Labels

Tuesday, April 1, 2014

म यसकारणले अप्रिलफुल मनाउदिन

   
आज अप्रिल । यो अप्रिल फुल नेपालीले किन र कहिलेदेखि मनाउन थालेको कुरा मलाई थाह छैन । तर मैले यो मनाउन छाडेको पनि धेरै वर्ष भयो । मैले यो नमनाउने भएकाले म यसप्रति सतर्क पनि थिइनन् र छैनन् पनि विगत १५ वर्षदेखि मलाई कसैले नकसैले ठग्दै आएका छन् झुक्याउँदै आएका छन् तैपनि वास्ता गरेको छैन किनभने म अप्रिलफुल मनाउँदिन ।
     नमनाउनुको पनि मेरा आफ्नै कारण छ । ठ्याकै मिति थाह नभएपनि त्यस्तै १५ वर्षभन्दा बढी नै भए होला । म त्यतिबेला सिरहा क्याम्पसमा बीएडमा अध्ययनरत थिए । म सिरहास्थित आफ्नो फुपाको घरमा बसेर पढीरहेका थिए । म माथिको तल्लामा बस्थे भने भूइतल्लामा दुईजना बहिनीहरु बस्थिन । एकजना वहिनी कजाराको थिएन भने एउटी थल्हाकी । त्यसमध्ये मलाई कसैको नाम थाह छैन । यस्तै अप्रिलफुलको दिन कसैलाई ठगु वा मूर्ख बनाएर रमाइलो गरौ भन्ने लाग्यो ।

       मेरो बुद्धिमा कहाँबाट यस्तो कुरा आयो कजराको बहिनीलाई नै टार्गेट गरे । मैले ती वहिनीलाई नै किन रोजे त्यो पनि थाह छैन । बहिनी कता बाहिर बजारतिर गएकी थिएन् । उ आउने बित्तिकै मैले ए...(नाम याद छैन) तिम्रो ममी निकै विरामी हुनुहुन्छ रे, जसरी पनि तिमीलाई घर आउन खबर आएको छ । अहिले नै जानुस् भनेर मैले भने । यति के भनेका थिए ती वहिनी आतिएर रुन थालिन् । कोठमा गएर लुगाफाटा मिलाउन थालिन् । त्यतिकैमा मेरी फुपु आउनुभयो । के भयो किन राएकी भन्दै उनको कोठामा पस्नुभयो । ती वहिनीको रोएर हालत खराब थियो । रुँदै मेरी फुपुलाई उनले भनिन, मेरी आमाको अवस्था राम्रो छैन जसरी पनि म जानै पर्छ भनेर उ घर जान तयार भइन् । मेरी फुपुले एक्लै कसरी जान्छ्यौ कसैलाई साथमा लिएर जानु भनि त्यही घरमा डेरा गरी बस्ने एकजना विद्यार्थीलाई साइकल दिएर पठाउनु भयो ।  विद्यार्थी केटोले          ती वहिनीलाई साइकलमा चढाएर हिडिहालेको अवस्थामा पनि मलाई भन्न आँट आएन ‘अप्रिलफुल’
ती वहिनीको अवस्था हेरेर म अलमलमा परे, असमन्जसमा परे । के गरु, के गरु जस्तो लाग्यो । मैले ठगेको हुँ । झुक्याएको हुँ कारण ममा आँटै आएन । फेरी ती वहिनीको रोएर वेहाल । त्यहाँबाट उनको घर बीस किलोमिटर पूर्व थियो । साइकलमा दुई किलोमिटर जति गइसकेकी थिइन् होला । अनि बल्ला आँट गरेर त्यही घरमा डेरा गरेर बस्ने अर्को विद्यार्थीलाई भने भाइ आज अप्रिलफुल हो म वहिनीलाई ठगेको हुँ । विद्यर्थीले तुरुन्तै गएर मेरी फुपुलाई भन्दिएछ । फुपु आगबबुला हुनुभयो । मलाई खोज्दै आउनु भयो र बेस्सरी गाली गर्नुभयो । र उहाँले एकजना केटालाई तत्कालै साइकल व्यवस्था गरेर ती वहनीलाई फर्काएर ल्याउन भन्नुभयो । फुपुले मलाई त्यो कारणले कति गाली गर्नुभयो त्यो भन्न साध्य छैन झण्डै कुट्नुभएन ।
       पछि थाह पाए । ती वहीनीको आमा पहिलादेखि नै विरामी भएर घरमा थाला पर्नुभएको थियो रे । मैले यसरी भनेको कुराले ती वहीनीलाई आमा वित्नुभयो कि भनेर चिन्ताले रुँदै घरतिर लाग्नुभएको थियो । फुपुले मलाई गाली गर्दै गरेको अवस्थामा मेरो फुपा पनि आउनु भयो । उहाँले पनि मलाई गाली गरेर झण्डै कुट्नै लाग्नुभएको थियो । मेरो घरबाट जा पनि भन्नुभयो । तर म केही बोलिनन् । शीर निहुराएर बसि रहे । आखिर मेरै गल्ति थियो । ठग्न पनि यसरी नठग्नु पर्ने हो । फुपा फुपुको गालीको कारण र आत्मग्लानीका कारण म भित्रभित्रै निकै रोए । ती वहिनी आएपछि म मुख देखाउने अवस्थामा पनि थिइनन् । म के गरु के गरु जस्तो भयो । साँझमा आफ्नो साइकल लिएर घर हिडे । अप्रिलफुल मनाएको पश्चाताप गर्दै घर पुगे । र, त्यसपछि आजसम्म मैले कहिले अप्रिलफुल मनाईनन् र त्यताप्रति ध्यान पनि दिइनन् कहिले अप्रिलफुल आउँछ कहिले जान्छ थाह पनि हुँदैन । तर आज मेरा मित्र कुमार विवेकानन्द मिश्रले विहानै मलाई फोन गरेर भन्नुभयो । पंकज दासलाई के भयो उहाँ एभरेष्ट अस्पतालमा भर्ना हुनुभयो रे । म आत्तिए । किनभने नजिकको साथीमध्ये पंकज पनि मेरा एउटा मनमिल्ने साथी हुनुहुन्छ आत्तिनु स्वाभाविकै हो । र, पंकजलाई तुरुन्तै फोन गरे । उहाँ अरामले घरमा सुतिराख्नु भएछ । उहाँले नै भन्नुभयो तपाईलाई आज कसैले मुर्ख बनायो । आज अप्रिलफुल हो । यस्तै रह्यो भने अप्रिलफुलका दिन कुनै आफन्तलाई केही भयो भने अप्रिलफुल हो भन्दै पत्याउँदैनन् र त्यतिबेलासम्म के के हुन्छ ।

No comments:

Post a Comment