Labels

Wednesday, April 23, 2014

गच्छदारले किन गरे उपेन्द्रसँग हात मिलाउने कुरा ?

उपेन्द्र यादवको पार्टी मधेशी जनअधिकार फोरम नेपालले तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीसँग एकीकरणको प्रकृयामा रहेको बेला सोही पार्टीबाट अलग भएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले उपेन्द्र यादवका पार्टी फोरम नेपालसँग एकीकरण गर्ने औपचारिक निर्णय पार्टीबाट गराएका छन् । पार्टीको राजनीतिक समितिके बैठकले फोरम नेपालसँग एकीकरण गर्ने निर्णय गरेको सो पार्टीका नेता एवं सभासद् रामजनम चौधरीले बताए ।

उनले मधेशमा एकीकरण र एकताको आवश्यकता रहेको कारणले आफ्नो पार्टीले यस्तो निर्णय गरेको बताए । आफ्नो पार्टी फोरम नेपालबाट अलग भएको कारणले सो पार्टीसँग एकीकरण गर्न सजिलो हुने भएकाले एकीकरण गर्ने पार्टीले निर्णय गरेको चौधरीले बताए । तर सहारा टाइम्सको स्रोतको दावी अर्कै छ, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले कुनै पनि हालतमा तीन दलको बीचमा एकीकरण हुन नदिनका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि यस्तो जाल फ्याकेका छन् ।
मधेशमा सबभन्दा ठलो पार्टी र केन्द्रमा पाँचौ दलको रुपमा स्थापित भएका फोरम लोकतान्त्रिक तीन दलको एकीकरणपछि मधेशमा दोस्रो दल र सविधानसभामा छैठो दलको रुपमा झर्नेछन् त्यसलाई जोगाउनका लागि पनि गच्छदारले फोरम नेपाललाई आफ्नो पार्टीतिर आकर्षित गर्यो भने तीन दलको एकीकरणमा बाधा पुग्ने ठहर गच्छदारको रहेको छ र त्यसका लागि उनले फोरम नेपाल पार्टीका नेता अर्जुन थापा, अभिषेक प्रताप शाह, रेखा यादवलगायतका नेताहरुलाई पनि आफ्नो अधिनमा लिएको स्रोतको दावी छ । गच्छदारको बोलभरोस पाएर नै अर्जुन थापालगायतका नेताहरु एकीकरण तीन दलको बीचमा मात्र नभए अन्य दलसँग पनि गर्नुपर्ने कुरा उचाल्दै पहिलो चरणमा फोरम लोकतान्त्रिकसँग गर्नुपर्ने कुरा बाहिर ल्याएका थिए ।
यसैबीच मधेशका अन्य साना दल तराई मधेश सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश फोरमबीच हुने भनिएको एकीकरण पनि हालका लागि स्थगित भएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले तीन दलबीच हुन लागेको एकीकरण पर्खाईमा आफूहरुको छलफल स्थगित गरिएको छ । यी तीन दलबीच एकीकरण हुने नहुने विषयको टुगों लागेपछि मात्र आफूहरुको एकीकरणको बारेमा कुरा हुने बताए । उनले एकीकरण सबै मधेशवादी दलमा हुनुपर्ने हो तर यी तीन दलले आफै आफैमा मात्र किन एकीकरण गरीरहेका छन् अरुलाई किन सोधपुछ गरिरहेका छैनन् बुझ्न नसकिएको बताए । त्यसैगरि भण्डारी र गच्छदारबीच एकीकरणको चर्चा पनि सेलाएको छ । दुई अध्यक्षको बीचमा दुई तीनपटक अनौपचारिक कुराकानी बाहेक अरु केही प्रगति नभएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वरराय यादवले बताए ।
फोरम लोकतान्त्रिक स्रोतका अनुसार अध्यक्ष गच्छदारले भण्डारीलाई २६ मा मनोनित गर्ने वचन दिएका थिए र सोही कारणले भण्डारी पनि एकीकरणका लागि तयार भएका थिए तर गच्छदारले २६ मा पार्ने सम्भावना नदेखिएपछि यी दलबीचको एकीकरणमा पूर्णविराम लागेको छ ।

No comments:

Post a Comment