Labels

Sunday, August 11, 2013

वैद्यको मोर्चाबाट मातृका बाहिरीए


सुरेशकुमार यादव
काठमाडौ साउन २७ गते । नेकपा माओवादीका अध्यक्ष मातृका प्रसाद यावदले मोहन वैद्य नेतृत्वको ३३ दलीय संयुक्त मोर्चाबाट अलग हुनु भएको छ ।
अध्यक्ष यादवले आइतवार आफ्नो पार्टर्ीीे केन्द्रीय समितिले गरेका निर्ण्र्ाारु र्सार्वजनिक  गर्न आयोजना गर्नु भएको पत्रकार सम्मेलनमार्फ मोर्चाबाट अलग भएको जानकारी गराउनुभयो ।  उहाँले मोर्चाको नीति र सिद्धान्तविपरित मोहन वैद्यले सरकार तथा उच्च स्तरीय संयन्त्रसँग वार्ता गरिरहेको आरोप लगाउँदै अब उहाँ नेतृत्वको पार्टर्ीीेकपा-माओवादीसँग कुनै प्रकारको सहकार्य नहुने घोषणा पनि गर्नुभयो ।
उहाँले आफूहरुको बीचमा पार्टर्ीीकीकरणका लागि छलफल पनि जारी थियो तर आजको दिनदेखि त्यो पनि बन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो-'संयुक्त मोर्चाको सामान्य अवधारणा, नीति र विधि विपरित नेकपा-माओवादीले एकल निर्ण्र्ाागर्दै वार्तामा जाने गरेको छ त्यसैले आजका मितिदेखि नेकपा-माओवादीसँग पार्टी एकताको छलफल पनि गर्दैनौं ।'
उहाँले वर्तमान सरकारको रवैयाले कुनैपनि हालतमा देशमा चुनाव नहुने दावी गर्दै चार दलको सिण्डीकेटका गरिने निर्वाचनले देशलाई निकास दिनुभन्दा पनि झन द्वन्द्व र भिडण्ततिर लिने अध्यक्ष यादवको दावी थियो । उहाँले राष्ट्रपतिको २५ बुँदे आदेश र खिलराज रेग्मी नेतृत्वको सरकार खारेजी हुनुपर्ने आफ्नो पार्टर्ीीे केन्द्रीय समितिले निर्ण्र्ाागरेको जानकारी गराउँदै आत्मनिर्ण्र्ााअधिकार, पर्ूण्ा समानुपातिक प्रतिनिधित्व, समान मताधिकार, पहिचान सहितको संघीयता, जनगणतन्त्रको स्थापनालगातको माग गर्नुभएको छ । यी मागहरुप्रति सरकार गम्भिर नभए संर्घष्ामा जाने केन्द्रीय समितिको बैठकले निर्ण्र्ाागरेको जानकारी गराउनुभयो ।
उहाँले मंसिर १ हुने निर्वाचनलाई आफ्नो दलले सशक्त रुपमा बहिष्कार गर्ने समेत बताउनुभयो । यसअघि ३३ दलीय संयुक्त मोर्चाबाट किशोर विश्वास नेतृत्वको ८ दलीय मोर्चा बाहिरीएको थियो ।

No comments:

Post a Comment