Labels

Saturday, August 17, 2013

बैद्यको बारेमा यसो भन्छन् प्रचण्ड


सुरेशकुमार यादव
काठमाडौ भदौ १ गते । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको मोर्चा र सरकारबीच भएको वार्ता सकारात्मकतर्फगइरहेको बेला एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन र्सार्ने गरी कसैसँग सम्झौता हुन नसक्ने बताउनु भएको छ ।
उच्चस्तरीय राजनीतिक समिति र मोर्चाबीचको वार्तामा अध्यक्ष प्रचण्डले वैद्यजी चुनावमा आउनु हुन्छ भने सुनिश्चित भए चुनावका मिति र्सार्न सकिने धारणा राख्नु भएको थियो । त्यसपछि वार्ता सकारात्मकतर्फबढ्दै गएपछि शनिवार काठमाडौको कलंकीमा आयोजना गरिएको एक महिने जनसम्बन्ध सुधार अभियान समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले घोषित सविधानसभा निर्वाचन र्सार्न नहुने अभिव्यक्ति दिनु भएको छ ।
उहाँले मुलुकको निकासका लागि निर्वाचनबाहेक अन्य विकल्प सोच्न समेत नसकिने बताउँदै निर्वाचन प्रक्रियामा असहमत दललाई निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गरी राखिएका र्सतबाट पछि हट्न असन्तुष्ट दलहरुलाई आग्रह गर्नुभयो । वैद्य नेतृत्वको नेकपा-माओवादी मंसिर ४ को निर्वाचनमा सहभागी हुन सहमत भए मात्र उहाँहरुको मागमा सहमति हुनसक्ने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो ।
उहाँहरुले संविधानसभा निर्वाचनको विरोध गर्नु भनेको दशवर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनको अपमान गर्नु रहेको बताउँदै अध्यक्ष प्रचण्डले निर्वाचनमा सहभागि हुन आग्रह गर्नुभयो ।
एमाओवादी पार्टर्ीीार्यालय पेरिसडाँडामा शनिवार पत्रकारसँग नियमित भेटघाटमा पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले पनि चुनावमा मोहौल तयार भइसकेकाले मंसिर ४ को मिति र्सार्न नहुने बताउनुभयो । चुनाव रोकिनुको अब कुन पनि कारण बाँकी छैनन्, उहाँले भन्नुभयो-'चुनावका मिति सार्ने अब कुनै कारण छैन, मोहन बैद्यको नेकाप-माओवादीले पनि अबका १ र २ दिनभित्र आफ्ना स्थिति स्पष्ट पार्नेछ र र उहाँहरु पनि मंसिर ४ मै हुने चुनावमा भाग लिनुहुन्छ ।'
उहाँले चुनावको महौल तयार भएका हुनाले यसलाई अझै प्रचार प्रसार गर्न सञ्चारमाध्यमको मुख्य भूमिका भएकोले जनतालाई चुनावमा होमिन सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
पत्रकारहरुले राखेको जिज्ञासामा उहाँले दलहरुको सहमतिमा नै खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएकाले यसलाई विघटन गर्ने कुनै अर्थमा सान्दर्भिक नहुने प्रतिकृया दिनुभयो । रेग्मी सरकारबाट मात्र होइन कि प्रधानन्यायधिशको पदबाट पनि राजिनामा नदिने स्पष्ट पार्दै उहाँले भन्नुभयो-'यी सबै दलहरुको सहमतिबाट भएका हुनाले उद्देश्य पुरा नहुन्जेल दलहरुले आफ्नो सहमति उल्टाउने छैनन् ।' उहाँले देशभर सञ्चालित आफ्ना पार्टीको अभियानले जनताका धारणा एकीकृत गरेको बताउनु भयो । उहाँले भर्खरै सकिँदै गएका देशभरका निर्वाचन क्षेत्रहरुका अभियानका प्रारम्भिक रिपोर्टहरुमा संविधान बनाउन पार्र्टर्ी अझै पहल गर्नर्ुपर्ने जनताको राय रहेको बताउनु भयो । सरकारलाई लामो समयसम्म राखि रहन नहुने भएकाले कुनै पनि हालतमा मंसिर ४ गते नभए मंसिर महिनाभित्र चुनाव गराउनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment