Labels

Thursday, August 29, 2013

सरिताले अब छोड्ने


सुरेशकुमार यादव
काठमाडौ भदौ १२ गते । नेपाल सद्भावना पार्टर्ीीआनन्दी देवी) का अध्यक्ष सरिता गिरीलाई सरकारले वार्ताका लागि पत्र पठाएपछि उहाँ वार्ताको तयारीमा जुट्नु भएको छ ।
विभिन्न माग राखी विगत १६ दिनदेखि आमरण अनशनमा बस्नु भएका गिरीलाई वार्ताका लागि मंगलवार पत्र पठाएको थियो । पत्र प्राप्तपछि अध्यक्ष गिरीले पत्रकारसँग कुरा गर्दै भन्नुभयो-'वार्ता र अनसन दुवै सँगसँगै लान्छु, सहमति भए मात्र अनसन तोड्ने छौ ।'
उहाँले वार्ताका लागि पार्टर्ीी उपाध्यक्ष रामवरण यादवको नेतृत्वमा वार्ताटाली गठन गरी वार्ताका लागि सरकारलाई जानकारी गराउने बताउनुभयो । सम्भवतः भोलीसम्म वार्ता समिति गठन गरी सरकारलाई जानकारी गर्राईने छ, उहाँले भन्नुभयो ।
 अनशनको १५ औं दिनमा सरकारले वार्ताका लागि पत्र पठाएपछि अध्यक्ष गिरीले त्यसलार्य स्वागत गर्नुभएको छ । सरकारले मङ्गलबार आमरण अनशन तोडेर वार्ताका लागि आमन्त्रण गरेको छ, ढिलै भए पनि सरकारले वार्तामा आमन्त्रण गर्नु सकारात्मक भएको अध्यक्ष गिरीले बताउनुभयो ।
  अनसनस्थगित गरी वार्तामा आउन पत्र पठाएपनि माग पुरा नहुन्जेलसम्म अनसन जारी राख्ने भन्नु हुँद अनसनमा बस्नु भएको अध्यक्ष गिरीले स्वास्थ्य अवस्था सामान्य भएको रहेको छ । उहाँ आफ्नो स्वास्थ्य नियमित परिक्षण गर्राई रहनु भएको छ ।
संघीय लोकतान्त्रिक मोर्चासँग भएको छबुँदे सहमति खारेज गर्नर्ुपर्ने, संविधानसभामा महिलाको ३३ प्रतिनिधित्व सुनिश्चित गर्नर्ुपर्ने, नागरिकताविहीन मधेसीलाई नागरिकता उपलब्ध गराउनर्ुपर्ने, जनसँख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर्नुपर्ने लगायतका ३० सूत्रीय मागसहित आन्दोलनमा उत्रिनु भएको छ ।

No comments:

Post a Comment