Labels

Wednesday, August 21, 2013

एमालेमा रघुवीरको गर्जन


सुरेशकुमार यादव
काठमाडौ भदौ ४ गते । नेकपा एमालेका भात ृसंगठन लोकतान्त्रिरक मधेसी संगठनका अध्यक्ष्ा रघुवीर महासेठले एमाले पार्टी मधेशप्रति गम्भिर नभएको आरोप लगाउनु भएको छ । दुर्इ दिनदेखि बसेको संगठन केन्द्रीय समितिको बैठकले गरेका निर्ण्ायहरु सार्वजनिक गर्न मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष्ा महासेठले उहाँले पार्टीभित्र पनि मधेशीमाथि विभेद भइरहेको दावी गर्दै यसलार्इ सुधार गर्न पार्टी नेत ृत्वलार्इ जानकारी गराउने निर्ण्ाय भएको जानकारी गराउनुभयो ।
   उहाँले  मधेसप्रतिको सोच परिवर्तन नगरे आगामी सिविधानसभा निर्वाचनमा पार्टर्ीका लागि हानिकारक हुने चेतावनी दिँदै पार्टीभित्र देखिएको तल्लोस्तरसम्मको अन्तरविरोधलार्इ समाधान गर्न पार्टी पंत्तmिसँग माग गनर्ुभयो । उहाँले मधेशप्रतिको सोचमा परिवर्तन गरे मात्र एमाले पार्टी पहिलो पार्टीको रुपमा आउने दावी गनर्ुभयो ।
     स्थायी समिति, पोलिब्यूरो समिति, केन्दि्रीय समितिलगायत पार्टीको अन्य विभाग तथा निकायमा मधेशीको समानुपातिक प्रतिनिधित्वको माग बैठकले गरेको अध्यक्ष्ा महासेठले बताउनुभयो । संघीयताको सवालमा पहिचान, सामथ्र्य, प्रशासनीक सुगमता तथा समग्रविकालार्इ मध्यनजर गर्दै मुलुकमा सात प्रदेश स्थापना हुनुपनर्े माग गर्दै मधेशका लागि नारायण्ाी नदीपूर्व एक प्रदेश र नारायण्ाी नदी पश्चिम अर्को प्रदेश गरी दुर्इ प्रदेश हुनुपनर्े निर्ण्ाय बैठकले गरेको छ ।
     संगठनका महासचिव रामचन्द्र प्यासीले संगठनले तय गरेको संघीय संरचना पार्टीको चुनावी घोष्ाण्ाापत्रमा समावेश गर्न पार्टीसँग माग गरेको जानकारी गराउनुभयो । भदौ २(३ गते अनामनगरस्थित सगठनको कार्यालयमा भएको अन्तिम दिनको बैठकमा पार्टीका अध्यक्ष्ा भmलनाथ खनालको समेत उपस्थिति रहेको थियो । बैठकमा मधेशका नेताहरुले त्यहाँको राजनीतिक अवस्था र पार्टीको उपस्थितिको बारेमा जानकारी गराएको महासचिव प्यासीले बताउनुभयो ।
    पार्टीभित्र मधेशीमाथि भएको विभेदको बारेमा पनि जानकारी गराएको बताउँदै महासचिव प्यासीले मधेशी नेताको कुरा सुनेपछि मधेशका मुद्दाका बारेमा स्थायी समितिको बैठकमा छलफल गनर्े र संगठनले उठाएको मागको बारेमा सम्बोधन हुने आश्वाशन अध्यक्ष्ा खनालले दिनुभएको बताउनुभयो ।

No comments:

Post a Comment