Labels

Monday, September 22, 2014

सिके राउतका बारेमा अब बोल्नेछन् मधेशी दलका नेता

मधेशवादी दलले सिके राउतको बारेमा एउटै भ्वाइस ल्याउने भएका छन् । सिहदरवारमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीको संयुक्त बैठकले यस्तो गर्ने भएका छन् ।
एउटै भ्वाइस ल्याउनका लागि पाँच दिन अझै पर्खिनु पर्ने हुन्छ अर्थात ११ गते बस्ने अर्को बैठकबाट सिके राउतको बारेमा पनि साझा अवधारणा तयार गर्ने बताइएको छ । यद्यपी स्रोतका अनुसार सिके राउतको माग आफ्नो ठाउँमा जायज छ, तर राउतले यो माग अलि छिट्टो उठाएको हो । यसले सविधान सभामा पनि असर पार्न सक्छ । यसै बहानामा संघीयता नदिन पनि सक्छ । हामी संघीयता, आत्मनिर्णयको अधिकार, स्वायत्तताका लागि सविधानसभामा लडिरहेका छौ, सविधानसभाबाट नै यी सबै प्राप्त गर्छौ । यदि सविधानसभाबाट संघीयता, आत्मनिर्णयको अधिकार स्वयत्तता दिएन भने अर्को विकल्पको बारेमा पनि सोच्न सकिन्छ भनि कुराकानी भएको बैठकमा सहभागि एक नेताले बताए । ११ गतेसम्मा एउटा मधेशी मोर्चा पनि गठन हुनेछ । 

1 comment:

  1. EH BHAI YINIHARU KO BISWAAS GARCHHAU.....YINIHARU TA GHOR PAAKHANDI HARU HUN.......SWAARTHI.....MATLABI.......YINIHARULE K GARCHHA.....SAB BAKWAAS HO

    ReplyDelete