Labels

Tuesday, May 27, 2014

सर्वोच्चद्वारा ठाकुरमाथि बज्र प्रहार

सर्लाही क्षेत्र नं. ६ बाट दोस्रो सविधानसभामा पराजित भएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत थुप्रै नेताहरुको सपना चकनाचुर भएको छ । चुनाव हारेर पनि सभासद् बन्ने लाइनमा ठाकुरलगायत सद्भावना पाटीृका अध्यक्ष राजेन्द्र महतो, मधेशी जनअधिकार फोरम नेपालका कोषाध्यक्ष रेणु यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारी पनि २६ मध्येको मनोनितमा पार्न दौडधुपमा लागेका थिए त्यसमध्ये अध्यक्षद्धय ठाकुर र महतोको निश्चित भइसकेको थियो भने अरुले आश्वासन पाएका थिए ।
अरु अरुका लागि पार्टीका नेता तथा आआफ्नै ढंगले लविगं गरिरेहका छन् तर ठाकुरलाई प्रधानमन्त्री सुशिल कोइराला नै बोलाएर २६ मा राख्ने भनिसकेका छन् । तर बैशाख २९ गते आएको सर्वोच्च अदालतले गरेको निर्णयले सबैको सपना तुहिएको छ ।
ठाकुर, महतो, र रामेश्वर सर्लाहीबाट हारेका छन् भने रेणु सप्तरीबाट, भण्डारी महोत्तरीबाट र राजकिशोर सिरहाबाट हारेका छन् । यिनीहरु हारेर पनि सभासद्को आकाक्षि भएपनि पार्टीभित्रै विवाद देखिएको छ । एक त सर्वोच्च अदालतले निर्णय नै सुनाएपछि त्यतिकै सभासद् बन्ने अवस्थामा थिएन त्यसमा पनि उनीहरुकै पार्टीभित्र चर्को विवाद देखिएको छ । एकपटक मनोनित वा समानुपातिकबाट सभासद् बनेका वा मन्त्री भएका नेता तथा कार्यकर्ता पुनः समानुपातिक तथा मनोनितमा सभासद् बन्न नपाउने निर्णय तमलोपाको बैठकले गरेको छ र त्यसकै आधारमा मानेर अध्यक्ष ठाकुर पनि सभासद् बन्न नपाउने भनि पार्टीमा कुरा उठेको छ किनभने यसअघि पनि उनी हारेर २६ को मनोनयनमा परेका थिए ।
त्यस्तै राजेन्द्र महतो र राजकिशोर यादवको पार्टीमा पनि विवाद देखिएको छ । राजेन्द्र महतोले आफ्नै श्रीमती शैल महतोलाई सभासद् बनाएको कारणले राजेन्द्र महतो सभासद् बन्न नहुने पार्टीभित्र चर्चा शुरु भएको छ भने सेम केस राजकिशोर यादवको रहेको छ । राजकिशोर यादवले पनि आफ्नै श्रीमतीले सरिता यादवलाई सभासद् बनाएका छन् । श्रीमान सभासद् भएपछि श्रीमतीले छाड्ने कुरा पार्टीभित्र चलेपछि शैल महतोले आफूले श्रीमानका लागि छाडि दिने मनस्थितिमा पुगेकी स्रोतका दावी छ भने सरिता यादवले आफू कुनै पनि हालतमा सभासद् नछाड्ने पार्टीको अनौपचारिक बैठकमा भनिसकेको स्रोतले जनाएको छ । सरिताले त आफूलाई सभासद्को नासा लागि सकेको छ अब त कुनैपनि हालतमा नछोड्ने अडान दोहोर्याएकी छिन् ।
 फोरम नेपालमा अध्यक्षको लिस्टमा रेणु यादवको नाम रहेपनि एक सम्भावनामा भरतविमल यादवको पनि नाम आइरहेको पार्टी स्रोतले जनाएको छ । भारत विमल यादवले पार्टी तथा अध्यक्षको बारेमा जथाभावी बोलेको कारण उपेन्द्र यादवले भरतविमल यादवलाई मन नपरेको कारण २६ को मनोनयनमा नपर्ने संभावना देखिएको बताउनेहरुको कमी छैन । त्यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पार्टी मिलाउने नाममा शर्त सिह भण्डारीलाई मनोनित सभासद् बनाउने तयारी गरिरहेको बुुझिएको छ भने यता रामेश्वर राय यादवलाई पनि आश्वासन दिइसकेका छन् । यद्यपी यी नेताहरु आफू आफूमा जति तछाड मछाड गरेपनि अदालतको निर्णको आधारमा सभासद् बन्न पाउने अवस्था छैन । त्यसमा पनि मधेशवादी दलले २ भन्दा बढी नपाउने सम्भावना त्यतिकै देखिएको छ ।
के छ सर्वोच्चको निर्णयमा ? 
सभासद् विश्वेन्द्र पासवानले दायर गरेको रीटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय रामकुमारप्रसाद साह र कल्याण श्रेष्ठको इजलासले २६ सभासदको मनोनयनविनै गरिएको संविधानसभाको काम कारवाहीलाई अपूर्ण रहेको ठहर गरेको छ । अदालतको निर्णयमा २६ सभासद् मनोननयन गर्दा राष्ट्रिय जीवनमा योगदान पु¥याएकोहरुको स्पष्ट आधार खुलाइनुपर्ने, पराजीत उम्मेदवारहरुले नपाउने, संविधानसभामा छुटेका आदिवासी समुदायको प्रतिनिधित्व गराइनुपर्ने र २६ सभासद्का लागि संविधानसभामा छुट्टै कार्यकक्ष बनाइनुपर्ने उल्लेख छ ।
मनोननित २६ सभासदहरु दलीय प्रतिनिधिभन्दा फरक र विशिष्ट हुने भन्दै फैसलामा उनीहरुलाई संविधानसभामा आफ्नो विवेक अनुसार काम गर्न दिन र छुट्टै कार्यकक्षको व्यवस्था गर्न भनिएको छ । यसका लागि संविधानसभा कार्यसञ्चालन विधिमा संशोधन गर्न संविधानभा सचिवालयको ध्यानाकर्षण समेत गराइएको छ । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएकाहरु को हुन् भन्ने प्रश्न गर्दै संविधानसभामा प्रतिनिधित्व हुन नसकेका र त्यसमध्ये संविधान निर्मार्णका लागि आवश्यक ठानिएका क्षेत्र र प्रतिनिधिहरु को हुन् भनेर खोज्ने दायित्व पनि मन्त्रिपरिषद्कै भएको अदालतको लामो आदेशमा उल्लेख छ ।
अदालतले राष्ट्रिय जीवनको योगदानका विाष्यमा पनि परिभाषित गरेको छ । हरेक राष्ट्रको आफ्नै इतिहास, परम्परा र संस्कृति हुन्छ । राष्ट्रको भूगोल र श्रोतसाधनको योगदान हुन्छ । त्यसैले इतिहास, संस्कृति, कला, साहित्य, कानून, उद्योग, वाणिज्य, अर्थशास्त्र, सूचना एवं सञ्चार, नागरिक समाज, शिक्षा, समाजसेवा, प्रशासन, मनोरञ्जन, खेलकुद, पर्वतारोहण र यस्तै अन्य कतिपय महत्वपूणर््ँ क्षेत्रहरुराष्ट्रिय जीवनका अभिन्न अंग हुन् ।’

No comments:

Post a Comment