Labels

Wednesday, August 28, 2013

मधेशको काम अब प्रचण्डले गर्ने !


सुरेशकुमार यादव
काठमाडौ भदौ १० गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले मधेशी जनताका लागि मधेशवादी दलले गर्न नसकेको कार्य आफ्नो पार्टर्ीी गर्ने दावी गर्नुभएको छ । मधेशी जनताको आकर्षा एमाओवादी पार्टर्ीीएको दावी गर्दै उहाँले मधेशवादी दलहरु क्षेत्रीय पार्टर्ीीएका कारण ती दलले मधेशको अधिकार दिलाउन नसकेको बताउनुभयो ।
पेरिसडाँडास्थित पार्टर्ीीेन्द्रीय कार्यालयमा सोमवार भएको पार्टर्ीी्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो-'क्षेत्रीय पार्टर्ीीले मधेशको अधिकार सम्पन्न गराउन सक्दैनन्, त्यसका लागि राष्ट्रिय पार्टर्ीीै चाहिन्छ, त्यसैले मैले मधेशबाट चुनाव लड्न थालेको हो । एमाओवादीले मधेशी जनताको शक्ति प्राप्त गरेपछि मधेशको अधिकार दिलाउँछ ।'
उहाँले विगत २० वर्षेखि आफ्नो पार्टर्ीीई कमजोर बनाउने कार्यलाई हालसम्म पनि विभिन्न शक्ति केन्द्रहरुले त्यसलाई निरन्तरता दिदै आएको बताउँदै जनताको विश्वासको कारण बद्नाम गराउने शक्तिहरु असफल हुँदै गएको धारणा राख्नु भयो । पहाडमा आफ्नो पार्टर्ीीे अवस्था झन राम्रो हुँदँ गएको दावी गर्दै उहाँले मधेशी जनताको मतबाट अगामी चुनावमा दर्ुइ तिहाई बहुमत ल्याएर सविधान निर्माण गर्ने दावी गर्नुभयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रामआधार कापडीलगायत महोत्तरीका दर्जनौ कार्यकर्ता तथा नेताहरु पार्टर्ीी्रवेश गरेका छन् ।

आजदेखि केन्द्रीय समितिको बैठक
अगामि सविधानसभा चुनावका लागि उम्मेदवारी चयन, घोषणपत्र तथा रणनीति तयार गर्नका लागि एमाओवादीको केन्द्रीय समितिको बैठक मंगलवारदेखि पेरिसडाँडामा बस्ने भएको छ । एक महिने चुनावी अभियान सम्पन्न गरेर राजधानी फर्केका नेताहरुको रिर्पोटिगं सुन्नका लागि केन्द्रीय समितिको बैठक पहिला नै तय गरेको थियो । पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाका अनुसार अभियानको क्रममा जनताले दिएको सुझावलाई पार्टर्ीी नेताहरुले बैठकमा प्रस्तुत गर्नुहुनेछ र सोही अनुसार अगामी चुनावी रणनीति बनाउने छ ।
जिल्लाहरुबाट सविधानसभा चुनावका लागि सम्भावित उम्मेदवारहरुको सिफारिश भएको नाम केन्द्रीय कार्यालयमा आइसकेका छन् । प्रवक्ता सापकोटाका अनुसार केन्द्रीय समितिको बैठकमा जिल्लाबाट आएका सिफारिशका आधारमा मुख्य नेताहरुको उम्मेदवारी सुनिश्चित गर्ने बताउनुभयो ।
सोमवार नै पर्ूव पदाधिकारी, स्थायी समितिका सदस्यलगायतको अनौपचारिक बैठकले पनि केन्द्रीय समितिको बैठकबाट उम्मेदवारको टुगों लगाइने सहमति गरेको छ । एक महिने अभियान सफल भएको ठहर गर्दै बैठकबाट अर्को चरणको अभियान घोषणा गर्ने समेत सहमति भएको प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँले अब चुनावी क्षेत्रहरुमा मात्र अभियान सञ्चालन गरिने छ, सुदृढीकरण तथा जनपरिचालन नामको सो अभियानमा जुन चुनावी क्षेत्रका नेता जो हुन्छन् उसैलाई सो क्षेत्रमा खटाएर अभियानलाई सफल पार्ने जानकारी गराउनुभयो ।
यसैबीच योङ् कम्यूनिष्ट लिगं -वाइसीएल) को भदौ १५ देखि १८ गतेसम्म राजधानीमा हुने राष्ट्रिय अभिवेशनको तयारी स्वरुप सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको शान्तिवाटीका, पेरिसडाँडा र ललितपुरको मंगलवजार गरी तीन ठाउँमा भएको रक्तदान कार्यक्रममा तीनसयभन्दा बढी व्यक्तिले रक्तदान गरेको वाइसीएलले जनाएको छ ।

No comments:

Post a Comment