेताको कुर्सी खाली

दोस्रो सविधानसभाको चुनाव सम्पन्न भएको पाँच महिनाभन्दा बढी भइसक्यो तर मधेशका प्रमुख तीन दलका संसदीय दलले पूर्णता पाएको छैन । एकीकरणका लागि छलफलका लागि जुटेका मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको संसदीय दलको नेता हालसम्म चयन भएको छैन । तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सविधानसभाभन्दा बाहिर रहेको र २६ जनामध्येमा मनोनित हुने संभावना भएकाले संसदीय दलको नेताको कुर्सी खाली रहेको छ ।

तमलोपासँग ११ जनासभासद् रहेका छन् भने फोरम नेपालसँग १० जना र सद्भावना पार्टीसँग ६ जनासभासद् रहेका छन् । ससंसदी दलको नेता चयन नभएको कारण यी दलको सिहदरवारस्थित संसदीय दलको कार्यालय सुनसान नै हुन्छन् । ती दलका सभासद्हरु चिठीपत्र तथा संसदीय सचिवालयको सुचना बुझ्नका लागि मात्र आउने गरेको कार्यालयका एक कर्मचारीले बताए । पहिलो सविधासभाको बेला मधेशवादी दलका सभासद्हरुले जसरी सविधानसभा दलको कार्यालयमा समय दिन्थे त्यसरी यसपाली देखिएको छैन, कर्मचारीले भने, यसपाली त सभासद्हरु कार्यालयमा बस्नै रुचाउँदैन एकछिन यसो आउनु हुन्छ चिठी पत्रको बारेमा बुझ्नु हुन्छ र जानुहुन्छ ।
यसअघि तमलोपा र फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारीहरु नै यसपालीको सविधानसभा दलको कार्यालयमा कार्यरत छन् त्यसले गर्दा विगतको र यसपालीको गतिविधिको बारेमा भन्न सकेका छन् । कर्मचारी बस्ने कोठाबाहेक अन्य कोठाहरुमा ताल्चा नै लागेका हुन्छन् सभासद्हरु आए भने खुल्छन् नत्र ताल्चा नै लागेका हुन्छन् । संसदीय दलको कार्यालयमा पार्टीको संसदीय दलको नेताका लागि छुट्याईएका कोठामा भेट भएका अकवाल अहमद शाहले २६ को टुगों नलागेको कारण संसदीय नेता चयनमा ढिलाई भएको बताए ।
यता अध्यक्ष ठाकुर र महतोलाई निकै अन्योल भएको छ । नपार्टी एकीकरण भइरहेका छन् नत सरकारले २६ को टुगों लगाई रहेका छन् । यसो त प्रधानमन्त्री सुशिल कोइरालाले तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सभासद्मा मनोनित गर्न लागिएको जानकारी गराएका थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि २६ मध्ये पर्ने भने समाचार कहिबाट पुष्टि नभएपनि मनोनित सभासद् बन्ने संभावना महतोको पनि त्यतिकै रहेको स्रोतको दावी छ । सोही पार्टीका नेता देवेन्द्र यादवले भने, हाम्रा पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि मनोनित सभासद् बन्न लाग्नु भएको हो ।’ यसो त २६ मा पर्नका लागि राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शर्तसिह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा पनि दौडधुपमा लागेका छन् ।
 

No comments:

Post a Comment