Labels

Wednesday, August 7, 2013

'उच्चस्तरीय समितिको ढंगै छैन'


सुरेशकुमार यादव
काठमाडौ साउन २३ गते । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्च स्तरीय राजनीतिक समितिले विना गृहकार्य वार्तामा बसेका कारण वार्ता सफल हुन नसकेको दावी गर्नुभएको छ । आन्दोलनकारीले कस्तो माग राखेका छन्, त्यो जायज माग के हो, मुद्दा के छन् आदि विषयमा गहिरो अध्ययन गरेर मात्र वार्तामा बस्नु पर्ने तर समितिमा त्यस्तो नदेखिएको उहाँले दावी गर्नुभयो ।
बुधवार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले वार्तामा बसेका उच्च स्तरीय राजनीतिक समितिका नेताहरुमा नै विभिन्न मुद्दामा कुरा मिलेका हुँदैनन्, बैठकमै एक अर्काको कुरा काटीरहेका हुन्छन् त्यसै हुनाले वार्ता प्रगतितर्फनगएको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले उठाएका मागहरु सम्बोधन नभए चुनावको वतावरण बन्न नसक्ने दावी गर्दै यथास्थितिमा चुनाव भए त्यसको कुनै औचित्य नरहने धारणा राख्नुभयो । सरकारसँग तीन महिनाअघि १३ बुँदे माग राखेर संर्घष्ामा रहनु भएका अध्यक्ष यादव सरकारसँग र उच्च स्तरीय समितिसँग पटक पटक वार्ता गर्नुभएको छ तर वार्ता सफल हुन सकेको छैन ।
अध्यक्ष यादव नेतृत्वको मोर्चाले समानुपातिक सीट सँख्या बढाउनुपर्ने, २५ बुँदे बाधा अड्काउ फुकाउ सम्झौता सच्याउनुपर्ने, मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी प्रधानन्याधिश पदबाट राजिनामा दिनुपर्ने, मतदाता नामावली संकलनको म्याद थप्नुपर्ने, समान जनसँख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्नेलगायतका माग राखि संर्घष्ामा छन् । उहाँले भन्नुभयो-'हामीले आगाडि सारेको समानुपातिकको सिट सँख्या २०६४ सालको सविधानसभा चुनाव जस्तै हुनुपर्ने, मन्त्रीपरिषद्का अध्यक्षले प्रधानर्यायाधीशबाट राजीनामा दिनर्ुपर्न र चार दलको गठबन्धन खारेज हुनुपर्नेछ अनि मात्र चुनावको वतावरण बन्नेछ ।'
सोही मोर्चाका एकघटक राष्ट्रिय मधेश समाजवादी पार्टर्ीी अध्यक्ष शरत्सिंह भण्डारीले आफ्नो दल सम्मलित मोर्चाले राखेको १३ बुँदे माग पुरा नगरेसम्म सविधानसभा चुनावको सुनिश्चितता नहुने बताउनुभयो । हामी चुनाव विराधी होइनौ, हामी र्सार्थक चुनावका पक्षमा छौ, उहाँले भन्नुभयो-'सविधानसभाबाट सविधान निर्माण नभएसम्म देशले निकास नपाउने पक्का छ तर यथास्थितिमा चुनाव भयो भने त्यसले कुनै पनि हालतमा सविधान निर्माण गर्न सक्दैन र सविधानसभा पुनः विघटन हुनेछ । त्यसैले सविधान निर्माणको सुनिश्चित हुने गरी सविधानसभाको चुनाव गरौ भने हाम्रो माग छ ।'
उहाँले विगतको सविधानसभाले सविधान निर्माणको काम गर्नुभन्दा सरकार गठन र विघटनमा समयखेर फालेका कारण सविधान निर्माणमा समस्या भएको स्मरण गर्दै त्यसबाट अहिलेदेखि नै सचेत भएर सविधानसभा गठन गर्नुपर्ने बताउनुभयो । सविधानसभाको चुनाव हुनर्ुपर्छ भनि सबैले भनिरहेका छन् तर र्सार्थक चुनाव हुनर्ुपर्छ भन्नेमा कसैको ध्यान नगएको उल्लेख गर्दै अध्यक्ष भण्डारीले विगतको सविधानसभामा भएका कमि कमजोरीबाट पाठ सिकेर नै अगाडि बढनुपर्ने धारणा राख्नुभयो ।
सद्भावना पार्टर्ीी सह अध्यक्ष लक्ष्मणलाल कर्ण्र्ाा वर्तमान राजनीतिक अवस्थालाई सरकार परिवर्तनसँग जोडेर कुरा गर्यो भने सविधान निर्माण हुन नसक्ने बताउनुभयो । वर्तमान सरकार सविधान निर्माणकै लागि भएका हुनाले यसलाई हटाएर कस्तो सरकार बनाउने उहाँले प्रश्न गर्दै भन्नुभयो-'जसले यो सरकारको राजिनामा माग गरेका छन् त्यसले सविधानसभा चुनाव नचाहेको स्पष्ट हुन्छ ।' वर्तमान सरकारले सविधानसभा चुनावमा कुनै ठाउँमा गडबडी गरिरहेका छन्् वा अनियमितता गरिरहेका छन् या चुनावको नीति निर्माणमा कही गल्ती गरिरहेका छन् त्यसका लागि हामीले आवाज उठाउनर्ुपर्छ, उहाँले भन्नुभयो-'तर सविधान निर्माण गर्न तयार रहेका सरकारको राजिनामा मागेर सविधानसभा चुनावलाई प्रभावित नपारौ ।'
उहाँले आफ्नो दलले पनि सरकारले शुरु गरेको सविधानसभा चुनावको केही गलत प्रकृयालाई विरोध गरिरहेको तर आफ्नो दलले चुनावको विरोध नगरेको स्पष्ट पार्नुभयो । नागरिकताबाहेक अन्य प्रमाणको आधारमा मतदाता परिचयपत्र दिनुपर्ने, मतदाता नामावली संकलनको म्याद थप्नु पर्ने र जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने लगायतका कुरामा देखिएका समस्या चुनावअघि नै समाधान गर्नुपर्ने सरकारसँग माग गर्नुभयो । यी समस्या समाधानविना सरकारले चुनाव गराउन खोजे चुनाव सफल नहुने समेत उहाँले चेतावनी दिनुभयो ।

No comments:

Post a Comment