Labels

Tuesday, May 27, 2014

सर्वोच्चद्वारा ठाकुरमाथि बज्र प्रहार

सर्लाही क्षेत्र नं. ६ बाट दोस्रो सविधानसभामा पराजित भएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत थुप्रै नेताहरुको सपना चकनाचुर भएको छ । चुनाव हारेर पनि सभासद् बन्ने लाइनमा ठाकुरलगायत सद्भावना पाटीृका अध्यक्ष राजेन्द्र महतो, मधेशी जनअधिकार फोरम नेपालका कोषाध्यक्ष रेणु यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारी पनि २६ मध्येको मनोनितमा पार्न दौडधुपमा लागेका थिए त्यसमध्ये अध्यक्षद्धय ठाकुर र महतोको निश्चित भइसकेको थियो भने अरुले आश्वासन पाएका थिए ।

गच्छदारले भने त्यसो हो भने ठिक हुँदैन

अहिले नेपाली राजनीतिकमा मनोनित हुने २६ कोटाको निकै चर्चा छ । त्यो मनोनित नहुँदा कतिपय दलको क्रियाकलाप र कार्यक्रमहरु ठप्प परेका छन् भने कतिपयमा विवाद पनि उत्पन्न भएका छन् । बैशाखका अन्तिम साता मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरु सार्वजानिक गर्न पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । र, सोही पत्रकार सम्मेलनमा पत्रकारले सुन्दैछु तपाईको पार्टी मनोनित हुने २६ मा परेको छैन, तमलोपा र सद्भावना पार्टीले एक एकवटा पाउँदैछन, कतिको सत्यता हो भनि सोधेका थिए ।

मधेशी अभियानको नाममा कुर्सी ताक्दै

दोस्रो सविधानसभा चुनावमा अपेक्षाकृत राम्रो परिणाम नल्याएपछि मधेशवादी दलको विकल्प मधेशमा विभिन्न कोणबाट खोजी भइरहेको छ । त्यसका लागि विभिन्न अभियानहरु सञ्चालनको साथै मोर्चा बन्ने काम पनि तिब्र रुपमा शुरु भएको छ । पछिल्लोसमय त स्व.गजेन्द्रनारायण सिहले छाडिसकेका सद्भावना परिषद्लाई उनकै कार्यकर्ताले पुनः जिवित गरेका छन् । त्यस्तै जेलमै रहेका बेला मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खोसिएपछि तराई मधेश राष्ट्रिय अभियान गठन गरी जेपी गुप्ताले पनि मधेशमा अभियान सञ्चालन गर्दै आएका छन् ।

Sunday, May 18, 2014

मोदी जिताउन कसको हात ? त्यो जान्नका लागि यो पढ्नुस्

भारतको १६ औ लोकसभामा भारतीय जनता पार्टीलाई सबभन्दा ठुलो पार्टी बनाउनमा त्यहाँका युवाहरुको मुख्य भूमिका रहेको खुलासा भएको छ । चुनावी प्रचार प्रसारको रणनीति बनाउनु देखि लिएर मोदीको भाषण समेत लेख्ने काम त्यही युवाहरुले गर्थे । मोदीको क्याम्पको प्रभावकारी बनाउनका लागि यो टीम सेनाकै जस्तो काम गर्थे । विपक्षि दलको गतिवधिमाथि दृष्टि राख्नुको साथै उनीहरुको हरेक दावको निस्तेज पार्ने सुझाव दिने काम त्यही युवाहरुले गरेका थिए । यो समूहमा सहभागि सबै गुजरातका युवाहरु सहभागि थिए ।

बलराम नायकको संयोजकत्वमा सद्भावना परिषद् पुनःगठित

काठमाडौ जेठ ४ – २४ वर्ष पहिला विघटन भएको सद्भावना परिषद् पुनः गठन भएको छ । मधेशको अधिकारका लागि आवाज उठाउन गठन भएको सद्भावना परिषद्लाई बलराम नायकको संयोजकत्वमा पुनःगठन गरेको छ । बसाईसराईसम्बन्धि आएको गुरुङ प्रतिवेदनको विरुद्धमा २०४० सालमा बाबा राम जनम तिवारीको अध्यक्षतमा सद्भावना परिषद् गठन गरिएको थियो पछि त्यसको संयोजक स्व.गजेन्द्रनारायण सिह भएका थिए ।

Friday, May 2, 2014

मोदी उदयको सन्त्रास


  • सुरेशकुमार यादव
  • एकीकृत पार्टीको अध्यक्ष महन्थ ठाकुरलाई नै बनाउनु पर्ने भारतीय नेताहरुको चाहनाले पनि अबको मोदी सरकारले त्यो चाहनालाई कतिको बुझ्छन्, त्यसमा पनि गन्थनहरु शुरु भएका छन् ।
  • मोदीको सरकार नबन्ला तर अहिलेको जस्तो भारतको परिस्थिति चुनावपछि रहने छैन । सबभन्दा ठुलो गणतान्त्रिक मुलुक भएका र संभावना बोकेका मुलुक भारतको परिवर्तनले हरेक देशलाई केही नकेही असर अवश्य पार्नेछन् । मोदीको उदयले नेपाल जस्तै अमेरिका पनि त्यतिकै झस्किएका छन् ।

Thursday, May 1, 2014

२२ वर्षमा २२ सरकार, काँग्रेसले ११ पटक नेतृत्व लिए

प्रजातन्त्र पुर्नस्थापनादेखि २२ वर्षमा २२ पटक सरकार परिवर्तन भए तर ती सरकारले मन्त्री बनाउनेबाहेक अन्य महत्वपूर्ण कुनै काम गरेका छैनन् । २२ वर्षको राजनीतिक सत्ताको वरिपरी नै घुमिरहे । २०४७ देखि २०७० सालसम्म चार सय ४३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भए । ०४७ यता हालसम्म मन्त्री हुनेमा सबैभन्दा बढी काँग्रेसका छन् । काँग्रेसबाट मात्र दुई सयभन्दा बढी नेताहरु मन्त्री भएको देखिन्छन् । त्यस्तै एमालेबाट ९६, राप्रपाबाट ४८, सद्भावनाबाट १७ र माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका छन् । प्रजातन्त्र पुनस्स्थापना भएयता १२ प्रधानमन्त्री र १६ उपप्रधानमन्त्री भए । कांग्रेसले मात्र एघारवटा सरकारको नेतृत्व गरिसकेका छन् ।

तीन दलको अडान कायमै, कार्यदलद्वरा विकल्प प्रस्तुत



  • एकीकरण नभए नहोस् सद्भावना शब्द छोडिन
  • महतोले भने, एकीकरणको बाधक म हुँदिन
  • अध्यक्षमा फोरम नेपालको दावी कायमै
  • नेतृत्व पाउने ढुक्क भएर तमलोपा गौण 

मधेशवादी तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरणमा हालसम्म धेरै कुरा भएको छ र केही पनि भएको छैनन् नेताहरुले बताउँन थालेका छन् । एकीकरणकै लागि हालसम्म ३० पटक भन्दा बढी बैठक बसिसकेका छन् तर एकआधबाहेक कुनै कुरामा टुगों लागेको छैन । पार्टीका नेताहरुलाई यसबारे जिज्ञासा राख्दा उनीहरुले सबै कुरामा छलफल भएको छ एकीकरणको नजिकमा छौ तर केही कुराको टुगों नलागेको प्रतिकृया दिएका छन् ।