Labels

Saturday, April 5, 2014

एकीकृत पार्टीको महाधिवेशन एकवर्षभित्र

काठमाडौ चैत २२ गते मधेशवादी तीन दलबीच हुन लागेको एकीकृत पार्टीको महाधिवेशन एकवर्षभित्र गर्ने निर्णय गरेको चैत २० गते बसेको कार्यदलको बैठकले पार्टी गठन गरेको एकवर्षभित्र पार्टीलाई वैधानिकता दिनका लागि पार्टीको माहाधिवेशन गर्ने निर्णय भएको बैठकमा सहभागि एक नेताले हाम्रो मधेशलाई बताएको

त्यस्तै झण्डाको पनि टुगों लागेको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्ताव गर्नुभएको चारकुने तिरङ्गाको बीचमा एउटा तारा रहनेछ माथिको भाग रातो बीचको सेतो त्यसमा तारा अन्त्यामा निलो रंग रहनेछ पार्टीको साँगठनिक संरचनामा तीन भाग रहनेछ त्यसमा कार्यसम्पादन समिति ३१ सदस्यीय रहनेछ अर्को राजनीतिक समिति (पोलिटब्यूरो) ६५ सदस्यीय रहने भने केन्द्रिय समिति ३०१ सदस्यीय रहने कार्यदलले निर्णय गरी म्यानूट समेत गरिसकेको त्यस्तै पार्टीको मूल मस्यौदा पनि पारित भएको
बाँकी रह्यो पार्टीको नाम पार्टीको नतृत्व बैठकमा सहभागि कार्यदलका एक सदस्यले भने, लगभग पार्टीको नाममा पनि सहमति भइसकेको फोरम नेपालले पार्टीको नाममा जसरी पनि समाजवादी राख्नुपर्ने भनेका छन् सद्भावना पार्टीले एकीकृत पार्टीको नाममा जसरी पनि सद्भावना शब्द जोडेकै हुनुपर्ने भनेका छन् कार्यदलमा रहेका सद्भावन पार्टीका एक नेताले भने, बरु एकीकरण हामी छोड्छौ तर सद्भावना भन्ने शब्द कुनै पनि हालतमा छोड्दैनौ कुनै नकुनै पनि हालतमा राख्छौ नै यस प्रकारको दुइटा नाम अध्यक्षहरु समक्ष प्रस्तुत हुनेछ एउटा पास हुनेछ

त्यस्तै कार्यदलले अध्यक्ष प्रणालीको मोडेलमा संगठन नेतृत्वको मोडेल प्रस्तुत गर्नेछ जसमा एकजना अध्यक्ष दुईजना कार्यकारी अध्यक्ष रहने प्रावधानसहितको प्रस्ताव गर्नेछ यद्यपी यो नेतृत्वको विषयमा तीन अध्यक्षको बीचमा कुनै छलफल शुरु भएको छैन उपेन्द्र यादवले पनि नेतृत्व कसले लिने बारेमा कुनै छलफल शुरु नभएको बताउँदै आएका छन् कार्यदलको बैठक भोली (आइतवार) सद्भावना पार्टी कार्यालयमा विहान ११ बजेदेखि पुनः बस्नेछ त्यो बैठक कार्यदलको अन्तिम बैठक हुने पनि जनाएको

No comments:

Post a Comment