Labels

Tuesday, March 8, 2016

एक अर्ब लगानीको गाई फर्म

सुरेशकुमार यादव
रुपन्देही फागुन १४ गते । रुपन्देहीका शशी पौडेललाई पैसा कमाउने स्रोतको कमी छैन । उहाँसँग आफ्नै बैंक, अस्पताल, क्याम्पस, सञ्चारगृहरु छन् । त्यसबाट महिनाको लाखौ आम्दानी पनि भइरहेको छ तर यति हुँदा हुँदै पनि उहाँ गाई पालनमा करौडौ लगानी होइन एक अर्बभन्दा बढी लगानी लगाउनु भएको छ ।

माघ २३ गते काठमाडौबाट गाई फर्ममा पुगेका पत्रकारहरुले यो जिज्ञासा राख्दा उहाँले बडो सालिन ढंगले भन्नुभयो, अरु विजनेश भन्दा गाई पालनमा छुट्टै आनन्द छ । मैले पैसा कमाउनका लागि यो गाई पालन गरेको होइन, आनन्दका लागि लगानी गरेको हुँ ।’ पर्वतको कुर्घामा जन्मिएर बुटवल–१८ तिलोत्त फर्म खोलेर बस्नु भएका पौडेलले भन्नुभयो, पैसाले दुख मात्र दिन्छन्, गाईले आनन्द दिन्छन् ।’

५० रोपनीमा फैलिएको भैसी फर्म


सुरेशकुमार यादव
कास्की फागुन ३ गते । २०५८ सालतिर इमान गुरुगंका बुवाले दुध खानका लागि पालेका दुईटा भैसीबाट हाल दुई सय ७२ भैंसी पुगेको छ । बुवाले दुध खान पालेको दुईटा भैसीबाट फाइदा देखेपछि छोरा इमान गुरुगंले भारतबाट १० वटा भैसी थपेका थिए हाल पोखराको ताहाचोकमा इमान भैंसी फार्म नै सञ्चालन गरी देशको ठूलो भैसी फार्मको रुपमा दर्ज भएको छ ।
राष्ट्रपति पुरस्कारबाट पुरस्कृत सो फार्ममा हाल दुई सय ७२ भैसी रहेका छन् जसमा एक सय १० दुहुना भैसी रहेका छन् भने ७० ब्याउने अवस्थामा रहेको छ । सो भैसी फर्मबाट दैनिक छ सय ५० लिटर दुध उत्पादन भइरहेको छ । फर्ममा प्राविधिकको रुपमा कार्यरत पुष्पराज अधिकारीका अनुसार फर्म सञ्चालनका लागि हालसम्म दुई करोडभन्दा बढी लगानी भइसकेको छ । सञ्चालक इमान सिह गुरुङले मेगा बैंकबाट ऋण लिएपनि हालसम्म तिर्न सकेका छैन । हालसम्म सरकारबाट चार लाख अनुदान मात्र पाएको अधिकारीको दावी छ ।
भैसी फर्म तीन सय ५० रोपनीमा फैलिएको छ । त्यसमध्ये एकसय रोपनी आफ्नै भएपनि दुईसय ५० रोपनी लिजमा लिएका छन् । अधिकारीका अनुसार उत्पादन भएको दुधलाई बजारको अभाव नभएको बताउँदै माग अनुसारको दुध पुर्याउन नसकेको बताउनु भयो । उत्पादन भएको दूध प्रतिलिटर १ सय १० रुपैयाँसम्ममा बिक्री हुने गरेको समेत उहाँले बताउनु भयो ।
उत्पादन भएको दुख फर्मले आफ्नै गाडीमा हालेर पोखरासम्म पुर्याउने गरेको छ । फर्मभित्रै दुधका लागि चिस्यान केन्द्र पनि बनाएको छ । भैसीका लागि आवश्यक पराल तराईदेखि र स्थानीय तहमा नै किन्ने गर्छन् । घाँसकै लागि भने सयौं रौपनी जमिन प्रति रोपनी ५ हजार देखि २५ हजार रुपैयाँमा भाडामा लिएका छन् । फर्ममा सहयोग गर्ने २२ जना भन्दा बढीलाई फर्मले रोजगारी पनि दिएको छ ।

बाछी मात्र जन्माउने सरकारको यो उपाय


सुरेशकुमार यादव
काठमाडौ फागुन १२ गते । दुध उत्पादनमा कमी तथा गोरू र साँढेको उपयोगिता कम हुन थालेपछि सरकारले बाछी मात्र जन्मिने वीर्य (सेक्स सिमेन) वितरणको तयारीमा जुटेका छन् ।
दूध उत्पादनका लागि बाछाभन्दा बाछी उपयोगी रहेकाले पशुपक्षी मन्त्रालयअन्तर्गतको राष्ट्रिय दूग्ध विकास बोर्डले बाछी मात्र जन्माउन सेक्स सिमेन वितरण गर्न लागेको हो । बोर्डले टेण्डर गरि डेनमार्कसँग सम्झौता पनि गरिसकेको छ । बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार सो सेक्स सिमेन चैत्रको १२ गतेभित्र नेपाल आइपुग्ने छ र बैशाखदेखि त्यसलाई वितरण गरिने छ ।