Labels

Sunday, September 29, 2013

म यसरी भए सम्मानित


सुरेशकुमार यादव
काठमाडौ असोज ५ गते । शोषित, पिडित, निमुखा र असहायको पक्षमा निरन्तर कलम चलाएको कदर स्वरुप नेपाल यादव सेवा समाजले गोरखापत्रका उपसम्पादक सुरेशकुमार यादवलाई रेखा यादव स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित गरेको छ ।
    यादव सेवा समाजले शानिवार आयोजना गरेको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि गोपाल सेवा समाजका अध्यक्ष राजारामले पत्रकार यादवलाई कदरपत्रसहित पाँच हजार राशीफलको नगद पुरस्कार प्रदान गरी सम्मानित गर्नु भएको हो । यादव सेवा समाजका अध्यक्ष भुवनेश्वर यादवका श्रीमती रेखा यादवको स्मृतिमा गठन भएको सो पुरस्कारबाट मधेशका शोषित पिडित तथा समाजिक न्यायका विषयमा कलम चलाउने एकजना पत्रकारलाई प्रत्येक वर्षसम्मानित गर्दै आएको छ ।
    त्यसैगरि समाजले कालाकारीतातर्फसन्तोष यादव र कानुनतर्फविमला यादवलाई समेत जनही पाँच हजार नगदसहित कदरपत्रबाट सम्मान गरेको छ । साथै विभिन्न चारजना प्रध्यापकहरुलाई समेत कदरपत्र दिई सम्मान गरेको छ ।
    कार्यक्रममा सर्वोच्च अदालतका पर्ूव न्यायधिश अवधेशकुमार यादवले सविधानसभाको निर्वाचनले बन्ने सविधानले नै हरेक समुदायको अधिकार सुनिश्चि गर्ने भएकाले अन्य मागहरुलाई थाति राखेर भएपनि सविधानसभा चुनाव सम्पन्न गराउनुपर्ने कुरामा जोड दिनुभयो । यादव समुदायलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने माग कार्यक्रममा उठेपछि पर्ूव न्यायधिश यादवले सो कुरामा जोड दिनुभयो ।
    अहिले सविधानसभाको चुनाव गर्न नदिन कुनै पनि बहाना बनाउन दिनु हुँदैन, अहिलेका दल तथा नेताहरुले बहाना खोजिरहेका छन् उहाँले भन्नुभयो-'सबै कुरामा ध्यान दिन थाल्यौ भने महत्वपर्ूण्ा कुरा छुट्न सक्छ । हामीले अहिले नै विभिन्न मुद्दा उठाएर संर्घष्ामा गयौ भने सविधानसभाको चुनाव पनि हुँदैन र सविधान पनि बन्दैछ । त्यसैले चुपचाप हामीले सविधानसभाको चुनाव सम्पन्न गराउन सहयोग गर्नुपर्छ र त्यसबाट गठन भएको सविधानसभामा मात्र हामीले आफ्ना मुद्दाहरु उठाउनर्ुपर्छ  ।'
    संघीयताप्रति मधेशवादी दलमा एकमत नरहेको बताउँदै उहाँले कसैले मधेशमा एक प्रदेशको कुरा गरिरहेका छन् भने कसैले दर्ुइ प्रदेशको कुरा गरेर मधेशको मुद्दालाई कमजोर गर्न लागेको आरोप लगाउनुभयो । न्यायधिश यादवले समग्र मधेश एक प्रदेशका लागि त्यत्रो बलिदान दिएर आएका दलहरु अहिले आएर दर्ुइ प्रदेशको कुरा गर्नु जनतासँग बेइमानी गर्नु जस्तै भएको धारणा राख्नुभयो ।
    पर्ूव सभासद् एवं नेकपा-माओवादीका नेता शिवाराम यादवले यो देशका मुल आदिवासी यादव नै हो तर राज्यले त्यसमा सुचिकृत गर्न नचाहेको आरोप लगाउनुभयो । आदिवासीमा सुचिकृत गराउनका लागि यादव समुदाय संर्घष्ामा जानुपर्ने उल्लेख गर्दै नेता यादवले अगामि सविधानसभाको चुनावमा अधिकार प्राप्त हुनेगरी भाग लिनुपर्ने बताउनुभयो ।
    यो कुनै संसदको चुनाव होइन, अधिकारका लागि हुने चुनाव हो, त्यसैले यसमा धेरै सुझबुझका साथ भाग लिनुपर्ने हुन्छ, उहाँले भन्नुभयो-'मधेशी जनताको चाहना समग्र मधेश एक प्रदेश नै हो, र यो सुनिश्चित नभएसम्म चुनावमा भाग लिनु हुँदैन । कार्यक्रममा डा.डम्बरनारायण यादव, डा. नागेन्द्र यादव, जंगबहादुर यादव, कोशलकुमार सिहलगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।
    साधारणसभाले पुरानै अध्यक्ष भुवनेश्वर यादवलाई नै अध्यक्षमा निरन्तरता दिनुभएको छ भने उपाध्यक्ष योगनारायण यादव, महासचिवमा महेश्वर यादव, सचिव डम्बरनारायण यादव, कोषाध्यक्षमा श्यामसुन्दर यादव तथा सदस्यहरुमा विक्रम यादव, जितन यादवलगायत ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।

No comments:

Post a Comment