Labels

Sunday, May 18, 2014

बलराम नायकको संयोजकत्वमा सद्भावना परिषद् पुनःगठित

काठमाडौ जेठ ४ – २४ वर्ष पहिला विघटन भएको सद्भावना परिषद् पुनः गठन भएको छ । मधेशको अधिकारका लागि आवाज उठाउन गठन भएको सद्भावना परिषद्लाई बलराम नायकको संयोजकत्वमा पुनःगठन गरेको छ । बसाईसराईसम्बन्धि आएको गुरुङ प्रतिवेदनको विरुद्धमा २०४० सालमा बाबा राम जनम तिवारीको अध्यक्षतमा सद्भावना परिषद् गठन गरिएको थियो पछि त्यसको संयोजक स्व.गजेन्द्रनारायण सिह भएका थिए ।

सद्भावना परिषद्कै नामबाट सातवर्षसम्म अधिकारका लागि मधेशमा विभिन्न गतिविधिहरु भए । त्यसपछि २०४७ सालमा सद्भावना पार्टीलाई विघटन गरी नेपाल सद्भावना पार्टी गठन गरी २०४८ सालको आम चुनावमा भाग लिएका थिए । मधेशमा यतिका संगठनहरु छन् तैपनि नयाँ सद्भावना परिषद् किन गठन गर्नुपर्यो जिज्ञासामा जीपी सिहले यी मधेशवादी दलका नेताहरुबाट कल्याण हुने नदेखेपछि पुनःगठन गर्नुपरेको बताए । सिह सद्भावना परिषद्का संस्थापक सदस्य हुन् र अहिले पुनःगठित सद्भावना परिषद्का सह सयोजक बनेका छन् ।
पुनःगठन भएको सद्भावना परिषद्मा अधिकाँश पुरानै कार्यकर्ता रहेका छन् । पहिलादेखि सद्भावना परिषद्मा काम गरेर अलग भएकाहरु पुनः मधेशको अधिकारका लागि जुर्मुराएको छ, सिहले आइतवार कुरा गर्दै भने, पुनःगठन गरिएको सद्भावना परिषद्मा ५० वर्ष कटिसकेका अनुभवि नेताहरु छन् । नयाँलाई पनि जोड्ने प्रयास भइरहेको छ ।’ रातोपाटीका अनुसार बलराम नायकको संयोजकत्वमा पुनःगठन भएका परिषद्मा जीपी सिह, अनिस अन्सारी, हकलाल राजवंशी, वीरेन्द्र चौधरी, केदार यादव, बलराम नायक, कमल यादव, राम गोपाल वैश्य, डा.शिवशंकर यादव, रवीन्द्र सिंह लगायतका छन् ।
यो परिषद् पुनः पार्टीको रुपमा आउँछ कि आउँदैन, जिज्ञासामा परिषद्का सचिव अनिस अन्सारीले अहिले भन्न सकिन्न त्यसको बारेमा चर्चा नै नभएको प्रतिकृया दिए । राजेन्द्र महतो अध्यक्ष रहेका सद्भावना पार्टीका नेता समेत रहेका अन्सारीले त्यस्तै अवस्था आयो भने आफ्नो पार्टी छाडेर पनि सद्भावना परिषद्मा लाग्ने बताए । यो परिषद्ले मधेशमा अधिकारका लागि चेतना बढाउनुदेखि लिएर त्यसका लागि संघर्षसमेत गरिने अन्सारीले बताए । मधेशका तीन चार जिल्लामा कार्यक्रम समेत सञ्चालित गरिसकेको तथा जिल्ला समितिहरु पनि गठन भइरहेको अन्सारीले बताए ।
सद्भावना परिषद्बाट गठन भएको नेपाल सद्भावना पार्टी अहिले पनि विभिन्न टुक्रामा अस्तित्वमा रहेका छन् । राजेन्द्र महतोको सद्भावना पार्टी, सरिता गिरीको नेपाल सद्भावना पार्टी, अनिल झाको संघीय सद्भावना पार्टी, श्यामसुन्दर गुप्ताको नेपाल सद्भावना पार्टी (आनन्दी देवी), विकास तिवारीको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) रहेका छन् । यतिका हुँदा हुँदै पुनः सद्भावना परिषद् गठन हुनुले मधेशी राजनीतिकमा के असर गर्छन् हेर्न बाँकी नै छ ।
 
- See more at: http://www.ratopati.com/2014/05/18/130365.html#sthash.vnA4ysK9.dpuf

No comments:

Post a Comment