Labels

Tuesday, September 10, 2013

'अधिकारीको घटना उचाल्नु चुनाव नगराउने षड्यन्त्र'


सुरेशकुमार यादव
काठमाडौ भदौ २२ गते । एकीकृत नेकपा -माओवादी) का प्रवक्ता अग्नि सापकोटाले गोरखाका फुजेल घटनालाई ब्यूताएर सविधानसभाको चुनाव भाँड्ने षड्यन्त्र भएको दावी गर्नुभएको छ ।
'कतै राज्यले नै सविधानसभा चुनाव भाँड्न त खोजेको होइन् भनि हामीलाई भान भएको छ, शनिवार पार्टर्ीीेन्द्रीय कार्यालयमा भएको पत्रकारसँगको नियमित भेटघाटमा उहाँले भन्नुभयो- 'निर्वाचनको मुखमा आएर द्वन्द्वकालीन घटना ब्युँत्याउँदै जानुले निर्वाचन नगराउने षडयन्त्र रचिएकोे छ ।
पार्टर्ीी शनिवार एक विज्ञप्ति जारी गरी चुनावको वातावरण बन्दै गएका बेला यस्ता कार्यले कतै सरकार नै चुनाव भाँड्न लागेको त हैन भन्ने आशंका व्यक्त गरिएको छ । गत साउन २९ गते पार्टर्ीी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' को उपस्थितिमा भएको पत्रकार सम्मेलन तथा केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकपछि सरकारलाई गर्राईएको जानकारीका बाबजुद पनि गोरखाका रामप्रसाद अधिकारीको गिरफ्तारीले पार्टर्ीीई गम्भिर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रवक्ता सापकोटाले निर्वाचनको मुखमा आएर गिरफ्तार गरिएको आफ्ना कार्यकर्ता तथा नेतालई रिहाय गर्न माग गर्नुभयो । यदि कार्यकर्ता धरपकट गर्ने कार्य नरोकिए कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत उहाँल दिनुभयो ।
द्वन्द्वकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फ समाधान गर्नर्ुपर्नेमा राज्यले शान्ति प्रकृया सम्झौता विपरित कार्य गरेको आरोप प्रवक्ता सापकोटाले लगाउनुभयो ।
फुजेलका कृष्ण अधिकारीको हत्याका आरोपमा गोरखाका रामप्रसाद अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको विरुद्धमा एमाओवादीले शनिवार विहान ८ बजेदेखि उपत्यका तथा गोरखा र चितवन जिल्ला बन्द गराउनु भएको थियो । तर, नारीहरु चाड पर्व तिजलाई मध्यनजर गर्दै मध्यान्ह १२ बजेदेखि बन्दा फिर्ता लिएको छ । तीजकै मुखमा बन्द गरेपछि चारैतिर विरुद्ध तथा ठाउँ ठाउँमा जनताले प्रतिकार गर्न थालेपछि बन्द फिर्ता लिएको हो ।

No comments:

Post a Comment