Labels

Wednesday, April 9, 2014

संजय साहको बारेमा के भने गृहमन्त्रीले ?

काठमाडौ चैत २६ गते । जनकपुर बमकाण्डका मुख्य आरोपी संजय साहलाई प्रहरीले तिब्र खोजी गरिरहेको बेला गृहमन्त्री वामदेव गौतमले आज (बुधवार) संसदलाई त्यसको बारेमा जानकारी गाराएको छ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संसदमा विेशेष समयमा बोल्दै उनी बमकाण्डका दोषि भएको प्रमाण सरकारले पाइ सकेको जानकारी दिएका थिए ।


उनले विस्फोटमा सभासद् साह संलग्न भएको सबुद प्रमाण सरकारले फेला पारेको कारण साहको खोजी भइरहेको पनि संसदलाई जानकारी गराएका थिए । सदवना पार्टीका उपाध्यक्ष तथा सभासद् साहलाई पक्राउ गर्नका लागि धनुषा जिल्ला तथा प्रहरी हेडक्वाटरले समेत पुर्जी काटेको छ । यसअघि संसद बैठकमा सदभावनाका सभासदले साहको विषयमा जानकारी गराउन संसदमै माग गरेका थिए भने पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएर उच्च स्तरीय छानविनको माग गरेका थिए ।
 जनकपुरमा भएको उक्त विस्फोटमा पाँचजनाको ज्यान जानुको साथै दर्जनौ घाइते भएका थिए । उनीमाथि धनुषाका जीवनाथ चौधरीलाई हत्या गर्ने उद्देश्यले बम विस्फोट गराएको आरोप । प्रहरी स्रोतका अनुसार साह नेपाल छाडेर भारत पसिसकेका छन् । गृहमन्त्री गौतमले जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा रहेका व्यक्तिमाथि भएको विस्फोटमा मुकेश चौधरीलगायत अन्य ४ आरोपी थुनामा रहेका छन् ।  

No comments:

Post a Comment