Labels

Wednesday, September 4, 2013

प्रचण्डले भने, हामी नै पहिलो

सुरेशुकुमार यादव
काठमाडौं, भदौ १८ गते । एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  माओवादीप्रति जनताको ठूलो आशा रहेको बताउनुभएको छ ।
 अन्य दलको तुलनामा माओवादीलाई देशमा केही गर्न सक्छ भन्ने जनतामा ठूलो विश्वास छ, मंगलबार राजधानीमा आफ्ना जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले भन्नुभयो,"माओवादीप्रतिको जनताको आशालाई पार्टर्ीी निराशामा बदल्ने छैन ।"  माओवादीले मात्र देशमा परिवर्तन गर्न सक्ने भन्दै अध्यक्ष प्रचण्डले एमाले - काँग्रेस लगायतका अन्य दलको संविधानसभा र गणतन्त्र  एजेण्डा नै होईन भन्नुभयो ।
माओवादीले बाध्यताले उनीहरुलाई संविधानसभा र गणतन्त्रमा ल्याएको प्रष्ट पार्दै प्रचण्डले दोस्रो संविधानसभा निर्वाचनमा पनि अरु राजनीतिक दल त्यति धेरै इच्छुक नभएको बताउनुभयो । पहिलो संविधानसभा निर्वाचनबाट संविधान नबन्नुमा माओवादीको उदारता हो भन्दै प्रचण्डले अब माओवादी त्यति उदार र लचिलो नहुुने बताउनुभयो ।
अब माओवादीलाई जनताले आंशिक नभई पर्ूण्ा जनादेश दिनुपर्ने भन्दै प्रचण्डले पर्ूण्ा जनादेश दिएमात्र आदिवासी, जनजाति, महिला, मजदुर, किसान, दलित, अल्पसंख्यकको पक्षमा संविधान बन्ने ठोकुवा गर्नुभयो ।
मधेशमा पनि माओवादीप्रतिको आकर्षा हृवात्तै बढेको छ,प्रचण्डले थप्नुभयो,"यसअघि माओवादीले २४० निर्वाचन क्षेत्रमा भएको अभियानले अब पुरै जनता माओवादीको पक्षमा छन् भन्ने पुष्टि गरेको छ ।" जनताले माओवादीलाई बहुमत दिलाउने दाबी गर्दै उहाँले अब पार्टर्ीी कार्यकर्ता एकआपसमा गुटबन्दीमा नलागी एकजुट भएर निर्वाचनमा होमिए माओवादीले बहुमत ल्याउने बताउनुभयो । कम्तिमा मंसिर ५ गतेसम्ममा पार्टर्ीीई एकढिक्का बनाउनु आवश्यक छ प्रचण्डले भन्नुभयो,"निर्वाचनसम्म पोकापुन्तुरा बन्द गरेर निर्वाचन पछि खोल्नर्ुपर्छ ।"
अध्यक्ष प्रचण्डले अनशनमा बसेका अधिकारी दम्पतीको विषयलाई उचालेर माओवादीलाई निर्वाचनमा हराउने षडयन्त्रमा केही डलरवादीहरु लागिपरेको आरोप लगाउँदै ती विषय जनयुद्धमा भएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगले मात्र टुङ्ग्याउने बताउनुभयो ।
संविधानसभा चुनावको मुखमा आएर पुराना घटना उचालेर एमाओवादीलाई बद्नाम गर्राई चुनाव भाँड्ने षड्यन्त्र भएको बताउँदै उहाँले यस भ्रममा कोही पनि नपर्नु र जनतामा यस्ता घटनालाई चिर्ने प्रयास गर्नु भनि कार्यक्रममा उपस्थित नेताहरुल्ााई सुझाव दिनु भएकेा थियो ।
जनयुद्धकालका घटना उठाउने भए आफुहरु पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु विरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिँदै उहाँले गोरखाको फुजेल घटनाका विरुद्धमा आफ्ना कुनै कार्यकर्ता पक्राउ गरे त्यो आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो ।
सोही कार्यक्रममा प्रचण्डले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' लाई पार्टर्ीीकीकरणका लागि आह्वान गर्नुभएको छ । वैद्यको पार्टर्ीीट एक एक गरी नेताहरु आफ्नो पार्टर्ीी आउन लागेको बताउँदै उहाँले आफूले एक एक होइन, एकै चोटी पार्टर्ीीै मिलाउँ भनेको र उहाँहरु संविधानसभाको चुनावअघि नै एकीकरणका लागि तयार हुनुहुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । एमाओवादीबाट अलग भएर मोहन वैद्य 'किरण' समूह अन्यौलमा परेको उहाँको भनाइ थियो । उहाँहरुलाई के गरांै के गरांै जस्तो भएको छ, उहाँले भन्नुभयो-'वैद्यजीहरु पहरामा हुनुहुन्छ - उहाँहरुलाई हिड्ने बाटो समेत छैन । त्यसैले सँगै लडेर आएको पार्टर्ीीहिले यस्तो अवस्थामा छुट्टा छुट्टै बस्नुभन्दा सँगै संविधानसभा चुनावलाई सफल पारांै भनेको छु ।'
    सोही दिन वाइसीएलको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंसिर ४ गते हुने संविधानसभाको चुनाव सफल पार्न वाइसीएललाई निर्देशन दिनुभएको छ । उहाँले चुनावमा आपराधिक गतिविधि हुने भएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेल्न निर्देशन दिनुभएको छ ।
माओवादी नेता तथा पर्ूव प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले अरु राजनीतिक दलले नेतृत्व गरेको सरकारमा भन्दा माओवादीले नेतृत्व गरेको सरकारमा महत्वपर्ूण्ा उपलब्धि भएको बताउनुभयो । माओवादी सरकारको पालामा  शान्ति प्रक्रिया टुङ्ग्याएको , ३० हजारसम्मको ऋण मिनाहा गरेकोसाथै एकलाखसम्मको पुरै ब्याज मिनाहा जस्ता महत्वपर्ूण्ा कार्य गरेको बताउनुभयो ।
अर्का नेता नारायणकाजी श्रेष्ठले संविधानसभामा माओवादीको जित सुनिश्चित भएको भन्दै कार्यकर्तालाई आफ्नो क्षेत्रमा एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।
यसैगरी माओवादी नेत्री हिसिला यमी, जनार्दन शर्मा प्रभाकरलगायतले पनि प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष सालिकराम जमरकटेल, शिक्षक संगठनका रत्नबहादुर ओली, बुद्धिजीवी संगठनका खिमलाल देवकोटा, महिलाबाट सीता पोखरेल लगायतले आआफ्नो संगठनको गतिविधिबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा एक हजार जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment