Labels

Tuesday, March 8, 2016

एक अर्ब लगानीको गाई फर्म

सुरेशकुमार यादव
रुपन्देही फागुन १४ गते । रुपन्देहीका शशी पौडेललाई पैसा कमाउने स्रोतको कमी छैन । उहाँसँग आफ्नै बैंक, अस्पताल, क्याम्पस, सञ्चारगृहरु छन् । त्यसबाट महिनाको लाखौ आम्दानी पनि भइरहेको छ तर यति हुँदा हुँदै पनि उहाँ गाई पालनमा करौडौ लगानी होइन एक अर्बभन्दा बढी लगानी लगाउनु भएको छ ।

माघ २३ गते काठमाडौबाट गाई फर्ममा पुगेका पत्रकारहरुले यो जिज्ञासा राख्दा उहाँले बडो सालिन ढंगले भन्नुभयो, अरु विजनेश भन्दा गाई पालनमा छुट्टै आनन्द छ । मैले पैसा कमाउनका लागि यो गाई पालन गरेको होइन, आनन्दका लागि लगानी गरेको हुँ ।’ पर्वतको कुर्घामा जन्मिएर बुटवल–१८ तिलोत्त फर्म खोलेर बस्नु भएका पौडेलले भन्नुभयो, पैसाले दुख मात्र दिन्छन्, गाईले आनन्द दिन्छन् ।’

उहाँले भन्नुभयो, साधु सन्तहरुसँग पनि मेरो संगत छ, तर उहाँहरुलाई पनि सन्तुष्टि छैन । हाम्रो आध्यात्मसँग जोडिएको कारण गाईलाई रोजेको हुँ ।’ मर्ने बेलामा एउटा गाईको पुच्छर समातेर मर्दा पनि बैतरणी तरीन्छ भने धार्मिक मान्यता रहेको कुरा आफू राम्री बुझेको कारण चारपाँच सय गाई पालेपछि त पक्कै स्वर्ग गईन्छ भन्दै पौडेल मुस्कुराउनु भयो । मान्छेलाई दुध पनि खुवाएको छु, गाईको दुधलाई अमृत सरह मान्छन् त्यसैले यसमा आफूले बेग्लै आनन्द लागेको बताउनु भयो ।
जीवनको चालिस दशक काटि सक्नु भएका शशी पौडेलले कलेज, बैंक, अस्पतालबाट थुप्रै पैसा कमाएका होला । र, यो कुरा उहाँले पनि स्वीकार गर्नुहुन्छ । यद्यपी ती पैसाले सन्तुष्टि नदिएपछि गाई पालन तर्फ फर्केको उहाँ बताउनु हुन्छ । ‘मेरा बैंक, हस्पीटल, कोलेज, पत्रिका, एफएम रेडियाहरु छन्, ति सबैमा एकपटक नेतृत्व गरेर पनि हेरेँ । त्यसले पैसा त देला तर पैसाको साथ साथै असन्तुष्टि पनि दिने गरेकाले, मैले आनन्द खोज्दा खोज्दै गाई पालेँ उहाँ भन्नुहुन्छ ।’  उहाँ व्यवसायी मात्र होइन, स्थायी शिक्षकमा काम पनि गरिसक्नु भएको छ । तर, उहाँलाई त्यहाँ पनि आनन्द लागेन । र, २०५० सालतिर शिक्षकको जागिर छाड्नु भयो ।
त्यतिमात्र होइन शशी पौडेल अमेरिका पनि पुग्नु भएको थियो । अमेरिकाको ट्वीन टावर (सेप्टेम्बर ११) मा आक्रमण भएका एक (सेप्टेम्बर १९) हप्तापछि अमेरिका पुग्नु भएका शशि पौडेललाई नेपालको निकै सम्झाना आएको थियो । एक त ट्वीनटावरमा भएको आक्रमणले अमेरिका निकै दुखि थियो र त्यसले गर्दा नेपालको यादले सताइ रह्यो । अन्ततः एक सता नबित्दै उहाँ अमेरिका छाडेर नेपाल फर्किनु भयो । नेपाल फर्केपछि उहाँले २०६६ सालमा गाई पालन शुरु गनुभएको थियो ।
उहाँ भन्नुहुन्छ, घरमा दुध खानका लागि गाई पालेकै थियो, त्यसमा थपथाप गर्दै यहाँसम्म पुर्याएको छु । लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टर नै खोलेर शुरुमा उहाँले २५ करोड लगानी लगाउनु भएको थियो । आज त्यसमा लगानी मात्रै एक अर्वभन्द बढी भइसकेको छ । र आज मुलुककै ठूलो गाई फार्मका मालिक मात्र होइन अगुवा कृषकको रुपमा चिनिनु भएको छ । अगुवा कृषकको रुपमा उहाँले राष्ट्रपतिको पुरस्कार पनि पाउनु भएको छ ।
आफ्नै २५ विगाह जग्गामध्ये एक छेउमा गाई फारम र कामदारलाई बस्ने ठाउँ छ । बाँकी सबैमा घाँसखेती गर्नुहुन्छ । हाल उहाँको फर्ममा चार सयभन्दा बढी गाई छन् । तीन सय माउ गाईमध्ये दुहुना मात्रै सवा सयवटा । अरू ७० बाच्छी हुर्कंदै छन् ।
चार सय गाई रहेको सो फार्ममा गाईलाई मान्छेले दुहेर हुँदैन, त्यसका लागि उहाँले दुध दुहुनका लागि मेसिन जडान गर्नु भएको छ । तर अच्चमको कुरा दुध दुहुनका लागि गाईलाई मेसिन नजिक लैजानु पर्दैन । समय भएपछि गाई आफै त्यहाँ पुग्छन् । पौडेलका अनुसार बिहान ४ बजे र दिउँसो ठीक २ बजे दुध दिन गाईहरु आफै लाइन लाग्छन् । त्यसका लागि दुईजना मान्छे खटिएका हुन्छन् । १२ वटा गाई एक लटमा दुहुन सक्ने मेसिन रहेको छ । कुनै पनि गाईलाई दाम्लो लगाएको छैन ।
आम्दानी
एउटा गाईको मूल्य डेढ लाखदेखि माथी पर्ने भएकोले वर्षमा तीन चार करोड उन्नत गाई विक्रीबाट मात्रै कमाई हुने गरेको उहाँ बताउनु हुन्छ । समग्रमा महिनाको १८ लाखदेखि २० लाख आम्दानी हुने गरेको छ भने हाराहारी १५ लाख खर्च पनि हुने गरेको पौडलेले बताउनु हुन्छ । दुधबाट मात्र मासिक चार लाख रुपियाँका दरले वार्षिक ४८ लाख रुपैयाँ नाफा कमाउने गरेको उहाँले हिसाब सुनाउनु भयो
पाँच विकास क्षेत्रमा एक एकवटा गाईफर्म खोल्ने योजना उहाँको रहेको छ । यद्यपी राज्यको नीतिका कारण योजना सफल होला वा नहोला त्यसै भन्न नसकिने पनि उहाँ बताउँनुहुन्छ ।

No comments:

Post a Comment