Labels

Sunday, September 29, 2013

प्रचण्ड धनुषाबाट होइन सिरहाबाट लड्ने


सुरेशकुमार यादव
काठमाडौ असोज १३ गते । एकीकृत नेकपा माओवादीले हिमाल तथा उच्च पहाडी जिल्लाका सेती-महाकाली राज्य, भेरी-कर्ण्र्ााी राज्य, तमुवान राज्य, लिम्वुवान राज्यसमिति अर्न्तर्गत ३७ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुगों लगाएको छ । पार्टर्ीी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा.बाबुराम भट्टर्राईको थप एक एक सीट गरी ३९ सीटको टुगों लागेको छ ।
मिथिला राज्य समितिअर्न्तर्गतको धनुषा क्षेत्र नं. ६ बाट पार्टर्ीी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चुनाव लड्ने चर्चा चलेपनि आइतवारको बैठकले सिरहाको क्षेत्र नं. ५ सहित काठमाडौको क्षेत्र नं. १० बाट चुनाव लड्ने टुगों लगाएको छ । त्यस्तै डा.बाबुराम भट्टर्राई गोरखाको क्षेत्र नं. १ र रुपन्देहीको ४ नं. बाट चुनाव लड्ने टुगों लागेको पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो । यसअघि डा.भट्टर्राई गोरखाको क्षेत्र नं. २ बाट चुनाव जित्नु भएको थयो । त्यस्तै नेता पोष्टबहादुर बोगटीको पुरानै क्षेत्र नुवाकोट क्षेत्र नं. ३ का लागि टुगों लागेको छ ।
आइतवार विहान लाजिम्पाटस्थित अध्यक्ष प्रचण्ड निवासमा बसेका उम्मेदावर छनौट समिति तथा केन्द्रीय कार्यालयको संयुक्त बैठकले पहिलो चरणमा हिमाल पहाडका ३७ वटा क्षेत्रको टुगो लगाएको प्रवक्ता सापकोटाले जानकारी गराउनुभयो । यसअघि अध्यक्ष प्रचण्ड काठमाडौको १० नं. क्षेत्र र रोल्पाको २ नं. क्षेत्रबाट चुनाव जित्नु भएको थियो । धनुषाको क्षेत्र नं. ६ वाट चुनाव लड्ने स्वयं अध्यक्षले नै जनकपुरको एक कार्यक्रममा घोषणा गर्नुभएको थियो तर धनुषा जिल्लामा रहेको आन्तरिक विवाद सुल्झाउन नसकेको कारण अध्यक्ष प्रचण्डले एक जिल्ला सरेर सिरहाबाट चुनाव लड्नु भएको हो ।
यसअघि धनुषा क्षेत्र नं. ६ बाट माओवादीका सहिद रामबृक्ष यादवकी पत्नी रामकुमारी यादव प्रत्यक्षमा चुनाव जित्नु भएको थियो । उहाँको ग्याँस पडि्कएर भएको आगलागीमा मृत्यु भइसकेको छ । सिरहा क्षेत्र नं. ५ वाट यसअघि महेन्द्र पासवान चुनाव जित्नु भएको थियो जो हालै मोहन वैद्यको नेकपा-माओवादीबाट एमाओवादीमा प्रवेश गर्नुभएको छ । सो क्षेत्रबाट यसअघि एमालेबाट धर्मनाथ साह र काँग्रेसबाट प्रदीप गिरी चुनाव लड्नु भएको थियो । तर, सो हालसम्म एमाले र काँग्रेसको टुगों लागेको छैन भने मधेशी जनअधिकार फोरम नेपालका तर्फाट अन्तराष्ट्रिय उद्योगपति उपेन्द्र महतोका भाइ विरेन्द्र महतो चुनाव लड्ने लगभग पक्का पक्की भएको कारण यी दर्ुइ नेताको बीचमा कडा प्रतिस्पर्धा रहने बताईएको छ ।
सविधानसभा चुनावपछि जनमोर्चाबाट एकीकृत हुनु भएका नारायणकाजी श्रेष्ठ 'प्रकाश' को टुगों लागेको छैन । यसअघि मकवानपुर र बाराबाट चुनाव लड्ने चर्चा चलेपनि त्यसको बारेमा अझै टुगों नलागेको उम्मेदवार छनौट समितिका संयोजक पोष्टबहादुर बोगटीले बताउनुभयो । माकवानपुर क्षेत्र नं. २ बाट चुनाव लड्ने तय भएपनि उहाँले पहाड एउटा र तर्राईका कुनै एक क्षेत्र दिन माग गर्नुभएको थियो । मकवानपुर दिने तय भएपनि मधेशको कुनै क्षेत्र दिन नसकिने भएपछि त्यसलाई पछि टुग्यांउने गरि त्यतिकै राखेको स्रोतको दावी छ । अध्यक्ष प्रचण्ड र पर्ूव उपाध्यक्ष डा. भट्टर्राई दर्ुइ दर्ुइटा क्षेत्रबाट लड्ने भएपछि आफू पनि पर्ूव उपाध्यक्ष भएको र आफूपनि दर्ुइटा क्षेत्रबाट चुनाव लड्ने माग राखेको श्रोतको दावी छ ।
त्यसैगरी डोल्पाबाट सत्य पहाडी, डोटी क्षेत्र नं. २ बाट लेखराज भट्ट, जाजरकोट क्षेत्र नं. १ बाट शक्ति बहादुर वस्नेत, अछाम क्षेत्र नं. १ बाट दिपक साउद, क्षेत्र नं. २ बाट झंकर रावल, बैतडी क्षेत्र नं. १ बाट नरेन्द्र कुँवर, क्षेत्र नं. २ बाट रेणु चन्द, बझाङ्ग क्षेत्र नं. १ बाट देवराज रेग्मी, क्षेत्र नं. २ बाट हरि कुँवर, दार्चुलाबाट  ललित सिंह ठगुन्ना, डडेलधुराबाट खगराज भट्ट, बाजुराबाट सहदेव वोगटी, डोटी क्षेत्र नं. १ बाट मोहन बम, र्सर्ुखेत क्षेत्र नं. १ बाट ठम्मर विष्ट, क्षेत्र नं. २ बाट भीम बहादुर मल्ल, क्षेत्र नं. ३ बाट नर बहादुर विष्ट, दैलेख क्षेत्र नं. १ बाट तेज बहादुर चन्द र क्षेत्र नं. २ बाट थीर बहादुर कार्की, जाजरकोट क्षेत्र नं. २ बाट भक्त बहादुर शाह, जुम्लाबाट गजेन्द्र बहादुर महत, कालीकोटबाट महेन्द्र बहादुर शाही, मुगुबाट सुकवीर बुढा, हुम्लाबाट छिरिङ डम्दुल लामा, मनाङ्गबाट कपिल लामा, संखुवासभा क्षेत्र नं. १ बाट इन्द्र हाङ र्राई र क्षेत्र नं. २ राजेन्द्र किराती, भोजपुर क्षेत्र नं. १ बाट खेम राज नेपाली र क्षेत्र नं. २ बाट सुदन र्राई, खोटाङ क्षेत्र नं. १ बाटदर्ुगा जयन्ती र्राई, क्षेत्र नं. २ बाट देवान र्राई, सोलुखुम्वुबाट गोम्बु शर्ेपा, ताप्लेजुङ्ग क्षोत्र नं. १ बाट सञ्चपाल मादेन र क्षेत्र नं. २ बाट टंक आङबुहाङ र तेह्रथुमबाट दर्ूगा प्रसाद चापागाईलाई उम्मेदवार चयन गरेको छ ।

No comments:

Post a Comment