दोस्रो सविधानसभा चुनावमा अपेक्षाकृत राम्रो परिणाम नल्याएपछि मधेशवादी दलको विकल्प मधेशमा विभिन्न कोणबाट खोजी भइरहेको छ । त्यसका लागि विभिन्न अभियानहरु सञ्चालनको साथै मोर्चा बन्ने काम पनि तिब्र रुपमा शुरु भएको छ । पछिल्लोसमय त स्व.गजेन्द्रनारायण सिहले छाडिसकेका सद्भावना परिषद्लाई उनकै कार्यकर्ताले पुनः जिवित गरेका छन् । त्यस्तै जेलमै रहेका बेला मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खोसिएपछि तराई मधेश राष्ट्रिय अभियान गठन गरी जेपी गुप्ताले पनि मधेशमा अभियान सञ्चालन गर्दै आएका छन् ।
त्यसैगरि विभिन्न दलका युवा तथा विद्यार्थीहरुले पनि मधेशमा जागरण अभियान सञ्चालन गरेका छन् । विभिन्न जिल्ला जिल्लाहरुमा उनीहरुले कार्यक्रम समेत सञ्चालन गरिरहेका छन् । पछिल्लो समय डा.रामकेवल साहले पनि प्रयास थालेका छन् । केही दिन पहिले मधेशका बुद्धिजिवि, पत्रकार, नागरिक समाज, राजनीतिक दलका नेता तथा आदिवासी जनजातिहरुलाई बोलाएर मधेशका लागि नयाँ ढंगबाट अगाडि बढ्न सहमति प्राप्त गरेका छन् । मधेशवादी दलले केही गर्न नसकेको निष्कर्ष निकाल्दै मधेशमा राजनीतिक चेतना जगाउनुको साथै आफ्नो अधिकारप्रति सचेत गराउनका लागि कार्यक्रमहरु सञ्चालन गर्ने भनि निर्णय गरेको छ । सी.के राउतले पनि मधेशमा बौद्धिक अभियान सञ्चालन गरिरहेका छन् ।
अरु सानातिना थुप्रै अभियानहरु मधेशमा सञ्चालित छन् । कुनै एनजियो नाममा छन् भने कुनै क्लवको नाममा त कुनै नागरिक समाजको नाममा । यी सबै अभियन्ताहरुको एउटै उद्देश्य हो मधेशको मुक्ति । तर मधेशी जनता यस्ता अभियानप्रति विश्वास गरेका छैनन् । यसअघि पनि मधेशका नाममा विभिन्न अभियानहरु सञ्चालन भए । र, अनन्तः सत्तासँग मिसमास भए । मधेशीलाई भारतीयको संज्ञा दिएर गुरुगं प्रतिवेदन आएपछि काँग्रेस पार्टीमा रहेका स्व.गजेन्द्रनारायण सिहले आन्दोलनका लागि सद्भावना परिषद् गठन गरेका थिए, जसको संयोजक शुरुमा बाबा रामजनम तिवारी भएका थिए । २०४० सालमा गठन भएको सद्भावना परिषद् एक दशक पनि टिक्न सकेन । २०४७ सालमा नेपाल सद्भावना पार्टीको रुप धारण गरी ०४८ सालको चुनावमा हाम फाले । र, त्यसपछि पटक पटक सत्तामा गए त्यो पार्टी । पार्टी सत्तामा हुँदा केही पनि नबोल्ने सत्ताभन्दा बाहिर निस्केपछि ठुला ठुला आन्दोलन गरेको इतिहास साक्षि छ । हुँदा हुँदै सत्ताकै कारण सो पार्टी आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भए र अहिले पनि ती दल चार टुक्रामा विभाजित भएर बसेका छन् ।
त्यस्तै मधेशी जनअधिकार फोरम नेपाल पनि अभियानकै रुपमा गठन भए । मधेशका मानव अधिकार र पहिचानका लागि संघर्ष गर्ने भनेर २०५४ सालमा गठन भए । त्यो संगठनको नामले मधेशमा विभिन्न अभिायनहरु सञ्चालन भए । मधेशमा संगठन निर्माणमा एउटा लहर नै ल्याए । अर्धभूमिगत अवस्थामा रहेर उपेन्द्र यादवले फोरम नेपाललाई सञ्चालित गर्दै रहे । र, त्यसैको फलस्वरुप २०६३÷२०६४ मा मधेश आन्दोलन भयो । मधेश आन्दोलनबाट पाएको उचाईले हौसिएर सो संगठनलाई पार्टीको रुप दिए । पहिलो सविधानसभामा राम्रो सीट ल्याए । त्यहाँसम्म ठिक थियो तर जब सत्तामा दललाई पठाए अनि टुक्रिन क्रम शुरु भयो । सद्भावना पार्टी झै आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भए अहिले त्यो दल पनि चार टुक्रामा यथावत छन् । मधेशको अभियानहरु किन सफल भएन त्यस्को फेहरिस्त लिन धेरै टाढा जानुपर्दैन गणतन्त्र स्थापनापछिको केही महिनापछि फोरम लोकतान्त्रिक पार्टीभित्र विजय कुमार गच्छदार र शरत्सिह भण्डारीबीच मनमुटाव शुरु भएको थियो र सोही मनमुटावको दौरानमा भण्डारी तराई मधेश अभियान सञ्चालन गरे जो निकै चर्चित र फलदाय रह्यो । सो अभियानलाई दिपेन्द्र झादेखि लिएर सीके लालसम्मको सहयोग थियो तर त्यो अभियान पनि धेरै दिनसम्म चल्न सकेन । एउटा पार्टीको रुप लिइयो राष्ट्रिय मधेश समाजवादी पार्टी । सो पार्टी दोस्रो सविधानसभा चुनावमा भाग पनि लिए तर प्रत्यक्षमा सो पार्टीका अध्यक्ष भण्डारी स्वयं पराजित भए यद्यपी तीनजना समानुपातिकमा आउन सफल भए ।
सरिता गिरी अध्यक्ष रहेको नेपाल सद्भावन पार्टी (आनन्दी) मा सँगै काम गरेका विकास तिवारी र गिरीबीच मनमुटाव शुरु भएपछि तिवारीले पनि कसम खाँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मधेश स्वभिमान यात्रा सञ्चालन गरेका थिए त्यो पनि पैदल । तिवारीले अभियान सञ्चालन गर्नेबेला भनेका थिए कि मधेशले मुतिm नपाएसम्म आफ्नो अभियान जारी रहनेछ तर वर्षदिन नपुग्दै उनले पनि नेपाल सद्भावन पार्टी (गजेन्द्रवादी) पार्टी गठन गरेर चुनावमा भाग लिए । यता जेपी गुप्ताको नियतको बारेमा कसेबाट लुकेको छैन । सधै संसदीयवादी राजनीति गरेका जेपी गुप्ता आफू चुनाव लड्न नपाउने भएपछि मधेशमा अभियान सञ्चालन गरे । त्यसमा आत्माराम साह, सुरिता साह, राजिव झालगायतका नेताहरुको पनि सहभागिता थियो तर विस्तारै विस्तारै थुप्रै नेताहरु त्यहाँबाट निस्के । गुप्ताको अभियान जारी छ । जिल्ला जिल्लामा संगठन विस्तार गर्नुको साथै प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । तर उनको नियत स्पष्ट छ । जब गुप्ता चुनावमा उठ्न योग्य ठहरिनेछ अनि त्यो अभियानलाई सिधै पार्टीको रुपमा ल्याएर सत्तामा कुदिनेछ ।
विभिन्न दलका युवा तथा विद्यार्थीले सञ्चालन गरेको अभियानका अभियन्ता बिक्की यादवलाई जेपी गुप्ताको अभियानभन्दा तपाईहरुको अभियानमा के फरक छ, जिज्ञासा राख्दा उनले गुप्ताजी संसदवादी तथा सत्ता प्राप्तिका लागि अभियान सञ्चालन गरेका छन् भने आफूहरु शुद्ध मधेशी अधिकारका लागि अभियान सञ्चालन गरेको र कहिले पनि सत्तामा नजाने उद्देश्य रहेको कारण फरक देखिए प्रतिकृया दिए । तर, यिनीहरुको अभिायनमाथि पनि मधेशी जनताले विश्वास गरिरहेको छैन । उनीहरुले पनि अरु अभियन्ताभन्दा फरक केही गरिरहेका छैनन् । त्यो अभियानमा जे अनुहारहरु देखिएका छन्, युवा भएपनि विगतको सत्ताको खेलमा उनीहरुको भूमिका कही नकही देखिएको हुनाले मधेशी जनता त्यति चाँडै विश्वास गरि हाल्ने अवस्था छैन ।
कुरा रह्यो सीके राउतको । उनी अहिले पनि मधेशी जनताको दृष्टिमा शंकस्पद व्यक्ति हुन् । पछिल्लो समय उनले गरेका कामहरु प्रशंसा गर्ने योग्यका छन् । अभियानकै क्रममा उनले प्रकाशन गरेका पुस्तकहरु, लेखहरु मधेशी बुद्धिजिवि तथा आमजनताका लागि ठुलो खुराक बनेको छ तर उनले मधेशी जनतालाई विश्वास दिलाउन सकेको छैन । त्यही भएर मधेशी जनताले विश्वास गरेको छैन । उनको अभियानको इशारा छुट्टै मधेशको परिकल्पना हो । राष्ट्र टुक्राउने परिकल्पना हो । तर, राज्य यसबाट बेखबर छन् वा नजर अन्दाज गरेका छन् । यो खोजीको विषय हुन सक्छ तर सीके राउतको अभियान संवेदनशिल भएपनि यसले अभियानको रुप लिएको छैन । अलग देशकै माग गर्दै सशस्त्र आन्दोलन शुरु गरेका जयकृष्ण गोइत अहिले एक्लै भएका छन् । उनीसँग यही अभियानमा लागेका कतिपय अभियन्ताहरु पार्टी बनाएर मूलधारको राजनीतिकमा आएका छन् भने कतिपय जेलको हावा खाइरहेका छन् ।
अर्थात आजसम्मको दिनमा मधेशमा थुप्रै अभियानहरु सञ्चालन भए तर पिक प्वाइन्टमा गएर कहि नकही गएर सम्झौता गरेका छन् र त्यही कारणले मधेशको अधिकार प्राप्त भएको छैन । मधेशको आन्दोलन, मधेशको संघर्ष कतै नकतै सम्झौताको गएर टुगिंएको छ । मधेशवादी दलको यस्तै त्रुटीका कारण नेपाली राजनीतिमा मधेश कमजोर भएको छ र त्यसैको बाहानामा विभिन्न अभियानहरु जुर्मुराएका छन् । तर, मधेशी जनता अब अग्नी परिक्षा नलिइकन त्यतिकै स्विकार गर्दैनन् भने कुरा जेपी गुप्ताको अभियानले थाह पाइसकेका छन् । जहाँ जेपी गुप्ताको नामले पाँचसय जनता त्यतिकै जम्मा हुने ठाउँमा कतिपय बेला एक दर्जन जनताको माझमा बोल्नुपर्ने अवस्था उनको आएको छ । यसले के सन्देश दिन्छ भने मधशी जनतालाई अब भ्रममा पार्न त्यति सजिलो छैन ।

No comments:
Post a Comment