Labels

Sunday, August 25, 2013

मधेशमा प्रचण्डलाई ताना तान, धनुषाबाट पक्का


सुरेशकुमार यादव
काठमाडौ भदौ ९ गते । एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले मधेशबाट चुनाव लड्ने घोषणा गरे लगतै मधेशका विभिन्न जिल्लाबाट उम्मेदवारीका लागि उहाँको नाम सिफारिश भएको छ ।
    मंसिर ४ गते चुनावमा लागि जिल्लाहरुबाट उम्मेदवारको नाम सिफारिश भइरहको अवस्थामा मधेशको चार जिल्लाबाट उहाँको नाम सिफारिश भएको छ । राष्ट्रिय मधेशी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माका अनुसार सिरहा, धनुषा, महोत्तरी र नवलपरासीबाट उहाँको नाम सिफारिश भएको छ ।
    यी चार जिल्लाबाट नाम सिफारिश भएपनि अध्यक्ष प्रचण्ड धनुषाबाट चुनाव लड्ने निश्चित भएको पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो । मधेशका अन्य जिल्लाबाट पनि नाम सिफारिश भएको छ तर उम्मेदवारी दिने घोषणा पहिला नै भएको कारण उहाँले मिथिलाको धुनषा जिल्लाबाट उम्मेदवारी पक्का भएको तर कुन क्षेत्रबाट लड्ने टुगों नलागेको बताउनुभयो । पार्टर्ीी प्रमुख दर्ुइ नेता मधेशको पर्ूवबाट अध्यक्ष प्रचण्ड र पश्चिमबाट डा.बाबुराम भट्टर्राई चुनाव लड्ने भएको छ ।
    सिरहाको पाँच नम्बर क्षेत्रबाट पनि उहाँको नाम सिफारिश भएको छ । अघिल्लो सविधानसभाको चुनावमा एमाओवादीका तत्कालिन नेता महेन्द्र पासवानले जित्नु भएको थियो । पासवान हाल मोहन वैद्य अध्यक्ष रहनु भएको नेकपा-माओवादीमा हुनुहुन्छ । त्यस्तै धनुषाको क्षेत्र नं. १ र ४ बाट पनि नाम सिफारिश भएको छ । यसअघिको चुनावमा एक नम्बर क्षेत्रबाट तत्कालिन एमाले नेता रामचन्द्र झा जित्नु भएको थियो । हाल उहाँ एमाओवादीमा हुनुहुन्छ । त्यस्तै सोही जिल्लाका ४ नं. क्षेत्रबाट एमाओवादीका सल्लाहकार रामकुमारी यादव चुनाव जित्नु भएको थियो । सविधानसभा रहकै बेला खाना पकाउो ग्याँस सिलिण्डर विष्फोटमा उहाँको मृत्यू भएको थियो ।
    महोत्तरीको क्षेत्र नं. ६ बाट पनि उहाँको सिफारिश भएको छ । अघिल्लो सविधानसभाको चुनावमा तत्कालिन तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी नेता रामकुमार शर्मा जित्नु भएको थियो भने हाल उहाँ एमाओवादीमा हुनुहुन्छ । त्यस्तै नवलपरासी क्षेत्र नं. ४ बाट अध्यक्ष प्रचण्डका साथै डा.बाबुराम भट्र्राईको पनि सिफारिश भएको छ । यता बुटवलबाट पनि डा.भट्र्राईको सिफारिश आएको पार्टर्ीी्रोतले जनाएको छ ।
    आइतवार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएको पर्ूव पदाधिकारी, स्थायी समिति तथा व्यूरो इन्चार, विभागीय प्रमुखहरुको छलफलमा पनि अध्यक्ष प्रचण्डलाई मिथिल्ला क्षेत्र मानिएको धनुषा जिल्लाबाट नै अध्यक्ष प्रचण्डलाई उठाउने अनौपचारिक छलफल भएको प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँले जिल्लाहरुबाट उम्मेदवारहरुको सिफारिश आउने क्रम जारी रहेको बताउँदै भदौ ११ गते बस्ने बैठकले आएका सिफासिशको बारेमा छलफल हुने बताउनुभयो । उहाँले एक महिने अभियान सफल भएको र अभियानकर्ताहरुको 'ब्रिफिगं' अनुसार आफ्नो पार्टर्ीी अगाडि सविधानसभाको चुनावमा दर्ुइ तिहाई बहुमत ल्याउने निष्कर्षनिकालिएको बताउनुभयो ।
    २ सय ४० निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रमा अगुवा कार्यकर्तासँग भएको छलफल र पर्रमर्शको आधारमा सभ्भावित उमेद्वारको सूचि तयार पार्ने काम जारी रहेको र केहीले सिफारिश पर्ठाई पनि सकेको छ । प्रत्येक क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फपाँच/पाँच जना सम्भावित उमेद्वारको सूचि तयार पारिएको छ । फिल्ड -कार्यक्षेत्र) मा खटिएका प्रतिनिधिले रिपर्ेार्ट भने अहिलेसम्म बुझाई सकेका छैनन् । उहाँले मंगलबारसम्म सबैबाट सूची आईपुग्ने आशा व्यक्त गर्नुभयो ।
    अभियानको क्रममा जनताले एमाओवादीसँग गुनासो पनि गरे, असन्तुष्टि पनि पोखे तर वर्तमान अवस्थामा यो देशमा एमाओवादीको विकल्प पनि नरहेको धारणा जनताहरुबाट आएको प्रवक्ता सापकोटाले बताउनुभयो । अभियान बहुअयामिक र फलदाय भएको कारण आफ्नो पार्टर्ीीर्ूण्ा तयारीका साथ मंसिर ४ गतेको चुनावमा जाने छलफलको निष्कर्षरहेको उहाँले बताउनुभयो । बैठकमा शर्ीष्ास्थ नेताहरुमध्ये १३ जनाले आआफ्नो धारणा राख्नु भएको थियो । अन्य बाँकी नेताहरु ११ गते बस्ने बैठकमा आफ्नो धारणा राख्ने र सोही बैठकबाट चुनावी रणनीति बनाउने बताइएको छ ।
    देशैभरिबाट सबभन्दाबढी जिल्लाबाट अध्यक्ष प्रचण्डको सिफारिश आएको छ । नेता शर्माका अनुसार ३० भन्दा बढी जिल्लाबाट अध्यक्ष प्रचण्डको नाम सिफारिश भएको छ भने अन्य नेताहरुको पनि विभिन्न जिल्लाबाट सिफारिश हुने क्रम जारी छ । स्रोतका अनुसार डा.बाबुराम भट्टर्राईका नवलपरासीलगायत गोरखा जिल्लाको एक नं. क्षेत्रबाट पनि सिफारिश भएको छ । अर्का नेता नारायणकाजी श्रेष्ठको ललिपुरको क्षेत्र नं. ३ र गोरखाको क्षेत्र नं. १ बाट सिफाशि भएको छ ।
नवलपरासी जिल्ला क्षेत्र नं. १ बाट धनप्रसाद सापकोटा, बालकृष्ण रानाभाट, दिनानाथ शर्मा र देवेन्द्र पौडेलको नाम पनि सिफारिस  गरिएको छ । क्षेत्र नं. २ मा डासीराम बस्याल, मोति रिजाल, टंकमणि शर्मा, चेनाथ शर्मा, कसन शर्मा, सृजना गैरे रहेका छन् । क्षेत्र नं. ३ बाट पर्ूव सभासद सीता पौडेल, टिकाराम र्घती, कमला ढुगाना र तारा भुसालको नामा पनि सिफारिश भएको । त्यसै गरी क्षेत्र नं। ४ बाट सबै भन्दा बढीको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।
नवलपरासी क्षेत्रबाट अध्यक्ष प्रचण्ड र भट्र्राईसँगै पर्ूव सभासद चिनक कर्ुमी, भविश्वर तिवारी, लोकबहादुर श्रेष्ठ, नारायण अचार्य, खडक बस्नेत, समीक्षा विक, सुमन बराल, रोहित सहानी र बुद्धन अलिको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment