Labels

Tuesday, September 10, 2013

प्रचण्डलाई गच्छदारको चुनौति


सुरेशकुमार यादव
काठमाडौ भदौ २३ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी नेताहरु भ्रष्टाचारी रहेको कुरा पुष्टि गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' लाई चुनौति दिनु भएको छ ।
मधेशी नेता शिरदेखि टुप्पोसम्म बद्नाम रहेको अध्यक्ष प्रचण्डको यो अभिव्यक्तिलाई लक्षित गर्दै अध्यक्ष गच्छदारले सो चुनौति दिनुभएको हो । भदौ १५ गते वाईसीएलको महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मधेशी नेता शिरदेखि पैतालासम्म बद्नाम रहेपनि बाध्यताले सहकार्य गर्नुपरेको अभिव्यक्ति दिनुभएको थियो । एमाओवादीको नेतृत्वमा दर्ुइपटक बनेको सरकारमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बलियो उपस्थिति थियो ।
मधेशी पत्रकार संघले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष गच्छदारले भन्नुभयो-'सत्ताका लागि जस्तोसँग पनि सहकार्य गर्ने एमाओवादी भ्रष्ट र स्वार्थी हो कि मधेशवादी - मधेशवादी दल बद्नाम र भ्रष्टाचारी हो भन्ने कुरा पहिला नै सोच्नुपर्ने थियो चाहिएको बेलामा सहकार्य गर्ने अनि स्वार्थ पूरा भएपछि बद्नाम गराउने माओवादीको यो प्रवृति सही होइन । त्यसैले उहाँलाई चुनौति दिन्छु कि यसलाई पुष्टि गरियोस् ।'
उहाँले एमाओवादी अध्यक्ष प्रचण्ड लगायत अन्य ठुला दललाई मधेशबाट चुनाव लड्ने नैतिक अधार नरहेको बताउँदै कुनै मधेशी नेतालाई पहाडबाट जिताउन उहाँहरुलाई चुनौति दिनुभयो । मधेशी जनताले विश्वेश्वर प्रसाद कोइरालादेखि गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, माधव नेपाललगायतलाई मधेशबाट जिताएर पठाएका छन् तर उहाँहरुले पहाडमा आजसम्म कुनै नेतालाई जिताएका इतिहास नरहेको बताउनुभयो ।
मधेशमा चुनावी तालमेलका आवश्यकतामाथि जोड दिँदै मधेशवादी दलमा तालमेल नभए यसको फाइदा एमाओवादी, काँग्रेस र एमालेलाई हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले महन्थ ठाकुर अध्यक्ष रहेको तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीग चुनावी तालमेलका लागि सैद्धान्तिक सहमति भएपनि अन्य कुरामा सहमति हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो-'हामीले दर्ुइटा बैठक गर्यौ, तालमेल गर्ने कुरा भएको छ तर कसरी के आधारमा गर्ने विषयमा छलफल भएको छैन ।' वार्ता र छलफलको अवस्था हर्ेदा तालमेल हुने कुरामा उहाँले आशंका व्यक्त गर्नुभयो ।
उहाँले दर्ुइसय निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको जानकारी गराउँदै त्यसमध्ये ५० सीट पक्का रहेका दावी गर्नुभयो । जिल्लाहरुमा उम्मेदवार चयन गर्ने कार्य भइरहकेको बताउँदै असोज ३ गतेभित्र उम्मेदवारको नामावली 'फाइनल'  गर्ने जनाउनु भयो ।
उहाँले आफ्नो पार्टर्ीीर्ूण्ा रुपमा चुनावमा होमिसकेको बताउँदै त्यसका लागि विभिन्न समितिहरु प्नि निर्माण गरेको जानकारी गराउनुभयो । संसदीय बोर्ड, अर्थ समिति, चुनाव परिचालन समिति लगायतका समितिहरु गठन भएको जानकारी गराउनुभयो । उपाध्यक्ष पंकज दासको अध्यक्षतामा भएको कार्यक्रममा फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वरराय यादव, महासचिव जितेन्द्र देव र सचिव रामजनम तिवारीको पनि उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment