Labels

Thursday, September 18, 2014

भट्टराईलाई खुश पार्न गच्छदारले दिए भण्डारीलाई बलिदानी

काठमाडौ असोज २ गते । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टी विभाजनको दुई अढाईवर्षपछि सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले नयॉ कुराको खुलासा गरेका छन् ।
आज प्रतिपक्षि दलको मध्येबाट बोल्ने क्रममा उनले संसद खुलाउनका लागि नै आफूले आफ्ना पार्टीका रक्षा मन्त्री शरट्सिह भण्डारीलाई मन्त्री पदबाट फिर्ता बोलाएको खुलासा गरेका छन् ।

उनले भने, ‘तत्कालिन रÔामन्त्री मेरै पार्टी फोरम लोकतान्त्रिकका नेता शरतसिंह भण्डारीले आपत्तिजनक अभिव्यक्ति दिनुभयो, मधेश टुक्राउने कुरा गर्नु भयो भनेर कॉग्रेस र एमालेले विरोध गरे, संसद अवरुद्ध भयो । त्यसबेला प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमण्ँ थियो । भ्रमण्ँमा जा“दा नकारात्मक सन्देश जान्छ भनेर मैले तत्कालिन रÔा मन्त्रीलाई सरकारबाट फिर्ता बोलाए“ । संसद खुल्यो र भट्टराई भारत जानुभयो । भट्राईजीले मलाई धन्यवाद दिनुभएको थियो ।’
तत्कालिन रक्षा मन्त्री भण्डारीले आफ्नो पदबाट राजिनामा नदिएको भए डा.भट्टराई नेतृत्वको सरकार पनि ढल्ने थियो । सोही सरकार बचाउन र बाबुराम भट्टराईको बधाई खानलाई भण्डारीलाई मन्त्री पदबाट फिर्ता बोलाएका बताइन्छ । मधेशको भावना बोलेका भण्डारीले मन्त्री पदबाट राजिनामा दिएर केही महिनासम्म मधेश अभियान चलाएर पछि राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरे र हाल सो पार्टीका अध्यक्ष रहेका छन् ।

No comments:

Post a Comment