Labels

Tuesday, May 27, 2014

गच्छदारले भने त्यसो हो भने ठिक हुँदैन

अहिले नेपाली राजनीतिकमा मनोनित हुने २६ कोटाको निकै चर्चा छ । त्यो मनोनित नहुँदा कतिपय दलको क्रियाकलाप र कार्यक्रमहरु ठप्प परेका छन् भने कतिपयमा विवाद पनि उत्पन्न भएका छन् । बैशाखका अन्तिम साता मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरु सार्वजानिक गर्न पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । र, सोही पत्रकार सम्मेलनमा पत्रकारले सुन्दैछु तपाईको पार्टी मनोनित हुने २६ मा परेको छैन, तमलोपा र सद्भावना पार्टीले एक एकवटा पाउँदैछन, कतिको सत्यता हो भनि सोधेका थिए ।
त्यसपछि हत नपत गच्छदारले भने, यदि त्यस्तो हो भने ठिक हुँदैन । मेरो पार्टीले के आधारमा पाउँदैन र उनीहरुको पार्टीले के आधारमा पाउँछ । यदि त्यस्तो गर्यो भने हामीलाई त्यो मनोनित स्विकार्य हुँदैन तपाईहरु पत्रिकामा छाप दिए हुन्छ ।’
उनले मधेशवादी पाउनु हुँदैन आफूले भनेको होइन तर मधेशमा आफ्नो सबभन्दा ठुलो दलले नपाउने र सातौ आठौ पोजिसनमा रहेका दलले पाउने यो कस्तो न्याय भएको धारणा राखेका थिए । यदि काँग्रेसले नौजना सभासद्को दावी गरिरेहका छन् भने उनले प्राप्त गरेका सँख्याको डिभाइड गर्दा २१ जनामा एकाजना पाउँछन् भने मधेशवादी दलको सँख्याको हिसाब गर्दा तीनजना पाउँछन्, उनले भने, त्यसैले जसको जस्तो जस्तो पोजिसन त्यस्तो दिनुपर्छ नत्र त्यहाँ विद्रोह हुन्छ जे पनि हुनसक्छ ।’
उनले भने, मधेशमा पहिलो र सविधानसभामा पाँचौ स्थान ल्याउनको मूल्यांकन यही हो भने मलाई केही भन्नु छैन यदि मेरो पार्टीको मूल्यांकनकै आधारमा दिने हो भने एउटा कुनैपनि हालतमा पाउनुपर्छ र यो मेरा दावी पनि हो ।’ मधेशवादी दलमा विग्रह ल्याउनका लागि राज्यको तर्फबाट यस्तो षड्यन्त्र गरेको हुनुपर्छ भन्दै गच्छदारले आफ्नो पार्टी ठुलो हो, राजेन्द्र महताको सानो हो, यदि राजेन्द्र महतो पार्टीले एउटा प्राप्त गर्यो र आफ्नो पार्टीले गरेन भने कार्यकर्तामा नराम्रो म्यासेज जाने भएकाले यसमा कहि कतैबाट बेइमानी नहोला भनि आफूले विश्वास लिएको बताए ।
दुई दिनसम्म चलेको बैठकले मधेशवादी दलसँग एकीकरणका लागि पहल गर्ने निर्णय गर्नुको साथै राष्ट्रसम्मेलन र महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । तर, मिति तय भएको छैन ।

No comments:

Post a Comment