Labels

Monday, September 30, 2013

एमालेका पर्ूव सभासद् एमाओवादीमा


सुरेशकुमार यादव
काठमाडौ असोज १४ गते । नेकपा एमालेका पर्ूव सभासद् एवं केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार एमाओवादीमा प्रवेश गर्नुभएको छ ।
पेरिसडाँडास्थित एमाओवादीको कन्द्रीय कार्यालयमा सोमवार आयोजित पार्टर्ीी्रवेश कार्यक्रममा सिन्धुली क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित पर्ूव सभासद अधिकारीसहित नेकपा संयुक्तका केन्द्रीय सदस्य मानबहादुर श्रीस र नेकपा मसालका डा. लक्ष्मण शर्मा पनि प्रवेश गर्नुभएको छ ।
अधिकारीले अघिल्लो सविधानसभाको चुनावमा माओवादीकै शान्तिमान कार्कीलाई हराउनु भएकेा थियो । शान्तिमा हाल चुनावलाई वहिष्कार गर्दै आउनु भएका मोहन वैद्य 'किरण' को नेकपा-माओवादीमा हुनुहुन्छ । एमाओवादीले यसपालीको सविधानसभाको चुनावमा सिन्धुलीबाट टिकट दिने 'कन्र्फम' गरेपछि मात्र प्रवेश गरेको स्रोतले बताएको छ भने अधिकारीले आफू प्रत्यक्षमा चुनाव नलड्ने बताउनु हुन्छ । एमाओवादीको सो क्षेत्रबाट अरुको नामा सिफारिश गरिसकेको छ ।
नवप्रवेशीलाई पार्टर्ीी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' पार्टर्ीी भित्र्याउँदै कम्यूनिष्टहरु संगठित भए मात्र नेपाली जनताको मुक्ति हुने धारणा राख्नु भयो । एमाआवादी पार्टर्ीी वामपन्थीहरु एकीकृत भइरहेको दावी गदैै नेपाली जनताको मुक्ति एमाओवादीबाट मात्रै सम्भव भएको समेत दावी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले केहीसमय यता विभिन्न कम्यूनिष्ट पार्टर्ीी रहेका नेताहरु एमाओवादीमा प्रवेश गरेर वामपन्थीहरु एकीकृत हुँदै गएको संकेत भएको बताउँदै विषमलाल अधिकारी र मानबहादुर श्रीसको प्रवेशले पर्ूर्वी नेपाल र पश्चिम नेपालमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रममा नेता अधिकारीले पार्टर्ीीत्र संघीयतामा कुरा नमिलेको कारण एमाले पार्टर्ीीाडेको दावी गर्नुभयो । पार्टर्ीी १५ प्रदेशको प्रस्ताव रोखेर १४ प्रदेशमा सहमति गरेको बताउँदै नेता अधिकारीले तर पार्टर्ीीयसबाट पछि हटेकाले आफू फरक मत राखेर अलग भएकेा बताउनुभयो ।

No comments:

Post a Comment