Labels

Sunday, September 28, 2014

घर जाँदै हुनुहुन्छ ? खाना खाने बेला यसो विचार गर्ने हो कि ?

तपाई दशैंमा घर जाँदै हुनुहुन्छ भने बाटोमा पक्कैपनि कुनै होटलमा खाना खानुहुन्छ होला । त्यसो भए तपाई कुनै होटलमा खाना खान पस्नुअघि यो स्टिकरलाई हेर्नुहोला अनि मात्र खानु होला ।  राम्रो खाना विक्रि वितरण गर्ने होटलमा हरियो स्टिकर टाँसेको छ भने त्यसभन्दा कम गुणस्तरको खाना विक्रि वितरण गर्ने होटलमा पहेलो रंगभित्र एउटा रातो धर्का भएको स्टिकर टाँसिएको छ ।
त्यसभन्दा कम गुणस्तर भएको होटलमा पहेलो रंगभित्र दुईटा रातो धर्का भएको स्टिकर टाँसिएको हुन्छ भने खाना खानै नहुने होटलमा रातो रंगको स्टिकर टाँसिएको छ । विभागका अनुसार राम्रो खाना खान हुने होटल जहाँ हरियो स्टिकर टाँसिएको छ ती होटल मलेखुदेखि रामनगरसम्म २५ वटा मात्र रहेको छ । 

No comments:

Post a Comment