Labels

Sunday, August 11, 2013

फोरम गणतान्त्रिकका अकवाल तमलोपामा

सुरेशकुमार यादव
काठमाडौ साउन २७ गते । मधेशी जनअधिकार फोरम गणतान्त्रिकबाट अलग हुनु भएका मोहम्मद अकवाल शाह आइतवार तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी प्रवेश गर्नुंभएको छ ।
    शनिवार फोरम गणतान्त्रिकबाट नेता शाहसँगै सहअध्यक्ष बीपी यादव र उपाध्यक्ष सीताराम अग्रवाल पनि राजिनामा दिनुभएको थियो । तमलोपामा शाहसँगै यादव र अग्रवाल पनि प्रवेश गर्ने कार्यक्रम थियो तर उपत्याका बाहिर भएका हुनाले प्रवेश नगरेको सो पार्टर्ीी प्रवक्ता र्सर्वेन्द्रनाथ शुक्लाले बताउनुभयो ।
फोरम गणतान्त्रिकबाट राजिनामा दिनुभन्दा पहिलादेखि नै आफ्नो पार्टर्ीी प्रवेश गर्ने तय भएको बताउँदै शुक्लाले कार्यव्यस्तताले प्रवेश नगरेको बताउनुभयो ।
नेता शाहले २१ वर्षपहिले मालेबाट राजनीति शुरु गर्नु भएकेा थियो । त्यसपछि एमाले हुँदै राष्ट्रिय प्रजातन्त्रमा प्रवेश गरी केन्द्रिय सदस्य बन्नु भएको थियो । राप्रपामा हुँदै मधेश आन्दोलनसँगै मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नु भएको थियो । मन्त्रीपरिषद्को मनोनयबाट सभासद् बन्नु भएका नेता शाह सविधानसभा रहेकै बेला फोरम गणतान्त्रिकमा जानु भएकेा थियो ।
फोरम गणतान्त्रिकबाट कृषि मन्त्री समेत बन्नु भएका शाह पार्टर्ीीे वीरगंज महाधिवेशनबाट पार्टर्ीीे महासचिव बन्नु भएको थियो । महाधिवेशन भएकेा एकवर्षनपुग्दै उहाँ तमलोपामा प्रवेश गर्नुभयो । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पार्टर्ीीत्र परिवारवाद र गुटबन्दी गरेको आरोप लगाउँदै राजिनामा दिनुभयो ।
नेता शाहलाई सदस्यता दिँदै पार्टर्ीी स्वागत गरेपछि तमलोपाका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन क्षेत्र निर्धारण आयोगले मधेशी जनतासँग  विभेद गरेको अरोप लगाउनु भयो । सविधानमा समानजनसँख्याको आधारमा क्षेत्र निर्धारण गर्ने व्यवस्था हुँदा हुँदै क्षेत्र निर्धारण नगरेका उहाँले अरोप लगाउनुभयो ।
आफूहरुले बारम्बार नागरिकताका साथै अन्य प्रमाणको आधारमा मतदाता परिचयपत्र दिनुपर्ने माग्दै आएको तैपनि कुनै सुनुवाई नगरी नाम दर्ता जारी रहेकै अवस्थामा संकलन कार्य छाडेको अध्यक्ष ठाकुरको अरोप छ ।

No comments:

Post a Comment