Labels

Tuesday, September 23, 2014

जनतान्त्रिक तराई मोर्चासँग वार्ता

भूमिगत जनतान्त्रिक तराई मोर्चा पवन समूहसँग प्रारम्भिक वार्ता उपसमितिले संसद सचिवालयमा वार्ता गरेर चार बुँदे सहमति गरेको छ।
यो समूहले राजनीतिको आवरणमा आपराधिक गतिविधि त्याग्ने सम्झौता विगतमा शान्ति मन्त्रालयसँग पनि गरिसकेको थियो। समूहले केही हतियार पनि बुझाइसकेको छ र आजको सम्झौतामा उसका कार्यकर्ता रिहा गर्न पहल गरिने उल्लेख छ।

संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमतिले बनाएको प्रारम्भिक वार्ता उपसमितिले पवन समूहसँग सहमति गरेको हो। सहमतिमा पवन समूहले संविधान निर्माण कार्यलाई समर्थन गर्ने र उसले चाहेको कुरा संविधानसभालाई सुझावका रुपमा दिने उल्लेख छ।
वार्तामा समूहका संयोजक पवन मुक्तिसहित केही कार्यकर्ता आएका थिए। सहमति पछि वार्ता उपसमितिका संयोजक आनन्द ढुंगानाले भने, ‘हामी विभिन्न समूहरुसँग आगामी दिनमा पनि वार्ता र सहमति गर्ने छौं।’

No comments:

Post a Comment