Labels

Sunday, September 29, 2013

वैद्यलाई ल्याउन गच्छदारको कसरत


सुरेशकुमार यादव
काठमाडौ असोज ८ गते । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष विजयकुमार गच्छदारले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई पनि सहमतिमा ल्याएर मंसिर ४ गते नै चुनाव सम्पन्न गराउने बताउनुभयो ।
    वैद्यजी बाटो विराउनु भएको छ, हामीले सही बाटोमा ल्याएर तोकिएको समयमा चुनाव गराउँछौ, उहाँले भन्नुभयो-'वैद्यजीको मोर्चासँग वार्ता गर्न हामी झनै लचक भएका छौ उहाँको लागि यो अन्तिम अवसर हो ।' उहाँले अध्यक्ष वैद्य पनि पहिलाभन्दा अलि लचक हुनु भएको बताउँदै उहाँहरु पनि चुनावमा आउने कुरामा आफूलाई विश्वास लागेको बताउनुभयो ।   
    मंसिर ४ गते जसरी पनि चुनाव गराउने ठाकुवा गर्दै उहाँले पहिचानसहितको संघीयता र संघीयतासहितको सविधान निर्माण गरी छाड्ने बताउनुभयो । उहाँले यसपालीको सविधानसभामा संघीयताको कुरा नमिले देश ठप्प गरेर भएपनि संघीयता ल्याउने चेतावनी दिँदै देश ठप्प पारेर संघीयता ल्याउने क्षमतामा आफ्नो पार्टर्ीीुगिसकेको समेत दावी गर्नुभयो ।

    मंगलवार पार्टर्ीीार्यालय सानेपामा भएकेा पार्टर्ीी्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले अगामि सविधानसभामा आफ्नो पार्टर्ीीेस्रो ठुलो दल हुने दावी गर्दै त्यसका लागि आफ्नो पार्टर्ीीम्मर कसेर पार्टर्ीी निर्माण लागेको उल्लेख गर्नुभयो । ४५ मिनेट दिनु भएको भाषणमा धेरैसमय काँग्रेस पार्टर्ीीई गाली गरेर बिताउनुभयो ।
उहाँले काँग्रेस पार्टर्ीीधेश विरोधी भएको आरोप लगाउँदै आफू सोही कारणले पार्टर्ीीाडेको बताउनुभयो । काँग्रेसमा भएको भए अहिले प्रधानमन्त्री हुन्थे तर प्रधानमन्त्री भएर पनि केही गर्न सकिदैन भनि काँग्रेसबाट बाहिरीएर मधेश राजनीतिमा लागेको हँु, उहाँले भन्नुभयो-'हालसम्म थुप्रै नेता प्रधानमन्त्री भए तर मधेशी, आदिवासी जनताजातिका लागि केही गरेको छैन भने मैले प्रधानमन्त्री भएर के गर्थे त्यसैले प्रधानमन्त्री नबनी मधेश मुक्तिका लागि काँग्रेस छाडे ।' काँग्रेस संघीयता पक्षधर नभएको आरोप लगाउँदै उहाँले पछिल्लोसमय नेपालले हासिल गरेको परिवर्तनलाई समेत स्विकार गर्न नचाहेको कारण काँग्रेस कमजोर हुँदै गएको दावी गर्नुभयो ।
सोही पार्टर्ीी महासचिव जितेन्द्र देवले अब यो देशका लागि निर्वाचनको विकल्प नभएकाले अब अन्य कार्य छाडेर भएपनि सविधानसभाको चुनाव सम्पन्न गराउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले अहिले पनि सविधानसभाको चुनाव नहोस् भनि विभिन्न षड्यन्त्रहरु भइरहेका छन् त्यसबाट सचेत रहेर तोकिएकै समयमा चुनाव सम्पन्न गराउनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न पार्टर्ीीथा संगठन त्यागी एकसयभन्दा बढी कार्यकर्ताहरु सो पार्टर्ीी प्रवेश गरेका थिए ।

No comments:

Post a Comment