Labels

Wednesday, September 11, 2013

एमाओवादीले यसरी गर्दैछ आन्दोलन

सुरेशकुमार यादव
काठमाडांै, भदौ २५ गते । एकीकृत नेकपा माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ गरिएका आफ्ना कार्यकर्ता  रिहाइको माग गर्दैे देशव्यापी आन्दोलनको निर्ण्र्ाागरेको छ ।
मंगलवार लाजिम्पाटस्थित अध्यक्ष प्रचण्ड निवासमा बसेको कार्यालयको बैठकले सो निर्ण्र्ाागरेको हो । फुजेलका अधिकारीलाई हत्या गरेको आरोपमा भदौ २१ गते गोरखाका रामप्रसाद अधिकारीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।
पार्टर्ीीध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' , नेता डा.बाबुराम भट्टर्राई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सम्मिलित कार्यालयको बैठकले शान्ति सम्झौता विपरीत गएर राज्यले आफ्ना कार्यकर्तालाई पक्राउ गरेको ठहर गर्दै भदौ २८ गतेदेखि आन्दोलन गर्ने निर्ण्र्ाागरेको छ । पार्टर्ीी प्रवक्ता अग्नि सापकोटाले युद्धकालीन मुद्दा ब्युँताएर कार्यकर्ता पक्राऊ गरिएको विरोधमा आफ्नो पार्टर्ीी भदौ २८ गते देशैभरिका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने निर्ण्र्ााभएको जानकारी गराउनुभयो ।

 घटनालाई अगाडि नबढाउन एमाओवादीले सरकारलाई पटक पटक आग्रह गरिए पनि त्यसलाई वेवास्ता गर्दै आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेकाले त्यसको विरोधमा आन्दोलन गर्न लागिएको प्रवक्ता सापकोटाले जानकारी गराउनुभयो । उहाँले प्रारम्भिक चरणमा दर्ुइ घण्टा सिडियो कार्यालय घेराउ कार्यक्रम राखेका छांै, त्यसबाट पनि आफ्ना कार्यकर्तालाई रिहाइ नगरे तत्कालै थप विरोधका कार्यक्रम ल्याउने चेतावनी दिनुभयो ।
बैठकले युद्धकालीन घटनाको टुंगो लगाउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी समाधान गर्नुपर्ने तर त्यतातिर ध्यान नदिई शान्ति सम्झौता विपरीत कार्यभएको ठहर गरेको प्रवक्ता सापकोटाले जानकारी गराउनुभयो । युद्धकालीन पुरानो घटनालाई उचालेर एमावादीलाई बद्नाम गराउन खोजेको दावी गर्दै प्रवक्ता सापकोटाले राज्यले यसप्रति सचेत नभए आफ्नो पार्टर्ीी पनि पुराना कुरालाई लिएर जनतामा जाने चेतावनी दिनुभयो ।
छोरा हत्याका आरोपीलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बसेका नन्दप्रसाद अधिकारी दम्पतीले भदौ २१ गते रामप्रसाद अधिकारी पक्राउ भएलगत्तै अनसन तोडेका थिए ।
यता एमाओवादीको भातृसंगठन योङ कम्युनिष्ट लिग -वाइसीएल) ले पनि सोमवार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी एक हप्ताभित्र अधिकारीलाई रिहाई नगरे जनयुद्धका बेला राज्यको तर्फाट मारिएकाहरुको नामावली संकलन गरी त्यस अनुसार आन्दोलनमा जाने चेतावनी दिएको छ ।
मधेशी दलले मधेशका लागि केही नगरेको प्रचण्डको आरोप
एमाओवादी अध्यक्ष प्रचण्डले मधेशवादी दलहरुले मधेशी जनताको अधिकार सुनिश्चित गराउन नसकेको कारण उनीहरुको आकर्षा आफ्नो पार्टर्ीीर्m बढ्दै गएको दावी गर्नुभयो । मधेशीलाई सामन्तीहरुले भेदभाव त गरे तर मधेशवादी दलहरुले त्यसबाट मुक्त गराउन नसकेको आरोप लगाउनुभयो ।
मंगलवार पेरिसडाँडामा पार्टर्ीी्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी जनता जसरी आफ्नो पार्टर्ीीई विश्वास गरेर प्रवेश गर्दैछन् , त्यसले आफू निकै उत्साहित भएको बताउँदै उहाँले मधेशले साथ दिए दर्ुइ तिहाई बहुमत ल्याएर जनताको संविधान निर्माण गरेर देखाई दिने ठोकुवा गर्नुभयो । दलहरुका लागि निर्ण्ाायक मत मधेशमा नै छ, मधेशी जनताले जसलाई चाहे त्यसलाई बहुमत दिएर पठाउन सक्छन् र त्यो सम्भावना हाम्रो पार्टर्ीी मात्र छ, उहाँले भन्नुभयो-'मधेशी जनताको मुक्ति नभएसम्म देशमा विकास भएको देखिंदैन,  त्यो विकासका लागि संविधान निर्माण अपरिहार्य छ ।'
मधेशका २२ जिल्लाबाट हजारांैको संख्यामा अन्य पार्टर्ीी कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् । सबैलाई टीका र खादा लगाउँदा अध्यक्ष प्रचण्डलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । प्रवेश गर्ने कार्यकर्ताका लागि पेरिस डाँडामै खाना खाने समेत व्यवस्था गरिएको थियो । प्रवेश गर्नेहरु नेपाल पिछडावर्ग महासंघ, नाई संघलगायतका संगठनमा आवद्ध कार्यकर्ताहरु हुन् । मधेशका विभिन्न जातजातीहरुको संगठन पिछडा महासंघलाई एमाओवादीले आफ्नो भातृ संगठनको रुपमा घोषणा गरेको छ ।

No comments:

Post a Comment