Labels

Sunday, May 18, 2014

मोदी जिताउन कसको हात ? त्यो जान्नका लागि यो पढ्नुस्

भारतको १६ औ लोकसभामा भारतीय जनता पार्टीलाई सबभन्दा ठुलो पार्टी बनाउनमा त्यहाँका युवाहरुको मुख्य भूमिका रहेको खुलासा भएको छ । चुनावी प्रचार प्रसारको रणनीति बनाउनु देखि लिएर मोदीको भाषण समेत लेख्ने काम त्यही युवाहरुले गर्थे । मोदीको क्याम्पको प्रभावकारी बनाउनका लागि यो टीम सेनाकै जस्तो काम गर्थे । विपक्षि दलको गतिवधिमाथि दृष्टि राख्नुको साथै उनीहरुको हरेक दावको निस्तेज पार्ने सुझाव दिने काम त्यही युवाहरुले गरेका थिए । यो समूहमा सहभागि सबै गुजरातका युवाहरु सहभागि थिए ।

तर यहाँ नेपालमा चुनावमा हल्ला गर्न, प्रचार गर्न, पर्चा बाँड्न वा टाँस्न लगाउने बाहेक युवालाई कहिले केहीमा प्रयोग गरेनन् । धेरै केही गर्न लगायो भने आफूसँग राखेर झोला बोकाउने मात्र हो । खास गरि मधेशमा त्यो अवस्था झन भयावह छ । पार्टीका अध्यक्ष वन म्यान आर्मीको जस्तो काम गर्छन् । कसैसँग सल्लाह माग्नु र आइडिया माग्नु भनेको उनीहरुका लागि जीवनमा सबभन्दा तल्ल झर्नु जस्तो हो । युवासँग चुनावमा कहिले कुनै सहयोग लिएनन् बरु आफै दिन रात खट्छन् दौड धुप गर्छन् । चुनावमा मधेशवादी दलले कुनै युवा वा कसैसँग कुनै प्रकारको सल्लाह गरेको इतिहास छैन । मोदीको जीतको पछाडि युवाको हात रहेका खुलासा त्यहाँका सञ्चारमाध्यमले गरेका छन् । मोदीबाट मधेशी नेताहरुले सिक्ने काम गर्नुपर्छ । मोदीको यो युवा टिमले मोदीको चुनावी र्यालीमा उनको भाषणभन्दा १५ मिनट पहिले राहुल र सोनियाको भाषण बारे अपडेट गराउँथे ।
यी युवा समूह बीजेपीको हेडक्वाटर ११ अशोक रोडस्थित इलेक्सन वार रुममा रडारमाथि हुन्थ्यो । यहीबाट मोदीको हरेक क्याम्पको बारे योजना तयार गर्ने काम हुन्थ्यो । रणनीति बनाउने मामिलामा माहिर मानिएका मलिक्युलर बायलाजिस्ट र अहमदाबादमा टोरंट फर्मासुटिकल्सको वाइस प्रजिडेंट (डिस्कवरी रिससर्च) विजय चौथाइवालेको बीजेपी चुनावी अपरेशनका लागि दिल्ली लगेका थिए । युनाईटेड किगंडम वेस्ट अक्वीजिशन ऐंड मर्जर वकील मनोज लाडवा मोदीको रिसर्च अनैलेसिस एण्ड मैसेजिगं टीमलाई लिएर नेतृत्व गरिरहेका थिए । यो टीम उत्तर प्रदेशको लखनउ र बनारसको कन्ट्रोल रुमदेखि काम गरिरहको थियो । मोदीको डिजिटल क्याम्पको दिल्लीमा सिलिकन वैलीबाट आएका अरिविन्द गुप्ता र गान्धीनगरमा हीरने जोशीले ह्याण्डल गरिहेको थिए ।
चैथाइवालेले इकनोमिक्स टाइम्ससँग कुरा गर्दै भनेका थिए कि हामीले मिलेर राजनीतिक, गैर राजनीतिक र रचनात्मक पक्षसँग मिलेर पुरै क्याम्पलाई अन्जामा दिने काम गरे । आरएसएस पृष्ठभूमिका चैथाईवालेलाई मोदीले चारमहिना पहिले आफ्नो क्याम्पमा बसेर सहयोग गर्न आग्रह गरेका थिए । चैथाइवालेले भने, म आरएसएसको भएपनि यो मेरालागि पहिलो निर्वाचन क्याम्प हो ।’ उनलाई संघ र राज्यको नेताको साथै दिल्ली र गाँधीनगरमा समन्वय गर्ने जिम्मेवारी दिएको थियो । ती समूहमध्ये लाडवाको भूमिका सबभन्दा ठुलो देखिएको थियो । लाडवा गुजराती हुन् । तर, उनी अमेरिकामा बस्छन् । यसको परिवार विजेपीसँग जोडिएका छन् । यसले मोदी क्याम्पका लागि इनपुट तयार गर्थे । बीजेपीको चुनावी एजेण्डा पनि तयार गर्नुको साथै उनी क्रिएटिभ समुह पीयुष पाण्डेसँग पनि जोडिएका थिए । उनी प्रत्येक दिन ९.३० बजे बैठक बोलाउँथे । यो एजेण्डामा एजेण्डा तय गर्नुको साथै मैसेज तयार गर्थियो । बैठकमा बीजेपीका सबै प्रवक्तालाई उपस्थिति अनिवार्य थियो । एक घण्टाको बैठकपछि एउटा ब्रिफिगं नोट तयार गरेर पार्टीका विशेष व्यक्तिमाझ बाँड्ने काम भएको थियो ।
यो टीमले संसारका विभिन्न चुनावी क्याम्प बारे अध्ययन गरेको थियो । बाराका ओवामादेखि लिएर भलादमिर पुटिनसम्मको चुनावी क्याम्प र योजनाको बारेमा अध्ययन पनि अध्ययन गरेको थियो । सबभन्दा महत्व कुरा त यी क्याम्पले विपक्षि दलका अर्थात सोनिया गाँधी र राहुल गाँधीको भाषणप्रति निकै ध्यान दिएको थियो । राहुल र सोनियाले दिएको भाषण व्रिफिगं ठिक १५ मिनटपछि मोदीलाई हुन्थ्यो र उनीहरुले बोलेको कुरालाई कसरी खण्डन गर्ने के भनेर तयारी अवस्थामा हुन्थे । यी सबै युवाको कमाल हो । मोदी अर्थात बिजेपीलाई यसरी नम्वर वन पार्टी बनाउन युवा थिकं ट्याकहरुलाई परिचालित गरेका थिए ।

No comments:

Post a Comment